Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

ट्रम्पसँग ‘खुलेर छलफल’ गर्ने जापानका प्रधानमन्त्री इशिबाको भनाइ

खबरडबली संवाददाता

जापान । जापानका प्रधानमन्त्रीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ‘खुलेर छलफल’ गर्ने बताएका छन् । “म आगामी राष्ट्रपति ट्रम्पसँग खुलेर छलफल गर्नेछु र गठबन्धनलाई नयाँ उचाईमा पुर्‍याउनेछु,” शिगेरु इशिबाले संसदमा एक महत्वपूर्ण नीतिगत सम्बोधनमा भने । 

उनले भने, “स्वाभाविक रूपमा अमेरिकाको आफ्नै राष्ट्रिय हित छ र जापानको आफ्नै राष्ट्रिय हित छ । खुलेर विचार आदानप्रदान गर्ने र दुवै देशको राष्ट्रिय हितलाई समन्वयात्मक ढङ्गले अगाडि बढाउने हो भने यसले स्वतन्त्र र खुला इन्डो–प्यासिफिकलाई साकार पार्न मद्दत गर्नेछ भन्ने मलाई लाग्छ ।”

बेइजिङले ताइवानलगायत एसिया–प्रशान्त क्षेत्रका क्षेत्रीय विवादमा आक्रामक व्यवहार देखाएको छ । चीनले वार्षिक खर्बौं डलरको व्यापार हुने दक्षिण चीन सागरमा आफ्नो दाबी गर्दै आएको छ । टोकियो र बेइजिङबीचको सम्बन्धमा पनि ‘इस्ट चाइना सी’मा विवादित जापान–नियन्त्रित टापुहरूका बिषयमा विवाद छ ।

आणविक शक्ति सम्पन्न उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्र गतिविधि विस्तार गरेपछि पनि टोकियो चिन्तित छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उत्तर कोरियाली नेता किम जोङ उनीसँग भेटवार्ता गरेका थिए । इशिबाले एक राष्ट्रमाथिको आक्रमण सबैमाथिको आक्रमण भएको भन्दै एशियाली सैन्य गठबन्धनको निर्माणको लागि आह्वान गरेका छन् ।

“जापान–अमेरिका सुरक्षा गठबन्धन जापानको कूटनीति र सुरक्षाको जग हो,” इशिबाले भने । उनले भने, “संयुक्त राज्य अमेरिकाले जापानमा अमेरिकी सेनाद्वारा नियन्त्रित सुविधा र क्षेत्रहरूको अस्तित्वबाट ठूलो रणनीतिक लाभ प्राप्त गर्दछ ।”

ट्रम्पको पहिलो कार्यकालमा जापानका तत्कालीन प्रधानमन्त्री शिन्जो आबेले अमेरिकी राष्ट्रपतिसँग न्यानो व्यक्तिगत सम्बन्ध स्थापित गरेका थिए । यसै महिनाको सुरुमा भएको चुनावमा ट्रम्पको जितपछि इशिबा र अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पबीच जापानी ‘निकै मैत्रीपूर्ण’ टेलिफोन संवाद भएको थियो ।

प्रमुख सहयोगी जापान र संयुक्त राज्य अमेरिका एक अर्काका शीर्ष विदेशी लगानीकर्ता हुन् । झण्डै ५४ हजार अमेरिकी सैनिकहरू जापानको ओकिनावामा तैनाथ छन् । जापानले आफ्नो कडा शान्तिवादी अडान त्याग्दै आएको छ र ‘प्रत्याक्रमण’ क्षमता हासिल गर्न अघि बढिरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र इशिबाका पूर्ववर्ती फुमियो किशिदाले गत अप्रिलमा रक्षा क्षेत्रमा ‘नयाँ युग’ को सुरूवात भएको घोषणा गरेका थिए । 

जापानले आफ्नो सैन्य खर्चलाई कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशतको नेटो मापदण्डमा दोब्बर बनाउने प्रक्रियामा छ । तर ट्रम्पको ‘अमेरिका फस्र्ट’ दृष्टिकोणको अर्थ यो हुन सक्छ कि उनको दोस्रो कार्यकालमा उनले सैन्य सहयोगका लागि थप कम नगद प्रदान गर्नेछन् र जापानलाई अझ बढी योगदान गर्न दबाब दिनेछन् । 

ट्रम्पले सोमबार मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा २५ प्रतिशत र चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने घोषणा गरेपछि अमेरिकाका केही ठूला व्यापारिक साझेदारमा त्रास छाएको थियो । टोयोटा र होन्डालगायत धेरै जापानी निर्यातकहरूको मेक्सिको र क्यानाडामा प्लान्टहरू छन् । यो साता दुवै कम्पनीको शेयर मूल्यमा भारी गिरावट आएको छ । 

जापानी सरकारी अधिकारीहरूले ट्रम्पको कर धम्कीबारे टिप्पणी गर्न अस्वीकार गरेका छन् र यसबारे इशिबाले सम्बोधनमा केही उल्लेख गरेनन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनको व्यापार वृद्धिदर स्थिर, आर्थिक सन्तुलन कायम

बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ ।  चिनियाँ भन्सार प्रशा...

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाय : सर्वेक्षण

रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...

कैलालीमा घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट भन्दा बढी काठ

कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...

देशमा चुनावको विकल्प छैन : नेता पोखरेल

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...

नेकपाले पुस ५ गतेसम्म प्रदेश र जिल्लाकाे एकता प्रक्रिया टुङ्ग्याउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ ।  ...

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...

भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य

भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...

मधेशका कुन जिल्लामा वन अतिक्रमण कति ?

पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...

समानुपातिक निर्वाचनका लागि ६७ दलकाे निवेदन

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्छ : संयुक्त राष्ट्र

काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending