Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैद, साढे तीन करोड जरिवाना

खबरडबली संवाददाता

काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैदको फैसला गरेको छ । बिहीबार विशेष अदालतले उनीविरूद्ध कैदसँगै तीन करोड ४२ लाख २२ हजार ८ सय रुपैयाँ जरिवाना तथा सोही बराबरको बिगो तिर्ने सजाय हो । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तुलसीप्रसाद थारू तथा रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो । पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलाई पनि ८ वर्ष कैद र सोही रकम जरिवाना तथा बिगो तिर्ने फैसला सुनाइएको छ । 

उनीहरू दुबैलाई अन्तशुल्क स्टिकर खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा दोषी ठहर गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते विकल पौडेलसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

यसै प्रकरणमा तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध पनि मुद्दा दायर भएको थियो । तर, विशेष अदालतले उनलाई सफाइ दिएको थियो । विशेष अदालतले गत कात्तिक १४ गते दोषी ठहर गरेको थियो भने बिहीबार सजाय निर्धारणका लागि पेसी तोकिएको थियो । फैसलाअनुसार, दोषी ठहर गरिएका व्यक्तिहरूले कैदसँगै कानुन अनुसार तोकिएको जरिवाना रकम तिर्नुपर्नेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृह मन्त्रालयद्वारा १२ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले १२ जना उपसचिवको सरुवा गरेको छ । बिहीबार गृह मन्त्रालयले उपसचिव, कारागार प्रशासक, सहायक प्रमुख जिल्ला अधिकारीलगायतको सरुवा गरेको ...

रवि भद्रकालीकाे हिरासत कक्षामा

काठमाडौं । बयानकाे लागि पाेखराबाट काठमाडाैं ल्याइएका पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेलाई भद्रकालीकाे हिरासत कक्षामा राखिएकाे छ । सहकार...

व्यवसायी प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धानका लागि थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको उचित उपचारको प्रबन्ध गर्न ...

परराष्ट्रमन्त्री राणा चीन पुगिन

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बिहीबार चीन पुगेकी छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा उनि बिहीबार साँझ चीनक...

विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डको आजको ६० औँ बोर्ड बैठकले बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओली...

श्रीलङ्कामा आँधीका कारण चार जना बालबालिकाको मृत्यु

कोलम्बो । भारततर्फ गइरहेको शक्तिशाली आँधीले निम्त्याएको भारी वर्षाका कारण आएको आकस्मिक बाढीका कारण चार बालबालिकाको मृत्यु भएको र बाढीका कारण डुबेका अन...

चीनको हिरासतमा रहेका तीन अमेरिकी रिहा

वासिङ्टन । निवर्तमान राष्ट्रपति जो बाइडनको प्रशासनको प्रमुख लक्ष्य पूरा गर्दै चीनले संयुक्त राज्य अमेरिकासँगको कैदी आदानप्रदानमा हिरासतमा लिइएका तीन अ...

अर्थमन्त्री पौडेल र फिनल्यान्डका विकासमन्त्री ताभियोबिच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्यान्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबिच आ...

विद्युत् खरिदको रकमबाट बक्यौता उठाउन प्राधिकरणकाे पत्र

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पियोर इनर्जी लिमिटेडलाई विद्युत् खरिद बिक्री (पीपीए)को रकमबाट डेडिकेटड तथा ट्रंक...

मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्भो टोली जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण औपचारिक रूपमा स्वीकृत भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओलीको चीन भ्रमणलाई स्वीकृत ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy