चितवन । मुग्लिन चितवन चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केश गाउँमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा ल्याएको छ । पर्यटन प्रवर्द्धनका साथै आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयले होमस्टे सञ्चालनमा ल्याएका हुन् ।
होमस्टेको जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले शुभारम्भ गर्दै यसबाट स्थानीयको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “नजिकै रहेको उपर्दाङ्गगढीमा अध्ययन अवलोकनका लागि पर्यटक आउने गर्छन्, धेरै पर्यटक आउँदा गढीका होमस्टेमा बास नै पाइँदैन ती पर्यटक यहाँ बास बस्न आउँछन् जसले गर्दा स्थानीयको आयआर्जनमा टेवा पुग्छ ।”
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले इच्छाकामनामा पर्यटन प्रवद्र्धनका साथै स्थानीयको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकाले होमस्टे सञ्चालनमा जोड दिइएको बताए । उनले घुर्केश गाउँमा पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत १४ घरमा होमस्टे सञ्चालन गर्न गाउँपालिकाले आर्थिक सहयोग गरेको बताए । होमस्टे प्रवर्द्धन कार्यक्रमले यहाँको पहिचान गुरुङ समुदायको संस्कृति, रीतिरिवाज, रहनसहन, वेशभुषा, आर्थिक आम्दानीलगायतमा टेवा पुर्याउने बताइएको छ । घुर्केश गाउँमा गुरुङ समुदायको बसोबास छ ।
पूर्व–वडाध्यक्षसमेत रहेका स्थानीय चित्रबहादुर गुरुङका अनुसार यहाँ कृषि बैंकसमेत सञ्चालनमा रहेका थिए । त्यस बेला बैंक सञ्चालन भएको घरलाई अहिले पनि बैंक घर भनेर चिनिन्छ । सोही घरमा पनि अहिले होमस्टे सञ्चालनमा रहेको छ ।
यसअघि भौगोलिक विकटता र प्रचारप्रसार हुन नसक्दा यो गाउँ ओझेलमा परेको उनी बताउँछन् । तर अहिले गाउँमा सडक बाटो बनेपछि भने पर्यटक आउन थालेका छन् । इच्छाकामनाको पर्यटकीयस्थलको रुपमा परिचित एतिहासिक उपर्दाङ्गगढी किल्ला र मायाटार नजिकै रहेको घुर्केश गाउँमा होमस्टे सञ्चालनसँगै पर्यटकको आवामगन बृद्धि हुने जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ४ गते, २०८१ - २१:०३
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले युरोपेली आकाशमा नेपाल एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका छन् । ...
माघ ४ गते, २०८१ - २०:४७
भारत । पश्चिमी भारतको महाराष्ट्र राज्यमा शुक्रबार तीव्र गतिमा रहेको मिनी ट्रकले भ्यानलाई ठक्कर दिँदा कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै अन्य छ जना घा...
माघ ४ गते, २०८१ - २०:३९
कैलाली । कैलालीमा चितुवाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भजनी नगरपालिका–३ ठेकिपुरबाट चितुवाको छाला र १२ दाँतसहित बिहारे चौधरी पक्रा...
माघ ४ गते, २०८१ - २०:०६
काठमाडाैं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहण समारोहमा भाग लिन चीनले उपराष्ट्रपति हान झेङलाई पठाउने शुक्रबार जानकारी गराएको छ...
माघ ४ गते, २०८१ - २०:००
काठमाडौं । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनीले गण्डकी प्रदेशलाई पराजित गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको खेल...
माघ ४ गते, २०८१ - १९:५२
कैलाली । कैलालीका किसानलाई छाडा चौपायाबाट हिउँदे बाली जोगाउन सकस भएको छ । दिनभरि वनक्षेत्रमा बस्ने छाडा चौपायाले राति आएर खेतीपाती नोक्सान गर्न थालेपछ...
माघ ४ गते, २०८१ - १९:४६
चितवन । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख १० हजार तीन सय ४५ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्नेमा सबैभन...
माघ ४ गते, २०८१ - १९:४१
काठमाडौं । नेपाल उड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दसौँ संस्करण आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । प्रदर्शनीमा नेपाल, भारत, चीन...
माघ ४ गते, २०८१ - १९:३६
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु १४ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले आन्तरिक स्रोतबाट रु १४ कर...
माघ ४ गते, २०८१ - १९:३२
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता नवीकरणका लागि तल्लो तहका समितिलाई समय सीमा नै तोकेर परिपत्र गरेको छ । पार्टीका महामन्त्री गगनक...
प्रतिकृया लेख्नुहोस्: