Ntc summer Offer
Khabar Dabali ५ माघ २०८१ शनिबार | 18th January, 2025 Sat
Investment bank

बागलुङकाे बोक्से–सिगानाखण्डमा स्तरोन्नति सम्पन्न

खबरडबली संवाददाता

बागलुङ । ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’अन्तर्गत बागलुङ क्षेत्र नं. १ मा पर्ने बोक्से–सिगानाखण्डको स्तरोन्नति सकिएको छ । उक्त सडक स्तरोन्नतिसँगै कालोपत्रे गर्न अलकत्रा बिछ्याउन बाँकी छ । 

०७९ साउन ३० गते ठेक्का सम्झौता भएको एक निर्वाचन क्षेत्र एक रणनीतिकअन्तर्गतको बागलुङ बजारबाट सिगाना हुँदै शान्तिपुर जोड्ने सडक कालोपत्रेको चरणमा पुगेको हो । समयमा भुक्तानी नपाउँदा अघिल्लो असारदेखि गत असारसम्म एक वर्ष निर्माण ठप्प भएको सडक अहिले कालोपत्रेका लागि ग्राभेल गरिएको छ । भौतिक पूर्वाधारको काम सकेको निर्माण व्यवसायीले भुक्तानी नपाउँदा निर्माणले गति लिन सकेको थिएन । पछिल्लो तीन महिनायता उक्त सडकको बागलुङ नगरपालिका– ८ वडा कार्यालयसम्म कालोपत्रेको तयारी गरिएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । 

सम्झौताअघि काम सक्ने गरी निर्माणले गति लिएको सडक भुक्तानीमा समस्या भएर रोकिए पनि अहिले कालोपत्रेको काम गर्ने तयारीका लागि ६ किलोमिटर ग्राभेल बिछ्याइसकिएको कार्यालयका प्रमुख हरि सुवेदीले जानकारी दिए । उनले सुरुमा सरकारले भुक्तानी दिन नसकेकाले एक वर्षसम्म निर्माणले गति लिन नसकेको स्वीकार गरे । प्रमुख सुवेदीका अनुसार उक्त सडकको १० किलाेमिटरमध्ये ६ किलाेमिटर कालोपत्रेका लागि तयारी भएको र अन्य चार किलाेमिटरमा पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ । 

‘सुरुमा निर्माण व्यवसायीले अत्यन्तै छिटो काम गरेको थियो, पछि आर्थिक समस्याले भुक्तानी दिन नसक्दा काम रोकिएको थियो,’ उनले भने, ‘अहिले बोक्सेबाट वडा कार्यालयसम्म सबबेस र ग्राभेल बिछ्याएर कालोपत्रे गर्ने तयारी भएको छ । आगामी चैतसम्म कालोपत्रे सक्ने निर्माण व्यवसायीले कार्यसूची पेस गरेको छ ।’

चैतसम्म ६ किलाेमिटर सडक कालोपत्रे सक्ने तयारीका साथ निर्माणले अन्तिम रूप लिएको निर्माण व्यवसायी कर्ण बिल्डर्सका प्रमुख नवीन गुरुङले बताए । उनले सम्झौताअनुसार निर्धारित समयभित्र काम सक्ने गरी काम गरिए पनि भुक्तानी रोकिएपछि काम रोकिएको उल्लेख गरे ।

सम्झौता अवधिभित्र ६ किलाेमिटर सडक कालोपत्रे गर्न अहिले धमाधम काम गरिरहेको बताउँदै बाँकी चार किलाेमिटरमा पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको गुरुङले जानकारी दिए । सडक निर्माण सुरु भएको पाँच महिनामा ४० प्रतिशत काम सम्पन्न भए पनि आर्थिक अभावले काम छोडेर निर्माण व्यवसायी हिँड्दा ढिलाइ भएको स्थानीय राजन जिसीले बताए । दश किलाेमिटर कालोपत्रे गर्न रु. २९ करोड ३७ लाख ८८ हजारमा ठेक्का सम्झौता भएको थियो । 

सडक चौडा पार्ने, नाली निर्माण गर्ने, पक्की पर्खाला, ग्याबिन जाली हाल्ने, कल्भर्ट निर्माण, सबबेस तथा ६ किलाेमिटर सडकमा ग्राभेल बिछ्याउने, आधा दर्जन घुम्ती ढलानलगायत काम सम्पन्न भइसकेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली वायुसेवामाथि लगाएको प्रतिवन्ध फुकुवा गर्न इयुका राजदूतसँग मन्त्री पाण्डेको आग्रह

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले युरोपेली आकाशमा नेपाल एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका छन् । ...

भारतमा सवारी दुर्घटनामा नौजनाको मृत्यु

भारत । पश्चिमी भारतको महाराष्ट्र राज्यमा शुक्रबार तीव्र गतिमा रहेको मिनी ट्रकले भ्यानलाई ठक्कर दिँदा कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै अन्य छ जना घा...

कैलालीमा चितुवाको छालासहित एकजना पक्राउ

कैलाली । कैलालीमा चितुवाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  भजनी नगरपालिका–३ ठेकिपुरबाट चितुवाको छाला र १२ दाँतसहित बिहारे चौधरी पक्रा...

ट्रम्पको शपथग्रहण समारोहमा चीनबाट उपराष्ट्रपति हान झेङ जाने

काठमाडाैं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहण समारोहमा भाग लिन चीनले उपराष्ट्रपति हान झेङलाई पठाउने शुक्रबार जानकारी गराएको छ...

प्रधानमन्त्री क्रिकेट: लुम्बिनीद्वारा गण्डकी पराजित

काठमाडौं । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनीले गण्डकी प्रदेशलाई पराजित गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको खेल...

कैलालीमा हिउँदे बाली जोगाउन किसानकाे खेतमै बास

कैलाली । कैलालीका किसानलाई छाडा चौपायाबाट हिउँदे बाली जोगाउन सकस भएको छ । दिनभरि वनक्षेत्रमा बस्ने छाडा चौपायाले राति आएर खेतीपाती नोक्सान गर्न थालेपछ...

चितवन राष्ट्रिय निकुञ्जमा ६ महिनाकाे अवधिमा एक लाख बढी पर्यटक घुमे

चितवन । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख १० हजार तीन सय ४५ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्नेमा सबैभन...

भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु

काठमाडौं । नेपाल उड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दसौँ संस्करण आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । प्रदर्शनीमा नेपाल, भारत, चीन...

भक्तपुरकाे मध्यपुरथिमि नगरपालिकाको आम्दानी १४ करोड

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु १४ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले आन्तरिक स्रोतबाट रु १४ कर...

कांग्रेसकाे क्रियाशील सदस्यता नवीकरण गर्न परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता नवीकरणका लागि तल्लो तहका समितिलाई समय सीमा नै तोकेर परिपत्र गरेको छ । पार्टीका महामन्त्री गगनक...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy