रुपन्देही । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैङ्कलाई एक नम्बरको बैङ्क बनाउने गरी काम गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय वाणिज्य बैङ्कको लुम्बिनी प्रादेशिक कार्यालय र शाखा कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले बदलिँदो समयसँगै सबै कुरालाई रूपान्तरण गरी अग्रणी बैङ्क बनाउनुपर्नेमा जोड दिए । उनले सरकारको पूर्ण स्वामित्वमा रहेको वाणिज्य बैङ्कले प्रवाह गर्ने सेवा र दिने सुविधालाई समयसापेक्ष बनाउँदै प्रत्येक सेवाग्राहीले आफ्नोपनको महसुस गर्नेगरी कार्य गर्न बैङ्क व्यवस्थापनलाई अनुरोध गरे ।
सेवा विस्तारमा सक्रियताका साथ लागेको वाणिज्य बैङ्कले सेवा सुधारका विषयमा पनि आफूलाई केन्द्रित गरेर सेवाग्राहीको बढी रुचाइएको बैङ्क बनाउन आग्रह गरे । कार्यक्रममा बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले ब्याजदरमा अहिले भइरहेको एकल अङ्कको ब्याजदर लाई स्थिर बनाउन आवश्यक रहेको बताए । लिने समयमा एकल अङ्कको ब्याजदर भए पनि समयसँगै बढ्दै जाने विगतको अभ्यासले आफूहरूलाई सदैव झकझकाइ रहेको बताए ।
उनले बैङ्कले सेवा क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखेका कारण आफूहरूमा आशाको सुरुवात गराएको भन्दै ब्याजदरमा उद्योगी व्यवसायीलाई सुनिश्चितता भए ढुक्कसँग लगानी गर्न आफूहरू तयार रहेको तर्क गरे ।
यसैगरी कार्यक्रममा बुटवल उपमहानगरपालिकाको वडा नं. ४ का वडा अध्यक्ष नरेश्वर पौडेलले आर्थिक अवस्थामा देखिएको चुनौतीहरू पार गर्न राष्ट्रिय वाणिज्य बैङ्कले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले स्थानीय सरकारको हैसियतले बैङ्कलाई आवश्यक पर्ने सबै प्रकारको सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १९ गते, २०८१ - २०:४७
काठमाडौं । सम्राट सिमेन्ट प्रालिले १५ अर्ब लागत बराबरको परियोजना कार्यान्वयन प्रक्रिया सुरु गर्न लगानी बोर्ड नेपालसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ...
पौष १९ गते, २०८१ - २०:४२
कालीकोट । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपाल कालीकोटको तेस्रो जिल्ला अधिवेशनबाट पुन: वीरेन्द्र आचार्यको नेतृत्वमा सर्वसम...
पौष १९ गते, २०८१ - २०:३८
गाजा । इजरायली आक्रमणमा बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म गाजामा बालबालिकासहित कम्तीमा ३० जनाको मृत्यु भएको अस्पतालका कर्मचारीहरूले बताएका छन् । ...
पौष १९ गते, २०८१ - २०:२४
काठमाडौं । सन् २०२५ को पहिलो उल्का वर्षा आज राति अत्यधिक मात्रामा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । ती उल्का वर्षाको स्रोत भूतप (बुटिज) ना...
पौष १९ गते, २०८१ - २०:१२
धनगढी । छाडा चौपायाले हैरान पारेपछि गहुँ, मसुरो खेती छाडेर किसानहरु तोरी खेतीतिर आकर्षित भएका छन् । चौपायाले गहुँभन्दा तोरीलाई कम नोक्सान गर्ने गरेको ...
पौष १९ गते, २०८१ - २०:०६
पोखरा । सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधानको मूल मर्म र भावना विपरीत संविधान संशोधन नहुने कुरा बताएका छन् । उनले संघीयता, धर्म निरप...
पौष १९ गते, २०८१ - १९:४०
काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीमा अनुशासन आवश्यक रहेको बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको ३७औँ वार्षिक...
पौष १९ गते, २०८१ - १९:३६
सप्तरी । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बलियो बनाउन नेपाली कांग्रेसलाई बलियो बनाउनुपर्ने बताएका छन ...
पौष १९ गते, २०८१ - १९:३०
बेइजिङ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्दा आउनसक्ने सम्भावित व्यापार उथलपुथलका लागि बेइजिङले आफूलाई बलियो बनाइरहेको...
पौष १९ गते, २०८१ - १९:०९
पाेखरा । पोखरा महानगरपालिका–४, कास्कीमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा कास्की जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट बहस जारी छ । राष्ट्र...
प्रतिकृया लेख्नुहोस्: