Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

सुनका अवैध कारोबारी अझै सलबलाउँदै एक पक्राऊ

खबरडबली संवाददाता

वीरगन्ज । सुन आयात गर्दा लाग्ने भन्सार दर नेपाल सरकारले १० प्रतिशत कम गरेको तेस्रो दिनसम्म पनि अवैध सुनको कारोवार गर्ने सकृय रहेको तथ्य फेला पारेको छ ।

नेपालमाभन्दा छिमेकीमुलुक भारतमा सुनको मूुल्य सस्तो हुँदा अवैध सुनको कारोबबार भइरहेको आँकलन गर्दै गएको अबस्थामा आईतबार नेपाल सरकारले सुन आयातमा लाग्ने भन्सार दरमा १० प्रतिशत कम गरेको छ । यसको तीन दिन पछिसम्म पनि सुनको अवैध कारोवार गर्ने कारोबारी भने सकृय नै रहेको पर्सा प्रहरीले सुन सहित अवैध कारोबाारी नियन्त्रणमा लिए पछि तथ्य सतहमा आएको हो ।

अवैध कारोवार न्यूनिकरण गर्ने निष्कर्ष सहित सरकारले सुन आयात गर्दा भन्सार दरमा लाग्ने २० प्रतिशतलाई १० प्रतिशतमा झारेको छ । यो नीति अंगिकार गरिसक्दा पनि अवैध सुन कारोवार गर्ने चाही सलबलाइरहेको भेटिएको छ । मंगलबार १०७ ग्राम ८९ मिलिग्राम सुन सहित अवैध कारोवारमा संलग्न पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाही बस्ने बर्ष २८ को जय प्रकाश कुमार सोनारलाई पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका स्थित वडा नम्बर ८ लिंकरोडबाट नियन्त्रणमा लिएको छ ।

बजार भाउ अनुसार सो सुनको मूल्य १३ लाख ८८ हजार ४ सय ३६ रुपैया पर्ने पर्साका प्रहरी नायव उपरिक्षक किशोर लम्सालले बताए । शंकास्पद अवस्थामा मोटरसाइकलमा चढी हिडिरहेको समयमा प्रहरीले रीत पु¥याई जीउ खानतलासी लिंदा अभियुक्त सोनारसँग खरिद विक्रीको कुनै कागजपत्र विनाको उक्त परिणामको सुन फेला परेको उनको भनाइ छ । अभियुक्त सोनारले सुन बोक्न प्रयोग गरेको ना ६२ प २७०५ नम्बरको एफजेड मोटरसाइकल पनि नियन्त्रणमा लिई थप कार्वाहीको लागि बुधबार कारोवारीलाई वीरगन्ज भन्सारमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

लाखौ रुपैयाको अवैध कारोवारको सुन सहित भन्सारमा बुझाइएका सोनारलाई दोषी ठहरे भन्सार ऐन २०६४ अनुसार कार्वाही हुने वीरगन्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेले बताए । आकर्षित हुने ऐन अनुसार विगो बमोजिम जरिवाना र एक महिना कैद पनि हुन सक्ने उनको भनाइ छ । यसको अलावा सवारी साधन तर्फको हकमा चालक मात्र भए ५० हजार र आफ्नै सवारी पनि भए एक लाखसम्म जरिवाना हुने पनि प्रावधान रहेको पाइएको छ ।

प्रहरीले बल्ल समात्यो
अवैध कारोवार भइरहेको आशंका गरिएको चालु आ।व।को चार महिनामा पर्सा प्रहरीले अवैध सुनका कुनै पनि कारोवारी सहित सुन नियन्त्रणमा लिएको थिएन । वैध सुनको कारोवार बढाउन सरकार लागेपछि भने पर्सा प्रहरी पनि चनाखो देखिएको आभाष मिलेको छ । मंगलबार सुन सहित अवैध कारोवारी नियन्त्रणमा परेको यो आर्थिक वर्षको पहिलो तथ्याँक पनि हो । यसले पनि सुनमा घुन मिसिएको स्थानीयको आरोप केही हदसम्म नमिल्दो देखिदैन ।

भन्सार विभागको तथ्याँक अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिना अर्थात साउनदेखि कात्तिक मसान्तसम्ममा सुनको आयात करिब १ सय ३२ केजी मात्र देखिनु र गत आर्थिक वर्षको सोही अवधिमा भने १ हजार केजी सुन आयात भएको देखुनु सहजै अनुमान लगाउन सक्ने अर्को जबरजस्त आधार पनि हो । यो तथ्याँकले मुलुकको प्रमुख नाका पनि नमुछिएला भन्न सकिन्न । तर सतहमा अवैध कारोवारको सुन पक्राउ परेको भने वीरगन्ज नाकामा यो पहिलो घटना हो ।

सीमा क्षेत्रको व्यापारमा अघिल्ला सरकारको नीति गलत
अघिल्लो सरकारले गएको जेठ १५ मा ल्याएको बजेट नीति अनुसार सुनमा पनि भन्सार दर २० प्रतिशत हुँदा भारतमाभन्दा नेपालमा सुन महंगो पर्ने गरेको सुनचाँदी व्यवसायी बताउँथे । यस्तो हुँदा सुनको अवैध कारोवार नहुने भन्ने कुरै भएन । यो निष्कर्ष सहित सो दरमा आधा नै कम गर्दै यो सरकारले १० प्रतिशत भन्सार दर कम गर्दा सुनको भाउँ समेत केही सस्तिएको उनीहरुको तर्क छ । सरकारको यो नीतिले अवैध कारोवारलाई पनि केही निस्तेज पार्ने उनीहरुको भनाइ छ ।

अघिल्लो सरकारका गलत नीतिले आयातित मालबस्तुबाट राजश्व संकलनमा गलत प्रभाव, अवैध व्यापारमा बढोत्तरी भएको वीरगन्ज उद्योग बाणिज्य संघले धेरै पटक कुरा उठाएकै थियो । यसको अलावा सर्वसाधारणको भान्सा महँगो हुँदा सस्तो सामानको खोजीमा सीमा क्षेत्रका अधिकाँश मानिस सीमा उपार सामान खरिद गर्न जाँदा पैसा पलायन मात्र नभई राजश्व समेत गुमेको संघको दावी थियो । सुन सहित केही समानमा भन्सार दर कम गर्ने वर्तमान सरकारको नीतिले सीमा वारीको व्यापार केही सुधार हुन्छ कि ? भन्ने बढ्ने संकेत देखाएको वीरगन्ज उद्योग बाणिज्य संघको भनाइ छ । सबै व्यापारमा गिरावट आइरहेको समयमा सुन पसलहरु भने धमाधम बढेर वीरगन्ज क्षेत्रमा मात्र ४ सयको हाराहारीमा पुगिसकेका थिए । दुईवर्ष अगाडीसम्म यति धेरै सुन पसल नभएको स्थानीय सुनकारीवारी आफै स्वीकार्छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोजरको लहर: राजधानीदेखि गाउँसम्म अतिक्रमणमाथि ‘एक्सन मोड’

काठमाडौं । केही दिनयता देशभर एउटा दृश्य दोहोरिँदै छ—कतै बिहानैदेखि माइकिङ, कतै प्रहरीको घेरा, अनि केहीबेरमै डोजरको गर्जन। राजधानी उपत्यकाबाट सुरु भएको...

बिहे नगरिदिएको भन्दै छोराले गरे बुबाको हत्या

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा छोराले बुबाको हत्या गरेका छन् । घरायसी झगडामा कञ्चन गाउँपालिका वडा नं ४ बेलडाँडा निवासी २४ वर्षिय सुनिल थार...

डोजर अभियानको आँकडा: १,२७२ घर–टहरा भत्किए, अझै सयौँ बाँकी

काठमाडौं । काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती हटाउने अभियानले तीव्र रूप लिँदै जाँदा घर–टहरा भत्काउने क्रम पनि बढ्दो छ। नेपाल प्रहरी का अनुसार हालसम्म...

चट्याङ लागेर प्युठानमा बाबु-छोराको मृत्यु

प्युठान ।  चट्याङ लागेर प्यूठानमा बाबु-छोराको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो। गौमुखी गाउँपालि...

कांग्रेसमा ‘नेता चयन’को अन्तिम घडी: सहमति कि प्रतिस्पर्धा?

काठमाडौं । नेपाली कांग्रेस भित्रको लामो रस्साकस्सी अब अन्तिम मोडमा पुगेको छ। भोलि बस्ने कार्यसम्पादन समितिको बैठकबाट संसदीय दलको नेता टुंगो लगाइने तया...

नयाँ पुस्ताले मनमोहन अधिकारीलाई कसरी सम्झिने?—नारा होइन, कामबाट बनेको विरासत

काठमाडौं । इतिहास केवल मिति र घटनाले बनिँदैन, त्यो मानिसका काम र मूल्यले बाँच्छ। मनमोहन अधिकारी त्यस्ता नेता हुन्, जसलाई सम्झिँदा भाषणभन्दा बढी व्यवहा...

मनोहरामा चर्च पनि भत्काइएको भन्दै क्रिस्चियन अभियन्ताको विरोध, अर्को ठाउँ दिन माग

काठमाडौं । भक्तपुरस्थित मनोहरा बस्तीमा निर्माण भएका अवैध घर-टहरा सरकारले आइतबार हटायो । त्यसक्रममा बस्तीभित्र रहेको मनोहर चर्च पनि भत्काइएपछि क्रिस्चि...

थापाथली, गैरीगाउँ र शान्तिनगरका १४४ परिवार सरकारको सम्पर्कमा

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र नदी किनार, जोखिमयुक्त सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका बस्ती हटाउने अभियानलाई तीव्रता दिएको छ । यस...

ढुंगामुढा भएको मनोहरा क्षेत्रमा आज बिहानैबाट डोजर चल्दै

भक्तपुर । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा आज बिहानैदेखि पुनः डोजर प्रयोग गरी घरटहरा भत्काउने काम सुरु गरिने भएको छ। हिजो साँझ स्था...

सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

खोटाङ । भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएका १९ योजनाको काम सुरु गर्न निर्माण व्यवसायीले अटेर गरेका छन् । कोशी प्रदेश सरकार, भौतिक ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending