Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

मकवानपुरमा १६० केजी गाँजासहित एकजना पक्राउ

खबरडबली संवाददाता

मकवानपुर । मकवानपुर प्रहरीले १६० किलो लागुऔषध गाँजा र गाँजा बोक्न प्रयोग भएको बोलेरो गाडीसहित एकजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा गोरखाको भीमसेन थापा गाउँपालिका– ६ (साबिककाे असराङ गाउँपालिका- १) बस्ने २८ वर्षका अमिर मियाँ रहेकाे मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार मियाँलाई बुधबार बिहान पौने ४ बजे मकवानपुरको भीमफेदी गाउँपालिका– २ स्थित भैँसे चेकप्वाइन्टबाट पक्राउ गरिएकाे हाे । 

भैँसे चेकप्वाइन्टस्थित त्रिभुवन राजपथ सडकखण्डमा पालुङबाट हेटौँडातर्फ आउँदै गरेको प्र.न. ३–०१–०२३ च. ८०४७ नम्बरको बोलेरो गाडीलाई रोकी चेकजाँच गर्दा उक्त गाडीमा राखिएको खाली क्रेटमा लुकाइछिपाई ल्याइएको अवस्थामा ३० पोकामा रहेको १६० केजी लागुऔषध गाँजा बरामद भएको हो ।

बोलेरो गाडीका चालक मियाँलाई जिल्ला प्रहरी कार्यालमा राखी थप अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्रीको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग फिनल्याण्डका विदेश मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोले बुधबारशिष्टाचार भेट गरेका छ...

विद्युत् महसुल नतिर्ने उद्योगविरुद्ध कुलमानको अर्को कदम: बैंक खाता र सेयर कारोबार रोक्न सम्बन्धी निकायलाई पत्र

काठमाडाैं । विद्युत् महसुल नतिर्ने उद्योगविरुद्ध नेपाल विद्युत् प्राधिकरणले अर्काे कदम चालेकाे छ । बक्यौता नतिरेका ३४ उद्योगकाे बैंक खाता राेक्का र ने...

मकवानपुरमा १६० केजी गाँजासहित एकजना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले १६० किलो लागुऔषध गाँजा र गाँजा बोक्न प्रयोग भएको बोलेरो गाडीसहित एकजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गोरखाको भीम...

गोदावरीबाट लागूऔषधसहित एक जना पक्राउ

धनगढी । कैलालीबाट एक जना लागूऔषधसहित पक्राउ परेका छन् । गोदावरी नगरपालिका–८ का २० वर्षीय बिबेक चौधरीलाई लागूऔषध (हेरोईन) सहित पक्राउ गरेको इलाका प्रहर...

प्रविधिले जनतामा आएको निराशा चिर्न र समृद्धिको यात्रालाई सहज बनाउँछ: सञ्चारमन्त्री गुरुङ

पाेखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुविधा, प्रविधिमैत्री प्रणाली विकास गर्नसके सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन गर्न स...

कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ: प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सिङ्गो पार्टी एकताबद्ध भएर सङ्गठन सुदृढीकरणसहित जनतामाझ जानुपर्ने खाँचो औँल्याएका छन् ।  ...

श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासले शिष्टाचार भेटवार्ता गरेका छन् । ...

गण्डकीका सभामुख धिताललाई मातृशोक

गाेरखा । गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताललाई मातृशोक परेको छ । सभामुख धितालको ममतामयी आमा चित्रकुमारी धितालको वि.सं. १९९४ सालमा जन्म भएर २...

विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारीरुपमा काम गर्न प्रधानमन्त्रीको ओलीकाे निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारीरुपमा काम गर्न मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । चालु ...

सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल

धनगढी । नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदुरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता भएको छ । माया मेट्रो र रोयल्सबीच मेडिकल पार्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy