काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे चीन भ्रमणकाे वेला चीन र नेपालीबीच नाै वटा सहमती र समझदारी भएकाे छ ।
नेपाल र चीनबीच विभिन्न ९ वटा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच बुधबार भएको दुईपक्षीय भेटवार्तापछि नेपाल र चीनबीच ९ वटा विषयमा सहमति र समझदारी भएको हो ।
उक्त सहमति र समझदारी पत्रमा नेपाल र चिनयाँ अधिकारीले हस्ताक्षर गरेका हुन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले नेपाल र चीनबीच विभिन्न ९ वटा विषयका सहमति र समझदारीमा हस्ताक्षर भएको जानकारी दिए ।
उक्त सहमति र समझदारी पत्रमा समेटिएका बुँदाहरु यसप्रकार रहेका छन् । जसमा पहिलाेमा टोखा-छहरे सुरुङ मार्गसम्बन्धी पत्र आदानप्रदान, दाेस्राेमा नेपाल चीनबीच व्यापार अभिवृद्धिसम्बन्धी समझदारी पत्र, तेस्राेमा नौ तले बसन्तपुर दरबार पुनर्निमार्ण सम्पन्न प्रमाणपत्रको आदानप्रदान, चाैथाेमा नेपालबाट भैंसीको मासु निर्यातसम्बन्धी प्रटोकल, पाँचाैमा विकास योजनासम्बन्धी समझदारी पत्र, छैँटाेमा नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान, साताैँमा आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, आठाैँमा स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी प्रवर्द्धनसम्बन्धी समझदारी पत्र र नवाैँमा नेपाल टेलिभिजन र चिनियाँ मिडिया ग्रुपबीच संचार प्रविधिसम्बन्धी समझदारी पत्र रहेकाे जानकारी दिइएकाे छ ।
चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणमा प्रधानमन्त्री ओली हिमालयन एयरलाइन्सको जहाजबाट सोमबार बेइजिङ गएका थिए । भ्रमणका क्रममा मंगलबार चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत थिए । तत्पश्चात् दुईपक्षीय वार्ता र हस्ताक्षर भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: