Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

मलको अभाव हुँदा खेती गर्न समस्या

खबरडबली संवाददाता

भजनी।  कैलालीको भजनी नगरपालिका–५ का हरिप्रसाद डगौराले चार बिघा जग्गामा गहुँखेती गर्ने तयारी गरेको धेरै भयो । पश्चिम तराईका जिल्लामा मङ्सिर पहिलो हप्ताभित्रमा खेतमा गहुँ छरिसक्नुपर्ने बताउने उनको दैनिकी आजभोलि  रासायनिक मलको खोजीमा बितिरहेको छ ।  

 भजनीलगायत आसपासका बजारमा मलको खोजीमा रहेका उनलाई मल नपाइएपछि गहुँखेती गर्न नपाइने होकी भन्ने चिन्ताले सताउन थालेको छ । “खेतमा पहिलेदेखि नै रासायनिक मल प्रयोग गर्दै आएकाले मल नहालेर उब्जनी हुँदैन”, उनी भन्छन्,– “दिनभर मलका लागि दौडधुप हुन्छ, साँझ रित्तो घर फर्कनुपरेको छ ।”

स्थानीय बजारमा मलको सहज आपूर्ति नहुँदा हरिप्रसाद जस्तै भजनीका कैयौँ किसानले अझै खेती लगाउन सकेका छैनन् । गहुँखेती गरेका किसानहरू पनि मल नपाएर तनावमा छन् । समयमा मल नपाएपछि मल नहालेरै गहुँ छर्नुभएका लक्ष्मण चौधरीको समस्या पनि उस्तै छ । उनले नौ बिघा क्षेत्रफलमा गहुँ लगाएको छन् । 

“नेपाली बजारमा मल कतै पाइँदैन । पाइए पनि एक कट्ठा मल पाइन्छ, नौ बिघा खेतमा त्यो एक कट्ठा ले कसरी पु र्‍याउनु ?” उनी भन्छन्,– “भारतीय बजारबाट व्यवहार हेरेर किसानलाई आफ्नो प्रयोगको लागि मल ल्याउन दिएको भए पनि सहज हुन्थ्यो ।” भारतीय बजारमा मल उपलब्ध भए पनि सीमा प्रहरीले रोक लगाउने गरेको किसानहरुको गुनासो छ । व्यावसायिक प्रयोजनको लागि नभई व्यक्तिगत प्रयोजनको लागि भारतीय बजारबाट मल ल्याउन पाउनुपर्ने माग किसानले गर्दै आएका छन् ।

सरकारले किसानलाई खेतीको समयमा सहजरूपमा मल उपलब्ध गराउन नसकेको जुगराम डगौरा बताउनुहुन्छ । “कृषिमा राज्यले ठूलो लगानी गर्दै आएको बताउँछ, तर किसानले पैसा तिरेरै पनि समयमा मल पाउने स्थिति छैन”, उनले भने। 

भजानी नगरपालिका कृषिका लागि उर्बर हो । त्यहाँका अधिकांश नागरिकहरू कृषि पेसामा आबद्ध छन् । बाढी र डुबानका कारण बर्खाको खेती अधिकांश किसानले  गर्दैनन् । हिउँदे खेती त्यहाँका किसानको मुख्य आयस्रोत हो । स्थानीय बजारमा मल नभेटेपछि भारतबाट दुई कट्ठा मल ल्याएर आएका सुन्दर चौधरीले मल प्रहरीले नियन्त्रणमा लिएर भन्सार पुगेको गुनासो सुनाए।

किसानले मल नपाएको गुनासो आएपछि भजनी नगरपालिकाले सरोकारवाला निकायसँग छलफल गरेको छ । नगरपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष विक्रम चौधरी सरकारले अनुदानमा छुट्याइएको मलको कोटाअनुसार भजनीका एक तिहाइ किसानको माग पूरा नहुने बताउन्छन् । 

उनी भन्छन्,– “किसानको मागअनुसार मलको उपलब्धता हुने हो भने २५ देखि ३५ हजार क्विन्टल मल आवश्यक पर्छ ।” किसानले एकदुई बोरा मल भारतीय बजारबाट खेतको लागि ल्याउँदा त्यसलाई अवरोध सुरक्षा निकायले गर्न नहुनेमा जोड दिएका छन् । नगरपालिकाका नगर प्रमुख केवल चौधरीले मलको समस्या बर्सेनि किसानले झेल्दै आएको बताउँदै समाधानका लागि नगरपालिकाले प्रयास गर्दा पनि सफल हुन नसकिएको बताए।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending