दाङ । दुधले बजार नपाएपछि दाङका किसान चिन्तित भएका छन् । शान्तिनगर गाउँपालिका वडा नं. २ बाघमारेस्थित दीप कृषि सहकारी संस्थामा भण्डारण गरिएको दुध बिक्री नभएपछि दुध फाल्न बाध्य भएको स्थानीय किसानहरू गुनासो गर्छन् ।
दुग्ध विकास संस्थानले दुध खरिद गर्ने सहमति गरेसँगै सहकारीले दुध संकलन थालेको थियो । तर, पछिल्लो समय संस्थानले खरिद नगर्दा दुध फाल्न बाध्य भएको सहकारीका अध्यक्ष नेवबहादुर रोकाले बताए । ‘हामीले उत्पादन गरेको दुध संस्थानले दुई वर्षसम्म लियो । पछिल्लो समय १५ दिनमा एकपटक मात्र आउँछ,’ उनले भने, ‘त्यो पनि एक हजार लिटर मात्रै लिन्छ ।’
यहाँ दैनिक तीन सय लिटरभन्दा बढी दुध उत्पादन हुन्छ । १५ दिनमा पाँच हजार लिटरभन्दा बढी दुध उत्पादन हुने भए पनि संस्थानले एक हजार लिटर मात्रै लिँदा भण्डारणमा पनि समस्या हुने गरेको अध्यक्ष रोकाको भनाइ छ । चिलिङ भ्याटमा समेत धेरै समय भण्डारण गर्न नमिल्ने उल्लेख गर्दै उनले भने, ‘चिलिङ भ्याटमा सात दिनसम्म मात्रै राख्न सकिन्छ । त्योभन्दा बढी राख्दा बिग्रिन्छ ।’
यहाँका एक सय बढी किसानले दुध उत्पादन गरेर सहकारीलाई उपलब्ध गराउँदै आएका छन् । त्यो दुध दुग्ध विकास संस्थालाई बेच्ने र त्यहाँबाट आएको पैसा किसानलाई दिने कार्य हुँदै आएको थियो ।
तर, पछिल्लो समय संस्थानका अधिकारीहरू सम्पर्कमा पनि नआउने र बाँकी रहेको पैसा पनि नदिएपछि किसान चिन्तित भएकाे रोकाको भनाइ छ । उनका अनुसार संस्थानबाट करिब २० लाख रुपैयाँ भुक्तानी लिन बाँकी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २४ गते, २०८१ - २०:४३
तेहरान । इरानका राष्ट्रपति मसुद पेजेस्कियनले बुधबार तेहरानको लामो समयदेखिका सहयोगी बशर अल–असदको पतनपछि सिरियाली भूभागबाट इजरायलको फिर्तीको आह्वान गरेक...
पौष २४ गते, २०८१ - २०:३८
हुम्ला । हुम्लाकाे नाम्खा गाउँपालिका– ६ को हिमालपारिको लिमीको जाङ गाउँ यस वर्षबाट मानिसविहीन बनेको छ । यसअघि वर्खामा बस्दै आएका दुई परिवारका सदस्यहरुल...
पौष २४ गते, २०८१ - २०:३०
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको भवन निर्माण गरी भुक्तानीको क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोगमा विद्यालयका दुईजनालाई पक्रा...
पौष २४ गते, २०८१ - २०:२६
पाकिस्तान । बलात्कारको बदला लिन आफ्नो बुबालाई आगो लगाई हत्या गरेको आरोपमा पाकिस्तानमा दुई किशोरी बहिनीलाई पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ । ...
पौष २४ गते, २०८१ - २०:२१
बाँके । पछिल्लो केही दिनयता शीतलहरका कारण चिसो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ । जनजीवन सामान्य बनाउन स्थानीय प्रशासनले पालिकालाई जिम्मेवारी ...
पौष २४ गते, २०८१ - १९:५९
भोलि साँझसम्म थुनछेक आदेश आउला त ?
पौष २४ गते, २०८१ - १९:३५
काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेलमा वालिङ नगरपालिकाको पोस्टमा एक दर्जन गोल गरेको छ । सातद...
पौष २४ गते, २०८१ - १९:२९
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ गरेको छ । रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेक...
पौष २४ गते, २०८१ - १९:१८
काठमाडौं । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरुले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष...
पौष २४ गते, २०८१ - १९:००
झापा । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्ति गलत...
प्रतिकृया लेख्नुहोस्: