Ntc summer Offer
Khabar Dabali २० पुष २०८१ शनिबार | 4th January, 2025 Sat
Investment bank

रौतहटमा बाघको आक्रमणबाट वडा अध्यक्षसहित दुईजना गम्भीर घाइते

खबरडबली संवाददाता

रौतहट । बाघको आक्रमणबाट रौतहटको गुजरा नगरपालिका १ का वडा अध्यक्षसहित २ जना गम्भीर घाइते भएका छन् । शनिवार बाघको आक्रमणबाट गम्भीर घाइते भएका वडा अध्यक्ष रामजीत चौधरी र सोही वडाका बौराई चौधरीको वीरगन्जस्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ ।

घाइते दुवै जनालाई आइसियुमा राखेर उपचार भइरहेको वडा अध्यक्ष चौधरीकी छोरी मधु कुमारी चौधरीले बताएकी छिन् । शनिवार बिहान अस्पताल भर्ना भएदेखि नै दुवै जना बेलुकीसम्म अचेत रहेको मधुले बताइन् । 

गुजरा १ रङ्गपुर गाउँ छेउको लमहा खोलाबाट खेतमा पानी लगाइरहेका बेला बौराईलाई बाघले आक्रमण गरेको थियो । बौराईलाई बचाउन खोज्दा वडा अध्यक्ष चौधरी माथि पनि बाघले आक्रमण गरेको मधुले जानकारी दिइन् । 

बौराई र रामजीत बिच मितरी साइनो रहेको समेत उनले बताइन् । इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डीएसपी राजकुमार राईले घटनाको पुष्टि गर्दै आवश्यक घटनाबारे अनुसन्धान भइरहेको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन

टोकियो । विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको आशिया सहरले शनिबार घोषणा गरेको छ ।  चार छोराछोरी तथा पाँच न...

खोटाङ र उदयपुर जोड्ने फोक्सिनटारमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा

उदयपुर । खोटाङ र उदयपुर जोड्ने सगरमाथा लोकमार्गअन्तर्गत सुनकोशी नदीको फोक्सिनटारमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ । सगरमाथा लोकमार्ग गाईघा...

१५ अर्ब लागतको परियोजना कार्यान्वयन गर्न सम्राट सिमेन्ट र लगानी बोर्डबिच सम्झौता

काठमाडौं । सम्राट सिमेन्ट प्रालिले १५ अर्ब लागत बराबरको परियोजना कार्यान्वयन प्रक्रिया सुरु गर्न लगानी बोर्ड नेपालसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ...

प्रेस सेन्टर कालीकोटमा आचार्यको नेतृत्वमा सर्वसम्मत कार्यसमिति

कालीकोट । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपाल कालीकोटको तेस्रो जिल्ला अधिवेशनबाट पुन: वीरेन्द्र आचार्यको नेतृत्वमा सर्वसम...

इजरायली हमलामा गाजा क्षेत्रमा ३० जनाको मृत्यु

गाजा । इजरायली आक्रमणमा बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म गाजामा बालबालिकासहित कम्तीमा ३० जनाको मृत्यु भएको अस्पतालका कर्मचारीहरूले बताएका छन् ।  ...

आज राति भूतप उल्का वर्षा

काठमाडौं । सन् २०२५ को पहिलो उल्का वर्षा आज राति अत्यधिक मात्रामा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । ती उल्का वर्षाको स्रोत भूतप (बुटिज) ना...

गहुँ खेती छाडेर तोरी खेतीतिर आकर्षित

धनगढी । छाडा चौपायाले हैरान पारेपछि गहुँ, मसुरो खेती छाडेर किसानहरु तोरी खेतीतिर आकर्षित भएका छन् । चौपायाले गहुँभन्दा तोरीलाई कम नोक्सान गर्ने गरेको ...

संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशीताका सवालमा संविधान संशोधन हुँदैन: सञ्चारमन्त्री गुरुङ

पोखरा । सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधानको मूल मर्म र भावना विपरीत संविधान संशोधन नहुने कुरा बताएका छन् । उनले संघीयता, धर्म निरप...

पार्टीमा अनुशासन आवश्यक छ: एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीमा अनुशासन आवश्यक रहेको बताएका छन् ।  राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको ३७औँ वार्षिक...

लोकतान्त्रिक व्यवस्था बलियो बनाउन एकताबद्ध कांग्रेसको जरूरीः नेता सिंह

सप्तरी । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बलियो बनाउन नेपाली कांग्रेसलाई बलियो बनाउनुपर्ने बताएका छन ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy