Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

जापानी ‘गड अफ म्यानेजमेन्ट’ एआई अवतारको रुपमा फिर्ता

खबरडबली संवाददाता

टोकियो । जापानी कम्पनी पानासोनिकले एआई अवतारको रुपमा ‘गड अफ म्यानेजमेन्ट’ फिर्ता ल्याएको छ । यसले तपाईंको सबै व्यावसायिक प्रश्नहरुको जवाफ दिन तयार हुनेछ ।

पानासोनिकका संस्थापक कोनोसुके मात्सुशिता सन् १९८९ मा ९४ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनको ३५ वर्षपछि पनि उनि जापानका सबैभन्दा सम्मानित उद्यमीमध्ये एकका रुपमा सम्मानित थिए । 

पानासोनिकको वेबसाइटमा मात्सुशिताबाट उद्दरणहरुको सूची पनि छ जसमा ‘अब यो गर्नुहोस्’ देखि ‘तपाईंको समयको बोली’ सम्म सबै समावेश छन् । पानासोनिकले मात्सुशिताको लेखन, भाषण र संवादबाट रेकर्ड गरिएको भाषण र अडियो डेटाको विशाल मात्राको आधारमा एआई अवतार सिर्जना गरेको बताएको छ । 

“यसको उद्देश्य ‘उहाँको दर्शनको अन्वेषण गर्नु र प्रकाश पार्नुका साथै र यसलाई अर्को पुस्तामा हस्तान्तरण गर्नु हो,” इलेक्ट्रोनिक्स कम्पनीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ । राम्रो जीवन जिउनुको अर्थ लामो समयसम्म बाँच्नु हो कि भन्ने डेमो प्रश्नको जवाफमा एआई मात्सुशिताले भने, “राम्रो जीवनको रहस्य भनेको युवावस्थाको भावनालाई सम्झनु, जीवन्त र आशाले भरिएको हुनु हो ।”

सन् १९१८ मा ओसाकास्थित आफ्नो दुई तले घरमा २४ वर्षीय मात्सुशिताले पानासोनिक बन्ने फर्मको स्थापना गरेका थिए । राइस कुकरदेखि ब्याट्री, भिडियो रेकर्डरसम्मका इलेक्ट्रोनिक उपकरणहरुको अगुवाइ गर्दै पानासोनिक सन् १९६२ मा विश्वप्रसिद्ध कम्पनी बनेको थियो । 

सन् २०२२ मा, जापानी अनुसन्धाताहरुले एआई बुद्धको सुरुवात गरे, जसमा बौद्ध ग्रन्थहरुबाट लगभग एक हजार सन्देश तथा सन्दर्भ सामग्रीसहित सबै प्रकारका गहिरो र अर्थपूर्ण प्रश्नहरुको जवाफ दिने कार्यक्रम बनाइएको थियो । स्विट्जरल्याण्डको एक चर्चले यस वर्ष १०० भाषामा जिज्ञासुहरुको प्रश्नको जवाफ दिन सक्ने येशूको यस्तै एआई संस्करण स्थापना गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending