Ntc summer Offer
Khabar Dabali २ माघ २०८१ बुधबार | 15th January, 2025 Wed
Investment bank

लुम्बिनी महोत्सवः अल्लो र ढाकाका उत्पादनमा उपभोक्ताको आकर्षण

खबरडबली संवाददाता

भैरहवा । अल्लो र ढाका भन्दावित्तिकै धेरैले स्वदेशी उत्पादन सम्झन्छन् । यसबाट बनेका पहिरन लगाउने धेरैको चाहना हुन्छ । शरीरमा लगाउँदा सुहाउने, नेपाली पहिरनको झल्को दिने र आकर्षक देखिने भएकाले पनि धेरै ढाका र अल्लोको कपडा लगाउन लालायित हुन्छन् । यदि तपाईं अल्लो र ढाकाबाट बनेका पहिरन खरिद गरी लगाएर चिटिक्क पर्न चाहनुहुन्छ भने अब टाढा जान पर्दैन । भैरहवामा जारी लुम्बिनी राष्ट्रिय महोत्सवले आम उपभोक्तालाई यो अवसर उपलब्ध गराएको छ ।

सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवास्थित अचंचलपुरमा जारी महोत्सवमा मुलुकका पाल्पा, सुर्खेत लगायतका ठाउँठाउँबाट ल्याइएका नेपाली उत्पादन अल्लो र ढाकाका कपडा विक्रीका लागि राखिएको छ ।

यतिबेला महोत्सवमा रहेको स्टलमा अल्लो र ढाकाले बुनेको टोपी र साढी–चोली । गलबन्दी, दौरा–सुरुवाल, सर्ट, इस्टकोट यी सबै सामान विक्री गरिरहेकी छन् कर्णाली प्रदेशको सुर्खेतकी नन्दा रास्कोटी मगरले । उनले महोत्सवमा अल्लोका उत्पादन बेचेको ३ दिन भयो । ‘तीन दिनमा राम्रो विक्री छ, धेरैजना नेपाली उत्पादन भन्दै खरिद गर्न आउनुभएको छ’, उनले भनिन्, ‘बजारीकरण राम्रो भयो भने नेपाली उत्पादनले राम्रो मार्केट लिन्छ ।’

उनले यस्ता मेला महोत्सवले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने जनाइन् । ‘यस्तै कार्यक्रमहरु भइरहने हो भने हामीलाई बजारीकरणको समस्या हुँदैन’, उनले भनिन्, ‘महोत्सव नचल्दा समस्या हुन्छ । सरकारले सहयोग गरे स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्न सकिन्छ ।’ मंसिर २० गतेदेखि भैरहवास्थित अंचलपुरमा सुरु महोत्सवमा अल्लो र ढाका जस्तै नेपालका ४० जिल्लाका उत्पादन आकर्षण बनेका छन् ।

सुर्खेत बिरेन्द्रनगरकी नन्दाले भैरहवामा पुगेर अल्लोका टोपी, साडी, झोला लगायत बिभिन्न उत्पादनहरु बेच्दै आएकी छन् । नन्दाले बजारको लागि भैरहवाको महोत्सवसम्म आइपुगेको जनाउँदै यहाँ भइरहेको विक्रीबाट हर्षित भएको जनाइन् । नन्दासँगै अल्लोको कपडा लिएर भैरहवा महोत्सवममा आइपुगेकी छन् मानकुमारी पौडेल । सुर्खेतकी मानकुमारी भन्छिन्, ‘आफू एकल महिला भए पनि अल्लो र ढाकाको कपडाहरु बुनेर बजारसम्म पुर्याउने गरेका छु । जहाँ जहाँ मेला हुन्छ, त्यहाँ पुग्छु । नेपाली उत्पादन भनेर धेरैजना खुशी भएर खरिद गर्नुहुन्छ । मानकुमारीले अल्लो र ढाकाको कपडा बेचेर घर खर्च समेत चलाउने गरेको बताइन् ।

महोत्सवमा पाल्पाका व्यवसायीले पनि स्थानीय उत्पादनको स्टल राखेका छन् । पाल्पा तानसेनबाट ढाकाको कपडा लिएर भैरहवा महोत्सवममा आएकी छन्, पुनम अधिकारी । अधिकारीले महोत्सवमा ढाकाबाट बुनिएका थरिथरिका कपडाहरु लिएर आएकी हुन् । पुनम भन्छिन्, ‘बिस्तारै महोत्सवममा आकर्षण बढ्दै गएको छ । विक्रीदर दैनिक राम्रो छ ।’ उनले पाल्पाली ढाका भनेपछि धेरै लालायित हुने जनाइन् । ‘कुर्तासुरुवालदेखि टोपी र कोटपाइन्टसम्म बेचिरहेकी छु’, उनले भनिन् । पुनमले ढाकाको कपडाले महोत्सवममा राम्रो बजार पाउने अपेक्षा गरिन् ।

बाहिरी जिल्लाबाट मात्र होइन बिगत १२ बर्षदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिका कोटिहवामा बसेर ढाकाका समाग्रीहरु उत्पादन गर्दै आएकी लीला गुरुङ पनि भैरहवा महोत्सवमा आएकी छन् । उनले ढाकाको कपडा भनेपछि सबैले माया गर्ने र खरिद गर्न इच्छुक हुने बताइन् । आफूले उत्पादन गरेको ढाकाको सामाग्रीहरु बिदेशसम्म निर्यात हुने गरेको जनाइन् । लिलाले बेलायत, अष्ट्रेलिया, भारतसम्म आफूले उत्पादन गरेको ढाका पुग्ने गरेको बताइन् । महोत्सवले बजारीकरणमा सहयोग पुगेको उनको भनाई छ । अल्लो र ढाकाका उत्पादन किन्न महोत्सवमा दर्शको बाक्लो भीड लाग्ने गरेको छ ।

नवौं लुम्बिनी राष्ट्रिय महोत्सवममा ४० जिल्लाका बिशेष गरी पूर्व मेचीदेखि पश्चिम दैलेख सम्मका उत्पादन रहेको संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए । श्रेष्ठले सस्तो र गुणस्तरिय समान महोत्सवममा उपलब्ध रहेको जानकारी दिए । ‘खासगरी स्वदेशी उत्पादनको प्रबद्र्धन गर्नकै लागि यो महोत्सव आयोजना गरिएको हो’, उनले भने, ‘यसैको उदाहरण ढाका र अल्लोका कपडाहरु हुन् ।’ उनले बजारीकरण राम्रो भए स्वदेशी उत्पादनले मुलुकका लागि ठूलो योगदान दिने जनाए । महोत्सवममा ३ सय स्टल छन् । महोत्सवमा करिव १० करोडको ब्यापार हुने लक्ष्य आयोजकको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काँकडभिट्टाबाट धरानतर्फ आउँदै गरेको यात्रुबस दुर्घटना

झापा । झापामा आज बिहान बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।  काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको मे१ख २५४५ नम्बरको नागरिक बस झापाको शिवसताक्षी नग...

उकालो लाग्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।  महासंघका अन...

उकालो लाग्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।  महासंघका अन...

रविलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेकको बहसका निम्ति पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालतमा उ...

अपराह्न चार बजे माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे बस्ने गरी बोलाइएको छ । बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन वर्...

ओलीको कार्यशैलीबारे आलोचना गर्ने अर्का एमाले नेता निलम्बनमा

विराटनगर । पार्टीको काम कारबाहीलाई सामाजिक सञ्जालमा तीव्र आलोचना गर्दै आएका नेकपा एमाले उदयपुरका नेता एवं कोशी प्रदेशसभाका पूर्व सांसद विमल कार्कीलाई ...

२०७२ को भूकम्पपछि रुप पेरिएको बारपाक र लाप्राक

काठमाडौं । २०७२ को भूकम्पले विनाश गरेको गोरखाको बारपाक र लाप्राक पुनर्निर्माण भएको छ । यस महाभूकम्पका कारण नेपालसँगै रहेका भारत, चीन र बङ्गलादेशमा ...

विपक्षी दलहरूको सिंहदरबारमा बैठक जारी

काठमाडौं । सरकारविरुद्धमा रणनीति बनाउन विपक्षी दलका नेताहरूको बैठक जारी रहेको छ । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक जारी र...

इटहरीमा भएको मोटरसाइकल दुर्घटनामा एमाले नेता राईको

विराटनगर । सुनसरीको इटहरी २० तरहरामा भएको सवारी दुर्घटनामा परि भोजपुर हतुवा गढीका एमाले नेता विजय राई (मुकेश)को मृत्यु भएको छ । उनी एमालेका स्थानीय...

इटहरीमा भएको मोटरसाइकल दुर्घटनामा एमाले नेता राईको मृत्यु

विराटनगर । सुनसरीको इटहरी २० तरहरामा भएको सवारी दुर्घटनामा परि भोजपुर हतुवा गढीका एमाले नेता विजय राई (मुकेश)को मृत्यु भएको छ । उनी एमालेका स्थानीय...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy