बेइजिङ । चीनमा यो वर्षको शरदमा मौसमको रेकर्ड राख्न थालेपछिको सबैभन्दा गर्मी भएको राष्ट्रिय जलवायु केन्द्रले बुधबार घोषणा गरेको छ । चीनले सन् १९६१ देखि मौसम र तापक्रमसम्बन्धी रेकर्ड राख्न थालेको थियो ।
वैज्ञानिकहरूका अनुसार हरित गृह ग्याँस उत्सर्जनको प्रमुख उत्सर्जनमध्ये एक चीन भएको र यसले विश्वव्यापी जलवायु परिवर्तनलाई बढावा दिइरहेको छ, जसले चरम मौसमी दुर्घटनालाई अझ बढी नियमित बनाइरहेको छ ।
बेइजिङले सन् २०३० सम्ममा कार्बन डाइअक्साइड उत्सर्जनलाई उच्च बिन्दुमा पुग्ने र सन् २०६० सम्ममा शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ । केन्द्रले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा उल्लेख गरेको छ, “यस वर्षको शरद् ऋतु (सेप्टेम्बर १ देखि नोभेम्बर ३०) मा राष्ट्रिय औसत तापक्रम ११.८ डिग्री सेल्सियस थियो । यो औसत वर्षको तुलनामा १.५ डिग्री बढी हो र यो सन् १९६१ यताकै सबैभन्दा बढी हो ।”
चीनको अधिकांश क्षेत्रमा औसतभन्दा १ देखि २ डिग्री सेल्सियस बढी तापक्रम मापन गरिएको छ भने मध्य, पूर्व, दक्षिणपश्चिम र उत्तरपश्चिम चीनका केही भागमा अघिल्लो वर्षको तुलनामा २ देखि ४ डिग्री सेल्सियस बढी तापक्रम मापन गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार लियाओनिङ, तियानजिन र चोङकिङलगायत १६ वटा प्रान्त र क्षेत्रमा सन् १९६१ यताकै सबैभन्दा उच्च औसत शरद ऋतुको तापक्रम रेकर्ड गरिएको छ ।
चीनले सन् १९६१ यताकै सबैभन्दा गर्मी अगस्टमा आफ्नो उत्तर र पश्चिमका अधिकांश भूभागमा अत्यधिक गर्मीको सामना गर्नुपरेको केन्द्रले सेप्टेम्बरमा जनाएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: