Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

मोहन्याल गाउँपालिका–३ का वडाध्यक्ष गिरीको निधन

खबरडबली संवाददाता

 कैलाली ।  कैलालीमा एक वडाध्यक्षको निधन भएको छ । जिल्लाको मोहन्याल गाउँपालिका–३ का वडाध्यक्ष नन्दाराम गिरी ‘नवीन’ को निधन भएको हो ।

शुक्रवार साँझ जिल्लाको बर्दगोरियास्थित दोदोधरा अस्पतालमा उनको निधन भएको गाउँपालिका उपाध्यक्ष कमलबहादुर साउदले जानकारी दिए ।

मुखको क्यान्सरबाट पीडित ३६ वर्षीय गिरीले लामो नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराइरहेका थिए । अन्तिम पटक काठमाडौँमा उपचार गराएर घरमै आराम गरिरहेका बेला स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा शुक्रवार साँझ करिब ६ बजे उनको निधन भएको हो ।

उनी एउटै वडामा दुई पटक निर्वाचित भएका थिए । २०७४ र २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा गिरी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । जनतामाझ लोकप्रिय गिरी कांग्रेस जिल्ला सदस्य पनि हुन् । स्वर्गीय गिरीको अन्तिम संस्कार आजै उनको गाउँ फलेविसौना हुने उपाध्यक्ष साउदले जानकारी दिए । गिरीका दुई छोरा एक छोरी छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निजी मेडिकल कलेजमा स्नातकोत्तर भर्ना हुने आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन कार्यदलको स्वास्थ्य मन्त्री पौडेललाई सुझाव

काठमाडौं । चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा भर्ना हुने आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौड...

हनिट्र्याप काण्डमा आरोपित इन्स्पेक्टर शाहीलाई अदालत लगिँदै

काठमाडौं । जिल्ला अदालतले थुनामा राख्न पठाइएकी प्रहरी इन्स्पेक्टर बीनुकुमारी शाहीलाई अहिले फेरि अदालत लगिदैछ ।  आइतबार बयानका निम्ति इन्स्पेक्टर शा...

सामान्य बढ्यो सुन चाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रत...

नेपाली भूमिमा भारतको दादागिरी, एक्स्काभेटर र चालकलाई ६ घण्टापछि नियन्त्रणमुक्त

कैलाली । भारतीय पक्षले नेपाली भूमिमा हस्तक्षेप नगर्ने बताएपछि एक्स्काभेटर र चालकलाई नियन्त्रण मुक्त गरिएको छ । महाकाली नदीमा तटबन्ध बनाउने क्रममा भारत...

कास्की अदालतमा रवि लामिछानेसहित पाँच जनाको बयान सुरू हुँदै

कास्की । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बय...

काभ्रेमा एमाले अखिल दुई फ्याक, विद्यार्थी संगठनमा समानान्तर कमिटी घोषण गर्दे केपीलाई गोकुलकाे चुनौती

काभ्रेपलाञ्चोक  । काभ्रेपलाञ्चोकमा एमाले निकट अनेरास्वियु विभाजित भएको छ । ३१औं जिल्ला अधिवेशन विवादित बन्दा दुई समूह निर्माण भएका हुन् । अधिवेशनबा...

रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु

रसुवा ।  उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले परीक्षण उत्पादन सफल भएको छ ।  गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को  तातोपानीस्थित भोटेको...

अमेरिकी भिसाको प्रलोभन देखाएर नक्कली बिहे गराएको आरोपमा एक जना पक्राउ

धनगढी । अमेरिकी भिसाको प्रलोभन देखाएर नक्कली बिहे गरेको घटनामा कञ्चनपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपा...

चुरियामाई सुरुङमार्ग आजबाट हेटौंडा उपमहानगरलाई जिम्मा लगाईँदै

मकवानपुर । दक्षिण एसियाकै पहिलो मानिने मकवानपुरको चुरियामाई सुरुङमार्ग आज हेटौंडा उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गरिँदैछ । हस्तान्तरणपछि सुरुङल...

महोत्तरीमा कहालीलाग्दो महिला हिँसा, अभियानहरु अप्रभावकारी

महोत्तरी । मुलुकभर १६ दिने महिला हिंसा विरुद्धको विभिन्न कार्यक्रम सम्पन्न भैइसकेको छ ।  जिल्लास्थित समन्वय समितिको कार्यालय र स्थानिय तहहरुले  हिं...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy