Ntc summer Offer
Khabar Dabali ६ भाद्र २०८२ शुक्रबार | 22nd August, 2025 Fri
Investment bank

सङ्घीय मामिलामन्त्री गुप्ता र तिब्बतका कार्यकारी उपाध्यक्ष योङचिबीच शिष्टाचार भेट

खबरडबली संवाददाता

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतका कार्यकारी उपाध्यक्ष चेन योङचिबीच भेटवार्ता भएको छ । 

नेपाल–चीन सीमा व्यापार समन्वय तथा सहकार्य संयन्त्रको दोस्रो बैठकमा सहभागी हुन तिब्बती टोलीको नेतृत्व गर्दै नेपाल आउनुभएका योङचिले आज शुक्रबार मन्त्री गुप्तासँग मन्त्रालयमा शिष्टाचार भेट गरेका हुन । उपाध्यक्ष योङ्चिको साथमा नेपालका लागि चिनियाँ राजदूत चेन योङ समेत सहभागी थिए । 

भेटघाटको अवसरमा मन्त्री गुप्ताले नेपाल–चीन सीमा व्यापार समन्वय तथा सहकार्य संयन्त्रको दोस्रो बैठक सफलतापूर्वक सम्पन्न भएकाकामा बधाई ज्ञापन गर्दै चीन र नेपालबीच शताब्दियौँदेखि सम्बन्ध रहेको तथा चीन नेपालको असल मित्र र विकास साझेदार रहेको बताए । ‘चीन नेपालको पुरानो विकास साझेदार हो । नेपालको विकासमा चीनले प्रदान गर्दै आएको सहायताको लागि म धन्यवाद दिन चाहान्छु,’ मन्त्री गुप्ताले भने, ‘चीनबाट प्राप्त सहयोगले नेपालको आर्थिक विकास गर्न, पूर्वाधार विकास गर्न र नेपाली जनताको जीविकोपार्जनमा सुधार गर्न महत्वपूर्ण योगदान पुगेको छ ।’

उनले नेपाल एक चीन सिद्धान्तमा कटिबद्ध रहेको जानकारी दिदैँ कुनै पनि रूपमा नेपाली भूमी चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै, नेपालका निजामती कर्मचारीहरूको तालिमलगायत क्षमता विकासको कार्यक्रममा चीनले पुर्‍याएको सहयोगको उच्च प्रशंसा गरे ‘नेपाल र चीनबीच जनस्तरमा पनि राम्रो सम्बन्ध रहँदै आएको छ । चौथो सताब्धिदेखि नै हामी दुई देशबीच सामाजिक र सांस्कृतिक सम्बन्ध रहेको छ,’ मन्त्री गुप्ताले भने, ‘चीनले नेपालको निजामती सेवा अस्पतालको स्थापना र स्तरोन्नतिका लागि गरेको निरन्तरको सहयोग र नृपालका निजामती कर्मचारीको विभिन्न तालिमलगायत क्षमता विकासको कार्यक्रममार्फत पुर्‍याएको सहयोगको हामी उच्च कदर गर्दछौँ ।’

यसैगरी, मन्त्री गुप्ताले चीनको स्वशासित क्षेत्र तिब्बतको सरकारसँग नेपालको उत्तरी सीमा जोडिएको जिल्लाहरूको विकासका लागि आयोजना सहायता (प्रोजेक्ट एड्स) गर्ने सम्झौता (एमओयू अन प्रोजेक्ट एड टू नेपाल) भएकोमा पनि खुसी व्यक्त गरे । ‘एमओयू अन प्रोजेक्ट एड टू नेपाल’को कार्यान्वयन ढाँचा स्वीकृत भइ स्थानीय तहहरूबाट प्राप्त आयोजना प्रस्तावहरू अर्थ मन्त्रालयमार्फत चिनियाँ दूतावासमा पठाइसकिएको जानकारी उनले गराए । 

ती आयोजनाहरू अन्तर्गत सकेसम्म धेरै आयोजनाहरूको छनौट हुने र उक्त आयोजनाहरू चाँडै कार्यान्वयनमा जाने विश्वास व्यक्त गर्दै मन्त्री गुप्ताले त्यस्ता कार्यक्रमका लागि आफ्नो मन्त्रालयले समन्वय र सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । सन् २०१९ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको चीन भ्रमण र सोही वर्ष चिनियाँ राष्ट्रपति सि जिनपिङबाट भएको नेपाल भ्रमणपछि दुई देशबीचको सम्बन्धले थप उचाइ पाएको चर्चा गर्दै मन्त्री गुप्ताले यस किसिमको भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुत र बलियो बनाउने विश्वास व्यक्त गरे । भविष्यमा पनि यस्तो भ्रमण हुनुपर्ने धारणा उनकाे थियाे ।  

सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने र त्यसपछि पनि चीनले नेपाललाई सहयोग जारी राख्न मन्त्री गुप्ताले उपाध्यक्ष योङ्चिलाई आग्रह गरेका छन् । टमा जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतका कार्यकारी उपाध्यक्ष चेन योङचिले व्यस्तताकाबीच आफू नेतृत्वको टोलीलाई भेटघाटको समय उपलब्ध गराएको मन्त्री गुप्ताप्रति धन्यवाद व्यक्त गरे । नेपाल र चीनको सम्बन्ध थप प्रगाढ हुँदै जाने मन्त्री गुप्ताको धारणामा सहमति जनाउनुहुँदै नेपालको एक चीन सिद्धान्त र प्रतिवद्धताका लागि धन्यवाद व्यक्त गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राज्यका अंगहरूको पुनर्संरचना र रूपान्तरण अनिवार्य छ: नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालको विकास र समृद्धि अवरुद्ध हुनुको कारण केवल राजनीतिक अस्थिरता मात्र न...

भारतमा अनलाइन जुवा प्रतिबन्ध, संसदबाट ऐतिहासिक कानुन पारित

भारत । भारतको संसदले व्यापक असर पार्ने गरी अनलाइन जुवालाई पूर्णरूपमा प्रतिबन्ध गर्ने कानुन पारित गरेको छ । यो निर्णय सरकारले सार्वजनिक गरेका तथ्याङ्कप...

संयुक्त राष्ट्रसङ्घद्वारा गाजामा अनिकाल घोषणा

रोम । संयुक्त राष्ट्रसङ्घले शुक्रबार गाजामा अनिकालको औपचारिक घोषणा गरेको छ । मध्यपूर्वमा पहिलो पटक अनिकाल परेको र पाँच लाख मानिसले ‘विनाशकारी’ भोकमरीक...

भाेजपुरमा बाँदरको उपद्रो बढेपछि किसान चिन्तित

भोजपुर । वर्षभरि खाने अन्नपात बाँदरले छिनभरमा नै सखाप पार्ने भएपछि भोजपुरका किसान मारमा परेका छन् । मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर अन्नबाल...

माओवादी केन्द्रनिकट चार जनसंगठनको दाबीः लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको का अविभाज्य भूभाग रहेको बताएका छन् ।  उक्त भूमि नेपा...

एडिबीद्वारा पाकिस्तानको तामा–सुन खानीका लागि ४१ करोड डलर स्वीकृत

इस्लामाबाद । एसियाली विकास बैंक (एडिबी) ले शुक्रबार पाकिस्तानको रेको डिक तामा र सुन खानी विकासका लागि ४१ करोड डलरको प्याकेज स्वीकृत गरेको छ । यस खानीम...

जर्मनीको अर्थतन्त्रमा पुनः झट्का, आर्थिक वृद्धिदर झनै घटेको पुष्टि

जर्मनी । जर्मनीको अर्थतन्त्र सन् २०२५ को दोस्रो त्रैमासिकमा अनुमानभन्दा पनि धेरै घटेको सरकारी तथ्याङ्कमा देखिएको छ, जसले युरोपको सबैभन्दा ठूलो अर्थतन्...

बैतडीमा सरकारी सुविधा लिन उद्योग दर्ता, नपाएपछि बन्द

बैतडी । जिल्लामा उद्योग दर्ताको क्रम बर्सेनी घट्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालयको गत तीन वर्षको तथ्याङ्क हेर्दा यहाँ उद्योग दर्ताको क्रम घट...

गुल्मीमा खोलाले बगाएर एक जनाको मृत्यु

गुल्मी । गुल्मीमा छल्दी खोलाले बगाएर एकजना पुरुषको मृत्यु भएको छ ।  जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–१ राहले निवासी ५३ वर्षका मानबहादुर कुमालको म...

लुम्बिनी प्रदेशका ६ जिल्लामा आइतबार बिदा

गुल्मी । लुम्बिनी प्रदेश सरकारले बर्का अट्वारी पर्वको अवसरमा भदौ ८ गते आइतबार लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending