काठमाडाैं । उपनिर्वाचन भएका देशभरका ४१ वटै स्थानकाे नतिजा सार्वजनिक भएकाे छ । निर्वाचन आयोगले सोमबार रातीसम्म सबै तहको नतिजा सार्वजनिक गरेको हो हाे ।
उपनिर्वाचनको मिश्रित नतिजा आएको छ । माओवादी केन्द्रले केही सिट बढाएको छ । काठमाडौं–१६ बाहेक अन्यत्र राष्ट्रिय स्वतन्त्र पार्टीले निराशाजनक रहेकाे छ ।
कहाँ को निर्वाचित ? सूची
१.काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुखमा नेपाली कांग्रेसका कांग्रेसले आफ्नो जित जाेगाएकाे छ । अन्तिम मत परिणामअनुसार कांग्रेसका डंगोल ५ हजार ३३४ मतसहित विजयी बनेका हुन् । त्यस्तै, माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५५५ मत पाउँदा नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेसले नै जितेको थियो । त्यतिवेला कांग्रेस उम्मेदवार राजकुमार नकर्मीले नौ हजार ४३ मत ल्याएका थिए ।
त्यति वेला नेकपा एमालेका उम्मेदवार केशरत्न बज्राचार्य पाँच हजार ५०७ मतसहित दोस्रो स्थानमा रहेका थिए । माओवादीले भने त्यति वेला पनि शिवशरणलाई नै उम्मेदवार बनाएको थियो । उनले त्यति वेला चार हजार ९० मत प्राप्त गरेका थिए ।
२.दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी उमा लुंगेलीमगर शेर्पा विजयी भएकी छिन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी निमलेकी शेर्पालाई २०५ मतान्तरले पराजित गर्दै उमा विजयी भएकी हुन् । उनले २८०५ मत पाउँदा निमालेकीले २६०० मत प्राप्त गरिन् ।
नेपाली कांग्रेसकी उम्मेदवार पासदिकी तामाङले १७२७ मत पाएकी छिन् ।
३.हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमल्सिना विजयी भएकी छिन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सबिता बुढालाई उनले हराएकी हुन् ।
देवकीले एक हजार ६ सय ३६ मत ल्याउँदा सबिताले एक हजार पाँच सय ९३ मत पाइन् ।
४.हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमल्सिना विजयी भएकी छिन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सविता बुढालाई पराजित गरेकी हुन् । देवकीले एक हजार ६ सय ३६ मत पाउँदा सविताले एक हजार पाँच सय ९३ मत पाइन् ।
५. उदयपुरको बेलका नगरपालिका वडा नम्बर ९ को वडाअध्यक्षका लागि भएको उपनिर्वाचनमा नेकपा(माओवादी) केन्द्रका उम्मेदवार भरत घिमिरे निर्वाचित भएका छन् । नेकपा(एमाले)का उम्मेदवार मोहन खड्कालाई उनले ३४ मतले पराजित गरेका हुन् ।
माओवादी केन्द्रका घिमिरेले ५५९ मत प्राप्त गर्दा एमालेका खड्काले ५२५ मत पाए । नेपाली कांग्रेसका उम्मेदवार नवराज बस्नेतले ४०४, जनता समाजवादीका राजकुमार राईले २०७ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विश्वकर्माले १२३ मत ल्याएका छन् । यसअघि यो वडाको अध्यक्षमा नेपाली कांग्रेसेले जितेको थियो ।
६.मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी ६ हजार ९६९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारूले पाँच हजार ३३३ मत मात्रै पाए ।
७.दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जङ्गबहादुर शाही तीन हजार १२७ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार ६७५ मत ल्याए ।
८.जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादीका देवका लामिछाने चार हजार २७२ मत पाई निर्वाचित भइन् । उनकी प्रतिस्पर्धी कांग्रेसकी इन्द्रा चन्द (सिंह) ले तीन हजार १४७ मत पाइन् ।
९.रुकुम (पूर्व भाग) को पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका नरपुरा बुढा तीन हजार ६२७ मत ल्याएर विजयी भइन् । उनकी प्रतिस्पर्धी एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार केशकुमारी तुलाचनले दुई हजार १२८ मत ल्याइन् ।
१०.बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेका सुलोचनाकुमारी भण्डारी विजयी भएकी छिन् । उनले एक हजार ७४० मत ल्याउँदा कांग्रेसका पुल्तीसरा शाहीले एक हजार ४७४ मत ल्याइन् ।
११.ताप्लेजुङको सिरिजंगा गाउँपालिका–३ मा एमालेका कुमारी सावादेन ३५३ मतसहित विजयी भइन् । उनकी निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रकी अम्बी साउदेनले २५१ मत प्राप्त गरिन् ।
१२.झापाको कन्काई नगरपालिका वडा नं ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४९३ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी एमालेका तुलाराम बस्नेतले ३५६ मत पाए ।
१३.तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा कांग्रेसका नगेन्द्र लिम्बू ४४० मत प्राप्त गरी विजयी भए । एमालेका बुद्धबहादुर लिम्बू ३६० मत प्राप्त गरी पराजित भए ।
१४.सुनसरीको गढी गाउँपालिका–६ मा कांग्रेसका तेतर साहु ८१६ मत प्राप्त गरी विजयी हुँदा माओवादी केन्द्रका कुशेश्वर खेरवार ७९४ मत प्राप्त गरे ।
१५.ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा एमालेका गंगाबहादुर तामाङ ३९९ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका घनश्याम दाहाल १७७ मत पाएर पराजित भए ।
१६.उदयपुरको त्रियुगा नगरपालिका–१२ मा माओवादी केन्द्रका नवीनकुमार वान्तवा राई विजयी भए । उनले ९२३ मत पाउँदा एमालेका लक्ष्मीनारायण चौधरीले ६०८ मत प्राप्त गरे ।
१७.सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धीरेन्द्रकुमार साह निर्वाचित भए । कांग्रेसका भुलियादेवी थरूनी ५८७ मत मात्र प्राप्त गरी पराजित भए ।
१८. सप्तरीकै डाक्नेश्वरी–४ मा जनता समाजवादी पार्टी नेपालकै देवेन्द्रप्रसाद यादव ३७२ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका जोगिन्द्रराय अमातले २७७ मत पाए ।
१९. धनुषाधाम नगरपालिका–१ मा माओवादी केन्द्रका सुनील कापर केवट ६८४ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका अशोककुमार मण्डलले ६०२ मत प्राप्त गरे ।
२०.महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षमा एमालेका सकिवुल खाँ ६३१ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिस्पर्धी आइतीकुमारी यादवले ५३४ मत प्राप्त ल्याइन् ।
२१.रौतहटको ईशनाथ नगरपालिका–७ मा कांग्रेसका शेख अब्दुल खलिक ६२७ मतसहित विजयी हुँदा एमालेका शेख अनवार ५७५ मत प्राप्त गरी पराजित भए ।
२२.राैतहटकै गढीमाई नगरपालिका–८ नेकपा एकीकृत समाजवादीका बजरङ्गीप्रसाद यादवले ६५५ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिस्पर्धी एमालेका जिउतीदेवी यादवले ६३१ मत पाइन् ।
२३.रौटहटकै राजपुर नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका समसे आलम ७४४ मतसहित विजयी हुँदा माओवादीका जिकरलाह ४६३ मत पाई पराजित भए ।
२४.नुवाकोटको ककनी गाउँपालिका–२ मा माओवादी केन्द्रका कृष्ण घिमिरे एक हजार ८५ मत प्राप्त गरी विजयी भए । कांग्रेसका सूर्य तामाङले ५८७ मत प्राप्त गरे ।
२५.काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष रोजिना श्रेष्ठले दुई हजार ९०२ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधरले दुई हजार २२० मत प्राप्त गरी पराजित भए ।
२६.काठमाडौंका कीर्तिपुर नगरपालिका–१ मा कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मत पाई निर्वाचित भए भने एमालेका हर्ष महर्जनले ४९८ मत मात्रै पाए । वडा नं ४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी भए । उनले ७४२ मत पाउँदा स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले ४९५ मत पाइन् ।
२७.मकवानपुरको हेटौँडा उपमहानगरपालिका १२ को वडाध्यक्षमा कांग्रेसका अर्जुनप्रसाद तिवारी दुई हजार ६३ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी माओवादीका रविकुमार प्रधान एक हजार ५६० मतसहित पराजित भए ।
२८.गोरखाको गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदमा माओवादीका विष्णुबहादुर मगर ४८६ मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिस्पर्धी भाइकाजी आलेले ४०२ मत मात्र पाए ।
२९.गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका आनन्द श्रेष्ठले एक हजार १८४ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी एमालेका दलबहादुर थापाले ९३० मत पाए ।
३०.कपिलवस्तुको शुद्धोधन गाउँपालिका– १ मा एमालेका मोहमद ताहिर मुलसलमाले एक हजार १५० मतसहित विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत पाए ।
३१.रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेसका भूपमणि पुनमगर ६४३ मतसहित विजयी हुँदा एमालेका बेगम पुनले ५३५ मत पाए ।
३२.बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेस उम्मेदवार अमिन थारू एक हजार ४३ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी शेरबहादुर थारूले ६७८ मत पाए ।
३३.डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा माओवादीका नरबहादुर झाँक्री १६१ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी नरबहादुर रोकाले ११६ मत पाए ।
३४.कालिकोटको तिलागुफा नगरपालिका–४ मा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही १४३ मतसहित विजयी हुँदा प्रतिस्पर्धी माओवादीका नौशोभा शाही ११५ मतमा सीमित भइन् ।
३५.जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका खम्बबहादुर सिंह ३४७ मत ल्याएर विजयी हुँदा माओवादीका गोरखबहादुर नेपालीले ३३२ मत पाए ।
३६.दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा एमालेका लालबहादुर शाही ५७४ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत पाए ।
३७.रुकुम (पश्चिम भाग) को सानीभेरी गाउँपालिका–५ मा कांग्रेसका मोतीराम खत्री ५९० मतका साथ निर्वाचित भए । उनका प्रतिस्पर्धी माओवादीका जसीराम बस्नेतले ५३७ मत पाए ।
३८.बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका धीरेन्द्र पुजारा ६५७ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका लखीचन्द्र बोहोरा ४८७ मतमा सीमित भए ।
३९.डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेसका मोहन थापा ४६८ मतका साथ निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका देवबहादुर थापाले ३०१ मत पाए ।
४०.दार्चुलाको दुहुँ गाउँपालिका–५ मा कांग्रेसका धनसिंह कुँवर ३७६ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका मानसिंह बडाल ३५८ मतमा सीमित भए ।
४१.कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका प्रकाश चन्द एक हजार १०७ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी एमालेका बहादुर चन्दले ४८७ मत पाएका थिए ।
प्रतिकृया लेख्नुहोस्: