Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

आठ लाख खर्चेर विद्यालयमा विज्ञान प्रयोगशाला

खबरडबली संवाददाता

कालिकाेट । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–६ मेहेलमुडीस्थित पञ्चदेव माध्यमिक विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला स्थापना भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विज्ञानसम्बन्धी प्रयोगात्मक परीक्षणका लागि प्रयोगशाला स्थापना भएको हो ।

कक्षा १ देखि १२ सम्म अध्यापन हुने पञ्चदेव माध्यमिक विद्यालयमा किर्डाक नेपाल कालीकोट र सान्नीत्रिवेणी गाउँपालिकाद्वारा सञ्चालित सशक्त बालिका परियोजनाअन्तर्गत विद्यालयमा प्रयोगशाला स्थापना भएको छ ।  पुस्तकालय, प्रयोगशाला र सूचना प्रविधिबारे विद्यार्थीलाई जानकारी दिने उद्देश्यले विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको विद्यालयका प्रधानाध्यापक जयाकुमारी देवकोटाले बताइन । 

“प्रयोगशाला स्थापना गर्न जिल्लास्थित किर्डाक नेपाल र प्लान नेपालको सहयोगमा रु छ लाख २४ हजार ३७, सान्नीत्रिवेणी गाउँपालिकाले रु एक लाख ५० हजार, विद्यालयबाट रु ५० हजार लगानी गरिएको छ”, प्रअ देवकोटाले भनिन, “विद्यालयमा अध्यापन गर्ने विद्यार्थीले विज्ञानसम्बन्धी जानकारी र आवश्यक ज्ञान वृद्धि गर्न प्रयोगात्मक काममा प्रयोगशाला सहयोगी बन्ने अपेक्षा लिएका छौँ ।”

विद्यालयमा प्रयोगशाला स्थापना भएपछि विद्यार्थीको सिकाइ थप प्रभावकारी हुने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले बताए । “अहिले विद्यालयमा प्रयोगशाला सञ्चालनमा ल्याएका छौँ । आगामी दिनमा सूचना प्रविधिसम्बन्धी सामग्री थप गर्दै लैजाने योजना छ”, उनले भने, “पालिकाका सबै विद्यालयमा विज्ञान प्रयोगशालासँगै हरित विद्यालय बनाउन लागिरहेका छौँ ।”

विद्यालयमा प्रयोगशाला नहुँदा विद्यार्थीका लागि प्रयोगात्मक कक्षा सञ्चालन गर्न कठिनाइ भइरहेको थियो । प्रयोगशाला सञ्चालन भएसँगै प्रभावकारी सिकाइसहित प्रयोगात्मक ज्ञान प्राप्त हुने विद्यालयका विज्ञान शिक्षक रत्नलाल अधिकारीले बताए । “प्रयोगशालाका लागि पर्याप्त सामग्री उपलब्ध भएपछि विद्यालयको कक्षाकोठामा छुट्टै प्रयोगशाला स्थापना गरिएको छ”, उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending