Ntc summer Offer
Khabar Dabali ३ असार २०८२ मंगलवार | 17th June, 2025 Tue
Investment bank

माओवादी केन्द्रकाे पालिका अधिवेशन मंसिर मसान्तभित्र सम्पन्न गर्नुपर्ने परिपत्र

खबरडबली संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर मसान्तभित्र सबै स्थानीय तह (पालिका)मा सम्मेलन सक्न भन्दै परिपत्र पठाएको छ । मंसिर १२ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकको निर्णयअनुसार माओवादीले कार्यविधि बनाएर मातहतका समितिलाई परिपत्र पठाएको हो । गत कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले पार्टीको स्थानीय तहको सम्मेलन गर्ने निर्णय गरेको थियो । 

जसअनुसार मंसिर ४ गते बसेको बैठकले सम्मेलनको कार्यविधि बनाउन महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन र सचिव हितराज पाण्डे रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले पेस गरेको कार्यविधि अनुमोदन भएपछि स्थानीय तहमा सम्मेलन गर्न बाटो खुलेको छ । 

स्थानीय तहहरूको अधिवेशन सम्बन्धमा पार्टी विधान– २०८० मा भएको व्यवस्था अनुसार मातहतका समितिलाई परिपत्र पठाएको  केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए । सहमतिले नेतृत्व चयन हुन नसकेमा पार्टीको स्थानीय निर्वाचन समितिको व्यवस्थापनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली मार्फत समिति गठन गर्ने गरी पार्टीले निर्देशन दिएको ढकालले बताए । उनका अनुसार प्रतिनिधि छनोटको मापदण्ड र निर्वाचन प्रक्रिया पार्टीको निर्वाचन नियमावलीअनुसार हुनेछ ।

‘पदाधिकारी बैठकको निर्णयअनुसार मंसिर मसान्तसम्म सबै पालिकाको सम्मेलन सम्पन्न गर्नका लागि आवश्यक कार्यविधि परिपत्रमार्फत मातहतका समितिलाई पठाइ सकेको छ । प्रतिनिधि छनौट, कार्यसमितिको गठन, सचिवालय तथा पदाधिकारीको चयन लगायतका कार्यहरूमा निर्वाचन गर्नुपर्दा सम्बन्धित निर्वाचन समितिको व्यवस्थापनमा केन्द्रीय निर्वाचन आयोगले जारी गरेको नियमावली, निर्वाचन आचारसंहिता र कार्यसम्पादन नियमावली अनुसार हुनेछ’, उनले भने । 

ढकालका अनुसार स्थानीय तहको कार्यसमिति पार्टीको विधान–२०८० बमोजिम छनोट हुने छ । विधानको धारा–२४ मा भौगोलिक प्रदेश कार्यसमिति १२५, उपत्यकामा र प्रवासमा गठन हुने प्रदेशस्तरका विशेष समितिहरू बढीमा– ९९, महानगरपालिका समिति/महाशाखा – ९९, उपमहानगरपालिका समिति – ७५, नगरपालिका समिति – ५५, गाउँपालिका समिति/शाखा – ४५, वडा समिति/उपशाखा – २५, टोल समिति/प्रशाखा – १५ र सेल कम्तिमा – ३ सदस्यीय हुने व्यवस्था छ । 

विधान बमोजिम कार्यविधिलाई अन्तिम रूप दिई सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको सचिव देवेन्द्र पौडेलले बताए । सचिवालय र पदाधिकारी गठन गर्दा समानुपातिक समावेशीको मान्यतालाई ध्यान दिने गरी निर्देशन दिएको उनले जानकारी दिए ।

‘सचिवालय र पदाधिकारीको गठन गर्दा समानुपातिक समावेशीको मान्यतालाई अवलम्बन गर्ने गरी बैठकले निर्णय गरेको छ । यस्तै सचिवालय र पदाधिकारीको चयन कार्यसमितिबाट सहमतिले हुन नसकेमा कार्यसमितिका सदस्यहरूको बिचमा निर्वाचन प्रक्रियाबाट चयन गर्ने गरी मातहतका समितिलाई निर्देशन दिइएको छ’, उनले भने ।

पौडेलका अनुसार २५ सदस्यीय कुल कार्यसमितिको बढीमा एक तिहाइ अर्थात् बढीमा ९ जनासम्मको सचिवालय समिति वडा/उपशाखा कार्य समितिले गठन गर्ने छ । जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष गरी बढीमा ५ सदस्यीय कार्यालय गठन गर्न सकिनेछ ।  

यस्तै गाउँ/ नगर/ शाखा समितिका पदाधिकारीहरू, अध्यक्ष–१, उपाध्यक्ष–३, सचिव–१, सहसचिव–१ र कोषाध्यक्ष– १ गरी ७  सदस्यीय कार्यालय गठन गर्न सकिनेछ । यसैगरी ९९ सदस्यीय महाशाखाको कार्यसमितिले बढीमा ३३ सदस्यीय सचिवालय गठन गर्न सक्ने र समितिका पदाधिकारीहरू अध्यक्ष–१, उपाध्यक्ष–३, सचिव–१, सहसचिव–१ र कोषाध्यक्ष– १ गरी ७ सदस्यीय कार्यालय गठन गर्न सक्ने पौडेलले बताए । यस्तै टोलमा अध्यक्ष र सचिव तथा सेलमा सेक्रेटरीमात्र पदाधिकारी रहने गरी कार्यविधि बनेको उनले जानकारी दिए ।

विधानको धारा–२३ मा प्रदेश, स्थानीय पालिका र वडा स्तरहरूमा अधिवेशनको अवधि, प्रतिनिधित्वसम्बन्धी व्यवस्था गरिएको छ । विधानमा भएको व्यवस्था अनुसार प्रदेशहरूमा प्रत्येक ३ वर्षमा, स्थानीय पालिकाहरूमा प्रत्येक २ वर्षमा र वडाहरूमा प्रत्येक वर्षमा सम्बन्धित तहको कार्यसमितिले अधिवेशनको आयोजना गर्ने उल्लेख छ । 

यसैगरी अधिवेशनको प्रतिनिधित्व समावेशी सिद्धान्त अनुसार सम्बन्धित तहको आयोजक समितिले तोकेको कोटा अनुसार एक तह तल्लो समितिबाट प्रतिनिधि छनौट गरी सहभागी गरिने छ भने अधिवेशनले आफ्नो तहको नीतिगत कार्यक्रमिक योजना र संगठनात्मक तथा आर्थिक विषयलगायत आफ्नो तहको कार्यसमितिको निर्वाचन गर्ने व्यवस्था गरिएको छ । 

कार्यसमिति गठन नभएको स्थितिमा माथिल्लो समितिले सो स्तरको संगठन समिति गठन गरी अधिवेशनहरूको आयोजना गर्नेछ । कार्यसमितिको कार्यावधि समाप्त भएको स्थितिमा उक्त समिति स्वतः संगठन समितिमा परिणत र सो संगठन समितिले बढीमा ६ महिनाभित्र अधिवेशनको आयोजना गर्नु पर्ने विधानमा उल्लेख छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भोजपुरको साम्पाङमा विद्युत् सेवा विस्तार

भोजपुर ।  भौगोलिक रुपमा विकट मानिने भोजपुरको षडानन्द नगरपालिका– १० साम्पाङमा केन्द्रीय विद्युत् विस्तार भएको छ । विगतमा टुकी बत्तीको भरमा रात कटाउदै आ...

चार दिनपछि ग्वार्कोस्थित फ्लाइओभरबाटै गाडी चल्ने

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारी साधन चल्ने भएका छन् । फ्लाइओभरको मुख्य संरचना निर्माण सकिएसँगै अब सवारी साधन सञ्चालनको ...

फरार पूर्व नेता हसिनालाई मुद्दाको सामना गर्न फर्कन आदेश

ढाका । बङ्गलादेशको युद्ध अपराध अदालतले सोमबार फरार पूर्व नेता शेख हसिनालाई मानवता विरुद्धको अपराधको आरोपमा मुद्दाको सामना गर्न फर्कन आदेश दिएको छ । ...

कङ्गोमा भारी वर्षाका कारण २९ जनाको मृत्यु

किन्सासा । लोकतान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) (डिआरसी) को राजधानीमा एह हप्तामा भारी वर्षाका कारण कम्तीमा २९ जनाको मृत्यु भएको छ । प्रभावितहरूलाई ...

देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन कायम नगरेसम्म जनताको जीवन परिवर्तन आउँदैन: उपाध्यक्ष नारायणकाजी श्रेष्ठ

काठमाडाैं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संक्रमणकालीन न्यायसम्बन्धी कामलाई छिटो सम्पन्न गर्न दबाब दिनुपर्ने बताएका छन...

पहिरोले अवरुद्ध बनेको राप्ती राजमार्ग सञ्चालनमा

सल्यान । सडकमाथिबाट आएको पहिरोले अवरुद्ध बनेको राप्ती राजमार्ग सञ्चालनमा आएको छ । राप्ती राजमार्गअन्तर्गत कपुरकोट–दाङ सडकखण्डको कपुरकोट गाउँपालिका– ३,...

सरकारले अर्थतन्त्र सुधारका लागि विभिन्न काम गरिरहेकाे छ: पूर्वमन्त्री चौधरी

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री भगबती चौधरीले राज्यको सिस्टमले राज्यको सिस्टम (प्रणाली) ले नै सबैलाई कर तिर्नुपर्छ भन्ने कुरा महसुस गर...

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रम कार्यान्वयन अनुभवका आधारमा सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्थाहरूमा सुधार, सङ्गठनात्...

‘ह्विलिङ चार्ज’ को विषयलाई चाँडो टुङ्ग्याउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्रसारण गरेवापत लिने शुल्क ‘ह्विलिङ चार्ज’को विषयलाई चाँडो टुङ्ग्याउन विद्युत् नियमन...

बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला

धरान । सुनसरीको बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ । बराहक्षेत्रमा नगरपालिका वडा नं २ स्थित कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा उक्त हात्त...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending