काठमाडौं । सर्वोच्च अदालतले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धानका लागि थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको उचित उपचारको प्रबन्ध गर्न आदेश गरेको छ ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले बुधबार मेडिकल व्यवसायी प्रसाईंको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइपछि स्वास्थ्य उपचारको उपयुक्त प्रबन्ध गर्नु भनी अनुसन्धान गर्ने निकायका नाममा निर्देशनात्मक आदेश गरेको हो ।
अदालतले बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गर्दै प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतबाट यही मंसिर ९ गते हिरासतमा राख्ने अनुमति प्रदान गर्दा उनी क्यान्सर रोगको बिरामी रहेको भनी उल्लेख गरेकाले सम्बन्धित विशेषज्ञबाट आवश्यक उपचारको प्रबन्ध गर्न भनेको हो ।
आदेशमा भनिएको छ, 'यस अदालतमा जीवनरक्षाका लागि स्वास्थ्य उपचारको व्यवस्था गरिपाउँ भनी निवेदनसमेत दिएको हुँदा क्यान्सर जस्तो संवेदनशील रोगको गाम्भीर्यतासमेत विचार गरी निवेदकको स्वास्थ्य उपचारको उपयुक्त प्रबन्ध गर्नु भनी अनुसन्धान गर्ने निकायका नाममा निर्देशनात्मक आदेश जारी गरिएको छ ।'
व्यवसायी प्रसाईंका तर्फबाट छोरा नीरजले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरेका थिए । सोही रिट निवेदन माथिको सुनुवाइपछि अदालतले उक्त आदेश गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८१ - २०:३०
सर्लाही । सर्लाहीको बागमती नगरपालिका –२, धरहरामा शनिबार रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७२ वर्षीय सीताराम भण्डारीको रुखबाट लडेर मृत्यु ...
पौष १३ गते, २०८१ - २०:२७
बागलुङ । बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको अस्पतालको रूपमा स्तरोन्नति गरिएको छ । गण्डकी प्रदेश सरकारले व्यवस्थापन तथा संगठन ...
पौष १३ गते, २०८१ - २०:१९
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जलवायु परिवर्तन र वातावरणीय सङ्कटको चुनौतीपूर्ण समयमा ड्रुक्पा परम्पराले देखाएको हरित अभियान र ...
पौष १३ गते, २०८१ - २०:०८
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका –१० स्थित मुलगाउँमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । आगो ताप्ने क्रममा सामान्य विवाद भई कुटपिटले घाइते भएका स्थ...
पौष १३ गते, २०८१ - १९:४९
सुनसरी । राप्रपा अध्यक्ष लिङ्देनले सम्पत्ति शुद्धीकरणको हतियारले अब ठुला दलका कोही नजोगिने बताएका छन् । राप्रपा कोशी प्रदेश समितिले शनिबार इटहरीमा आयो...
पौष १३ गते, २०८१ - १९:१८
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमालेको नेतृत्वबाट हट्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दि...
पौष १३ गते, २०८१ - १९:१२
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चीन र भारतका अधिकारीहरूबिच पुस ३ गते बेइजिङमा भएको सहमतिप्रति आपत्ति जनाएको छ । शनिवार सो पार्टीक...
पौष १३ गते, २०८१ - १९:०७
कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् । माछापुछ्रे गाउँपालिका–१ ...
पौष १३ गते, २०८१ - १९:०३
काठमाडौं । आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी दरपाथाना घर भई हाल काठमाडौ...
पौष १३ गते, २०८१ - १८:५७
मेक्सिको । मेक्सिकोका अधिकारीहरूले मेक्सिकोको उत्तरी चिहुआहुआ राज्यमा गोप्य चिहानमा गाडिएका १२ शव फेला पारेको जानकारी दिएका छन् । अधिकारीहरूले अमे...
प्रतिकृया लेख्नुहोस्: