Ntc summer Offer
Khabar Dabali २४ पुष २०८१ बुधबार | 8th January, 2025 Wed
Investment bank

उपनिर्वाचनले जनताको आशा र भरोसा माओवादी केन्द्रप्रति छ भन्ने पुष्टि भएको छ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

खबरडबली संवाददाता

तनहुँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपनिर्वाचनको परिणामले पार्टीमा जनताको आकर्षण रहेको प्रमाणित गरेको बताएका छन् । 

नेकपा (माओवादी केन्द्र) शुक्लागण्डकी नगर कमिटीको आज दुलेगौडामा आयोजित नगरसम्मेलनको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले माओवादी सकियो भन्ने गलत भाष्य निर्माण गर्न खोजिएकामा उपनिर्वाचनको परिणामले त्यसलाई गलत सावित गरिदिएको बताए । 

उनले भने, “जनताको आशा र भरोसा माओवादी केन्द्रप्रति छ भन्ने पुष्टि भएको छ, माओवादी केन्द्र झनै बलियो भएर आएको छ ।” वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टी अब नयाँ ढङ्गबाट अगाडि बढ्ने उल्लेख गर्दै आफूले जनताको साथ र भरोसालाई मर्न नदिने उल्लेख गरे । माओवादी केन्द्र सरकार ढाल्ने र बनाउने खेलमा नरहेको स्पष्ट पारे । 

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य आशा कोइरालाले पार्टीप्रति जनताको भरोसालाई कायम राखेर अगाडि बढ्नुपर्ने बताए । सम्मेलनले नगर कमिटीको नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष मनराज गुरुङले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानी राष्ट्रपतिद्वारा सिरियाबाट इजरायली सेना फिर्ताको आग्रह

तेहरान । इरानका राष्ट्रपति मसुद पेजेस्कियनले बुधबार तेहरानको लामो समयदेखिका सहयोगी बशर अल–असदको पतनपछि सिरियाली भूभागबाट इजरायलको फिर्तीको आह्वान गरेक...

हुम्लाकाे हिमालपारिकाे लिमीको जाङ गाउँ मानवविहीन

हुम्ला । हुम्लाकाे नाम्खा गाउँपालिका– ६ को हिमालपारिको लिमीको जाङ गाउँ यस वर्षबाट मानिसविहीन बनेको छ । यसअघि वर्खामा बस्दै आएका दुई परिवारका सदस्यहरुल...

घुस लिने विद्यालयका लेखापाल र व्यवस्थापन समितिका सदस्य पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको भवन निर्माण गरी भुक्तानीको क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोगमा विद्यालयका दुईजनालाई पक्रा...

पाकिस्तानी दिदीबहिनीले बलात्कारी बुबालाई आगो लगाए

पाकिस्तान । बलात्कारको बदला लिन आफ्नो बुबालाई आगो लगाई हत्या गरेको आरोपमा पाकिस्तानमा दुई किशोरी बहिनीलाई पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ ।  ...

शीतलहरबाट मधेसका जिल्लामा जनजीवन प्रभावित

बाँके । पछिल्लो केही दिनयता शीतलहरका कारण चिसो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ । जनजीवन सामान्य बनाउन स्थानीय प्रशासनले पालिकालाई जिम्मेवारी ...

एन्फा राष्ट्रिय महिला लिग: वालिङको पोस्टमा आर्मीको १२ गोल

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेलमा वालिङ नगरपालिकाको पोस्टमा एक दर्जन गोल गरेको छ ।  सातद...

रौतहटमा एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ गरेको छ ।  रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेक...

दार्चुलाकाे अपिहिमाल गाउँपालिकाको मुकामसम्म सडक विस्तारमा सहयोग गरिदिन अध्यक्ष प्रचण्डसँग अनुराेध

काठमाडौं । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरुले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष...

संविधान संशोधन २०८७ पछि मात्रै हुन्छ भन्नु प्रधानमन्त्रीज्यूको अभिव्यक्ति गलत छ: महामन्त्री शर्मा

झापा । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्ति गलत...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy