Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

बाँकेमा नीलगाई मारेको आरोपमा दुईजना पक्राउ

खबरडबली संवाददाता

बाँके । बाँकेमा जङ्गली जनावर नीलगाईलाई मारेको आरोपमा डिभिजन वन कार्यालयले दुई जनालाई पक्राउ गरेकाे छ ।राप्तीसोनारी गाउँपालिका ६ का लालबहादुर थारु र सुरेशशमसेर राणा भन्ने व्यक्तिलाई नीलगाईको मासुसहित पक्राउ गरेकाे डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । 

राप्ती सब डिभिजन वन कार्यालयका प्रमुख वरिष्ठ वन अधिकृत रामगणेश शाहले राप्तीसोनारी ६ लक्ष्मीराजपुरका लालबहादुर थारुको घरबाट नीलगाईको काटिएको अवस्थामा टाउको, खुर, मासु, छाला र भुँडी बरामद गरिएको जानकारी दिए । 

“हिजो राती उक्त घरमा नीलगाई मारेर ल्याएको सुराक हामीले पायौँ, सुराकका आधारमा स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सशस्त्र वन रक्षकसहितको हाम्रो टोली उक्त स्थानमा राती १ बजेको समयमा पुग्यौँ,” वन अधिकृत शाहले भने, “उक्त घरमा सुरेशशमसेर राणा भन्ने व्यक्तिलाई फेला पार्‍याेँ, उहाँलाई राती नै नियन्त्रणमा लियौँ, रातीको समयमा घर खानतलासी गरेनौँ, रातभर सबै जनाले उक्त घरलाई घेरा हालेर बस्यौँ र बिहान घर खानतलासी गर्‍याैँ ।”

“आज बिहान घर खानतलासी गर्दा ३९ किलोग्राम तौल बराबरको नीलगाईको टाउको, खुर, मासु, छाला र भुँडी गरेर बरामद गर्‍याैँ, घरधनी थारुलाई पनि आज बिहान नियन्त्रणमा लियौँ,” वन अधिकृत शाहले भने, “बरामद गरिएको मासुलगायतलाई स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन टोली, स्थानीयबासीको रोहबरमा खाडल खनेर गाड्यौँ र नियन्त्रणमा लिएका राणा र थारुलाई डिभिजन वन कार्यालयको थुनुवा कक्षमा राखेर प्रारम्भिक अनुसन्धान सुरु गरेका छौँ ।”

पक्राउ परेका व्यक्तिका बारेमा अनुसन्धान सुरु गरेको र अनुसन्धानपश्चात् आवश्यक कानुनी कारबाही अगाडि बढाइने डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending