काठमाडौं । निर्वाचन आयोगले मङ्सिर १३ गते बिहीबार राति १२ः०० बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको बताएको छ ।
आयोगका सहसचिव एवम् प्रवक्ता निता पोखरेल अर्यालका अनुसार मङ्सिर १६ गते आइतबार सम्पन्न हुन गइरहेको स्थानीय तहको उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान हुने ४८ घण्टादेखि मतगणना सम्पन्न नभएसम्म निषेध अवधिमा निर्वाचन प्रचारप्रसार गर्न नपाइने नियम सो अवधिदेखि लागू हुनेछ ।
कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले कुनै पनि उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन, जुलुस निकाल्न वा नाराबाजी नगर्न निर्देशन समेत दिइएको आयोगले जनाएको छ ।
उनले कुनै पनि प्रकारको छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी नगर्ने र नगराउन निर्देशन दिइएको बताए । यसैगरी, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न जस्तै सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा शेयर नगर्ने तथा नगराउन आयोगले निर्देशन दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १३ गते, २०८१ - १९:३४
वासिङ्टन । निवर्तमान राष्ट्रपति जो बाइडनको प्रशासनको प्रमुख लक्ष्य पूरा गर्दै चीनले संयुक्त राज्य अमेरिकासँगको कैदी आदानप्रदानमा हिरासतमा लिइएका तीन अ...
मंसिर १३ गते, २०८१ - १९:३०
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्यान्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबिच आ...
मंसिर १३ गते, २०८१ - १९:२४
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पियोर इनर्जी लिमिटेडलाई विद्युत् खरिद बिक्री (पीपीए)को रकमबाट डेडिकेटड तथा ट्रंक...
मंसिर १३ गते, २०८१ - १९:०१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण औपचारिक रूपमा स्वीकृत भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओलीको चीन भ्रमणलाई स्वीकृत ...
मंसिर १३ गते, २०८१ - १८:५४
खाेटाङ । सगरमाथा राष्ट्रिय लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट खण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज जडान गर्न तयारी सुरु गरिएको छ । ...
मंसिर १३ गते, २०८१ - १८:४२
जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रत्येक वर्ष मनाइने साताव्यापी सिताराम विवाहपञ्चमी महोत्सव र प्रत्येक पाँच वर्षमा लाग्ने बाराको गढीमाई ...
मंसिर १३ गते, २०८१ - १८:३६
प्रचण्डले कोही कसैको पनि डर, धाक, प्रलोभन र लोभमा नफसि विकास निर्माणको अभियानमा अघि बढ्न आग्रह गरे
मंसिर १३ गते, २०८१ - १८:२३
काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैदको फैसला गरेको छ । बिहीबार विशेष अदालतले उनीविरू...
मंसिर १३ गते, २०८१ - १८:१८
काठमाडौं । सहकारी ठगीकाे आराेपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि पोखराबाट काठमाडौंमा ल्याइएको छ...
मंसिर १३ गते, २०८१ - १८:०८
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान रहेको बताएका छन् । काठमाडौं...
प्रतिकृया लेख्नुहोस्: