उदयपुर । भोलि हुने उपनिर्वाचनमा उदयपुरका दुई वडाको तयारी पूरा भएको छ । त्रियुगा नगरपालिका-१२ को निर्वाचनका लागि सदरमुकाम गाईघाटस्थित वडा नम्बर १३ को जनप्रेमी आधारभूत विद्यालय र बेलकाको वडा ९ स्थित वर पिपल माध्यमिक विद्यालयलाई मतदान स्थल बनाइएको छ ।
त्रियुगा १२ का सहायक निर्वाचन अधिकृत दिलिप थापामगरका अनुसार वडानं १२ मा कुनै पनि विद्यालय नरहेकाले नजिकमा रहेको वडा नं १३ को विद्यालय रोजिएको हो । उक्त विद्यालयमा चार वटा मतदान केन्द्र रहेका छन् । वरपिपल मावि सभाहल मतदान स्थलमा व्यवस्थित लाइनका लागि बाँसको बारबेरादेखि लिएर सुरक्षा लगायतका कार्यको तयारी पूरा भएको उनले बताए । मतदानस्थलमा नै मतगणना कार्य हुने भएकाले जाली लगायत सीसी क्यामेराहरु जडान गरिएको उनले बताए ।
बेलकामा तीन वटा मतदान केन्द्र रहने निर्वाचन अधिकृत मनोजप्रसाद गुप्ताले जानकारी दिए । उनका अनुसार मतगणना नगरपालिकाको सभाहलमा गरिने छ । त्रियुगामा १ स्वतन्त्रसहित ९ जनाले र बेलका नगरपालिका-९ मा ७ जना प्रतिस्पर्धामा छन् । त्रियुगामा नेकपा एमालेका लक्ष्मीनारायण चौधरी, नेपाली काँग्रेसका सन्जिव काफ्ले, नेकपा माओवादी केन्द्रका नविनकुमार राई, राष्ट्रिय स्वतन्त्र पार्टीका ध्रुवप्रसाद पोखरेलको उम्मेदवारी रहेको छ ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का निर्मला चौधरी, राप्रपाका लालबाबु साह, जनमत पार्टीका प्रमोद मलाह सहनी, नागरिक उन्मुक्ति पार्टीका चन्द्रकला चौधरी र स्वतन्त्रबाट वजरंगीकुमार दाशको उमेदवारी रहेको छ ।
त्यस्तै बेलका ९ मा नेकपा एमालेका मोहन खड्का, नेपाली कांग्रेसका नवराज बस्नेत, नेकपा माओबादी केन्द्रका भरत घिमिरेले प्रतिस्पर्धामा छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विक, राप्रपाका टिकाप्रसाद फुयाँल, जनता समाजवादी पार्टीका राजकुमार राई र मंगोल नेशनल अर्गनाइजेसन पार्टीका सुरे तामाङको उम्मेदवारी रहेको छ ।
गत ०७९ वैशाख २० गते सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी वडाध्यक्षहरू त्रियुगा १२ का चुडाराज काफ्ले र बेलका ९ का पदम खड्काको मोटरसाइकल दुर्घटनामा परेर निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: