जापान । जापानका प्रधानमन्त्रीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ‘खुलेर छलफल’ गर्ने बताएका छन् । “म आगामी राष्ट्रपति ट्रम्पसँग खुलेर छलफल गर्नेछु र गठबन्धनलाई नयाँ उचाईमा पुर्याउनेछु,” शिगेरु इशिबाले संसदमा एक महत्वपूर्ण नीतिगत सम्बोधनमा भने ।
उनले भने, “स्वाभाविक रूपमा अमेरिकाको आफ्नै राष्ट्रिय हित छ र जापानको आफ्नै राष्ट्रिय हित छ । खुलेर विचार आदानप्रदान गर्ने र दुवै देशको राष्ट्रिय हितलाई समन्वयात्मक ढङ्गले अगाडि बढाउने हो भने यसले स्वतन्त्र र खुला इन्डो–प्यासिफिकलाई साकार पार्न मद्दत गर्नेछ भन्ने मलाई लाग्छ ।”
बेइजिङले ताइवानलगायत एसिया–प्रशान्त क्षेत्रका क्षेत्रीय विवादमा आक्रामक व्यवहार देखाएको छ । चीनले वार्षिक खर्बौं डलरको व्यापार हुने दक्षिण चीन सागरमा आफ्नो दाबी गर्दै आएको छ । टोकियो र बेइजिङबीचको सम्बन्धमा पनि ‘इस्ट चाइना सी’मा विवादित जापान–नियन्त्रित टापुहरूका बिषयमा विवाद छ ।
आणविक शक्ति सम्पन्न उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्र गतिविधि विस्तार गरेपछि पनि टोकियो चिन्तित छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उत्तर कोरियाली नेता किम जोङ उनीसँग भेटवार्ता गरेका थिए । इशिबाले एक राष्ट्रमाथिको आक्रमण सबैमाथिको आक्रमण भएको भन्दै एशियाली सैन्य गठबन्धनको निर्माणको लागि आह्वान गरेका छन् ।
“जापान–अमेरिका सुरक्षा गठबन्धन जापानको कूटनीति र सुरक्षाको जग हो,” इशिबाले भने । उनले भने, “संयुक्त राज्य अमेरिकाले जापानमा अमेरिकी सेनाद्वारा नियन्त्रित सुविधा र क्षेत्रहरूको अस्तित्वबाट ठूलो रणनीतिक लाभ प्राप्त गर्दछ ।”
ट्रम्पको पहिलो कार्यकालमा जापानका तत्कालीन प्रधानमन्त्री शिन्जो आबेले अमेरिकी राष्ट्रपतिसँग न्यानो व्यक्तिगत सम्बन्ध स्थापित गरेका थिए । यसै महिनाको सुरुमा भएको चुनावमा ट्रम्पको जितपछि इशिबा र अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पबीच जापानी ‘निकै मैत्रीपूर्ण’ टेलिफोन संवाद भएको थियो ।
प्रमुख सहयोगी जापान र संयुक्त राज्य अमेरिका एक अर्काका शीर्ष विदेशी लगानीकर्ता हुन् । झण्डै ५४ हजार अमेरिकी सैनिकहरू जापानको ओकिनावामा तैनाथ छन् । जापानले आफ्नो कडा शान्तिवादी अडान त्याग्दै आएको छ र ‘प्रत्याक्रमण’ क्षमता हासिल गर्न अघि बढिरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र इशिबाका पूर्ववर्ती फुमियो किशिदाले गत अप्रिलमा रक्षा क्षेत्रमा ‘नयाँ युग’ को सुरूवात भएको घोषणा गरेका थिए ।
जापानले आफ्नो सैन्य खर्चलाई कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशतको नेटो मापदण्डमा दोब्बर बनाउने प्रक्रियामा छ । तर ट्रम्पको ‘अमेरिका फस्र्ट’ दृष्टिकोणको अर्थ यो हुन सक्छ कि उनको दोस्रो कार्यकालमा उनले सैन्य सहयोगका लागि थप कम नगद प्रदान गर्नेछन् र जापानलाई अझ बढी योगदान गर्न दबाब दिनेछन् ।
ट्रम्पले सोमबार मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा २५ प्रतिशत र चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने घोषणा गरेपछि अमेरिकाका केही ठूला व्यापारिक साझेदारमा त्रास छाएको थियो । टोयोटा र होन्डालगायत धेरै जापानी निर्यातकहरूको मेक्सिको र क्यानाडामा प्लान्टहरू छन् । यो साता दुवै कम्पनीको शेयर मूल्यमा भारी गिरावट आएको छ ।
जापानी सरकारी अधिकारीहरूले ट्रम्पको कर धम्कीबारे टिप्पणी गर्न अस्वीकार गरेका छन् र यसबारे इशिबाले सम्बोधनमा केही उल्लेख गरेनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: