Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

‘२८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न थप पीपीए खोल्न आवश्यक’

खबरडबली संवाददाता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न थप पीपीए खोल्न आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले प्राधिकरणले केही समयको लागि आरोआर र पिआरोआरका आयोजनाहरु पीपीएमा स्थगित भएपनि २८ हजार ५ सय मेगावाटको लक्ष्य पूरा गर्न पीपीए फेरि खोल्नुपर्ने बताए ।

निर्देशक घिसिङले बजारलाई बन्द गरेर मात्रै नयाँ आयोजनाहरु आउन सक्ने र प्राधिकरणले केही जोखिम लिन नसके अन्य थप आयोजनाहरु आउन नसक्ने  बताए । उनले १२ हजार मेगावाटको पीपीए सम्झौतामा हस्ताक्षर गरे पनि १२ हजारकै आयोजनाहरु आउन नसक्ने  बताए । उनले ६० देखि ७० प्रतिशत पीपीए गरेका आयोजनाहरु आए त्यसले सरकारलाई ठूलो सहयोग पुग्ने बताए ।  कार्यकारी निर्देशक घिसिङले २८ हजार मेगावाटको पीपीएमा वैदेशिक लगानी,प्राधिकरणले गर्ने रिजर्भर, आयोजनाहरु र सोलार पनि समावेश गरिएको बताए । उनले सोलार उत्पादनको लागि प्राधिकरणले करिब ८ सय मेगावाटको माग गर्दा ३६ सय मेगावाटको प्रस्ताव आएको बताए ।   

निर्देशक घिसिङले विद्युत प्राधिकरणले सोलारलाई जलविद्युतलाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको बताए । उनले सुख्खा समयमा प्राधिकरणले विद्युत माग पूरा गर्न नसक्ने अवस्था रहेको बताए । उनले प्राधिकरणले २०० मेगावाटका सोलार आयोजना अगाडि बढाएको पनि बताए ।

उनले जलविद्युत क्षेत्रका समस्या समाधान गर्ने गरी नीतिहरूलाई सहजीकरण गर्ने तयारीमा प्राधिकरण लागेको बताए । उनले निजी क्षेत्र वा लगानीकर्तालाई मात्रै जोखिममा पार्ने नभई सरकारले पनि जोखिम बहन गर्ने गरी नीतिहरु परिमार्जन गर्न लागिएको बताए । उनले नेपालको जलविद्युत क्षेत्रको विकासलाई बिस्तार गर्नको लागि सरकार अगाडि बढ्नुपर्ने बताए । नेपालमा २८ हजार मेगावाटको पीपीए भयो भने आरोआर र पीआरोआर आयोजना ३० हजार भन्दा बढी आउने नदेखिएको बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोजरको लहर: राजधानीदेखि गाउँसम्म अतिक्रमणमाथि ‘एक्सन मोड’

काठमाडौं । केही दिनयता देशभर एउटा दृश्य दोहोरिँदै छ—कतै बिहानैदेखि माइकिङ, कतै प्रहरीको घेरा, अनि केहीबेरमै डोजरको गर्जन। राजधानी उपत्यकाबाट सुरु भएको...

बिहे नगरिदिएको भन्दै छोराले गरे बुबाको हत्या

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा छोराले बुबाको हत्या गरेका छन् । घरायसी झगडामा कञ्चन गाउँपालिका वडा नं ४ बेलडाँडा निवासी २४ वर्षिय सुनिल थार...

डोजर अभियानको आँकडा: १,२७२ घर–टहरा भत्किए, अझै सयौँ बाँकी

काठमाडौं । काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती हटाउने अभियानले तीव्र रूप लिँदै जाँदा घर–टहरा भत्काउने क्रम पनि बढ्दो छ। नेपाल प्रहरी का अनुसार हालसम्म...

चट्याङ लागेर प्युठानमा बाबु-छोराको मृत्यु

प्युठान ।  चट्याङ लागेर प्यूठानमा बाबु-छोराको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो। गौमुखी गाउँपालि...

कांग्रेसमा ‘नेता चयन’को अन्तिम घडी: सहमति कि प्रतिस्पर्धा?

काठमाडौं । नेपाली कांग्रेस भित्रको लामो रस्साकस्सी अब अन्तिम मोडमा पुगेको छ। भोलि बस्ने कार्यसम्पादन समितिको बैठकबाट संसदीय दलको नेता टुंगो लगाइने तया...

नयाँ पुस्ताले मनमोहन अधिकारीलाई कसरी सम्झिने?—नारा होइन, कामबाट बनेको विरासत

काठमाडौं । इतिहास केवल मिति र घटनाले बनिँदैन, त्यो मानिसका काम र मूल्यले बाँच्छ। मनमोहन अधिकारी त्यस्ता नेता हुन्, जसलाई सम्झिँदा भाषणभन्दा बढी व्यवहा...

मनोहरामा चर्च पनि भत्काइएको भन्दै क्रिस्चियन अभियन्ताको विरोध, अर्को ठाउँ दिन माग

काठमाडौं । भक्तपुरस्थित मनोहरा बस्तीमा निर्माण भएका अवैध घर-टहरा सरकारले आइतबार हटायो । त्यसक्रममा बस्तीभित्र रहेको मनोहर चर्च पनि भत्काइएपछि क्रिस्चि...

थापाथली, गैरीगाउँ र शान्तिनगरका १४४ परिवार सरकारको सम्पर्कमा

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र नदी किनार, जोखिमयुक्त सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका बस्ती हटाउने अभियानलाई तीव्रता दिएको छ । यस...

ढुंगामुढा भएको मनोहरा क्षेत्रमा आज बिहानैबाट डोजर चल्दै

भक्तपुर । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा आज बिहानैदेखि पुनः डोजर प्रयोग गरी घरटहरा भत्काउने काम सुरु गरिने भएको छ। हिजो साँझ स्था...

सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

खोटाङ । भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएका १९ योजनाको काम सुरु गर्न निर्माण व्यवसायीले अटेर गरेका छन् । कोशी प्रदेश सरकार, भौतिक ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending