Ntc summer Offer
Khabar Dabali १२ माघ २०८१ शनिबार | 25th January, 2025 Sat
Investment bank

साढे ४९ अर्ब बराबरको आइपिओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा

खबरडबली संवाददाता

काठमाडौं । पुँजी बजारमा प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको संख्या ८० पुगेको छ।

त्यस्तै, धितोपत्रको आइपिओ जारी गरी सूचीकरण भइसकेका छ वटा कम्पनीले आफ्नो पुँजी वृद्धि गर्न धितोपत्रको थप निष्काशन (एफपिओ) प्रक्रियामा रहेको बोर्डले जनाएको छ।

बोर्डका अनुसार कूल ४९ अर्ब ४८ करोड ३० लाख ४९ हजार ५९६ बराबरको आइपिओ पाइपलाइनमा छ। विभिन्न क्षेत्रका ८० वटा कम्पनीको ३४ करोड १९ लाख एक हजार ८० कित्ता शेयर आईपिओका लागि बोर्डको प्रक्रियामा छ।

होटल तथा पर्यटन क्षेत्रका सात वटा कम्पनीले रु तीन अर्ब ३१ करोड १० लाख बराबरको तीन करोड ५३ लाख ६० हजार कित्ता आइपिओ जारी गर्न निवेदन दिएका छन्।

साथै ४० वटा जलविद्युत् आयोजनाले कूल १६ अर्ब ४१ करोड ३० लाख ७९ हजार ४०० बराबरको १६ करोड ३६ लाख पाँच हजार ४६४ कित्ता बराबर आइपिओ जारी गर्नका लागि बोर्डको प्रक्रियामा रहेका छन्।

लगानी समूहअन्तर्गत तीन वटा कम्पनीले रु दुई अर्ब ८४ करोड ३३ लाख ५० हजार बराबरको एक करोड ५६ लाख ७३ हजार ५०० कित्ता आइपिओ जारी गर्नका लागि पाइपलाइनमा छन्।

उत्पादन तथा प्रशोधनतर्फ १५ वटा कम्पनीले २२ अर्ब ६८ करोड ४७ लाख ७६ हजार ६०० ९६ बराबरको नौ करोड १६ लाख ७५ हजार ६८४ कित्ता आईपिओ निष्कासनको प्रक्रियामा छन्।

धितोपत्र बोर्डका अनुसार जलविद्युत् समूहतर्फ सबैभन्दा धेरै ४० वटा कम्पनीले आइपिओ निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन्।

सानिमा हाइड्रोपावर लिमिटेड, हिम स्टार ऊर्जा कम्पनी लिमिटेड, भुजुङ हाइड्रोपावर लिमिटेड, दरमखोला हाइड्रो इनर्जी लिमिटेड, सान्भी इनर्जी लिमिटेड, बेनी हाइड्रोपावर लिमिटेडलगायत कम्पनीको आइपिओ निष्कासन पाइपलाइनमा छ।

त्यस्तै, यमलिङ्ग हाइड्रोपावर लिमिटेड, मबिलुङ्ग हाइड्रोपावर लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड, टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड, विकास हाइड्रोपावर कम्पनी, कालिञ्चोक हाइड्रोपावर लिमिटेडलगायत कम्पनीहरु आइपिओ पाइपलाइनमा रहेका छन्।

होटल तथा पर्यटन समूहअन्तर्गत सात कम्पनीको आइपिओ पाइपलाइनमा छन्।

यो समूहमा एपेक्स हस्पिटालिटी लिमिटेड, होटल फरेस्ट इन लिमिटेड, अर्केड होल्डिङ्स लिमिटेड, अन्नपूर्ण केबल कार, बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड, अकामा होटल लिमिटेड, ठमेल प्लाजा होटल एण्ड स्वीट्स लिमिटेड आइपिओ निष्काशनका लागि पाइपलाइनमा छन्।

लगानी समूहतर्फ वरुण इन्भेष्टमेन्ट लिमिटेड, सिड इनर्जी लिमिटेड र शिवम् होल्डिङ्स लिमिटेडले आइपिओ ल्याउँदैछन्।

उत्पादन तथा प्रशोधन समूहतर्फ १५ कम्पनीको आइपिओ पाइपलाइनमा छ।

एकोर्ड फर्मास्युटिकल्स लिमिटेड, एसवाई प्यानल नेपाल लिमिटेड, सूर्य सिमेन्ट इन्ड्रस्ट्रिज लिमिटेड, मारुती सिमेन्ट्स लिमिटेड, स्मार्ट डोर्स लिमिटेड, पाल्पा सिमेन्ट इन्ड्रस्ट्रिज लिमिटेड, ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडलगायत कम्पनीको आइपिओ आइँदैछ।

त्यस्तै, लक्ष्मी टेक्नोप्लास्ट लिमिटेड, श्री डिस्टिलरी लिमिटेड, सोपान फर्मास्युटिकल्स लिमिटेड, भूगर्भ सिमेन्ट लिमिटेड, रिद्धिसिद्धि सिमेन्ट लिमिटेड, सागर डिस्टिलरी लिमिटेड र अम्बे स्टील्स लिमिटेडले आइपिओ ल्याउने तयारी गरिहेका छन्। 

लघुवित्त समूहतर्फ स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ निष्कासनका लागि बोर्डमा विचाराधीन छ।

त्यस्तै, लघुबीमा (माइक्रो इन्स्योरेन्स) तर्फ क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आइपिओ जारी गर्न बोर्ड समक्ष निवेदन दिएका छन्।

अन्य समूहका १० कम्पनी आइपिओ पाइपलाइनमा छन्। ट्रेड टावर लिमिटेड, कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेड, डिस मिडिया नेटवर्क लिमिटेड, आइएमई लिमिटेड, हस्पिटल फर एड्भान्स मेडिसिन एण्ड सर्जरी सर्जरी (हेम्स हस्पिटल) लिमिटेड, पिअर इनर्जी लिमिटेड, नेपाल ब्रोडकास्टिङ च्यानल लिमिटेड, कैलाश हेलिकप्टर सर्भिस लिमिटेड, छायादेवी कम्प्लेक्स लिमिटेड र बिजनेस इन्ट्रेस्ट ग्रुप अफ इन्ड्रस्टिजले आइपिओ ल्याउँदैछन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपामा चर्कियो मतभेद, अध्यक्ष लिङ्देनकै कारण पार्टी ओरालो लागेको भन्दै महामन्त्री राणाले उठाए १६ सवाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाबीच गम्भीर मतभेद देखिएको छ ।  राणाले पार्टी कार्यकर्त...

प्रचण्डले गरे पाण्डवेश्वर मन्दिरको अवलोकन

दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङको पर्यटकीयस्थल पाण्डवेश्वर धारपानी मन्दिरको अवलोकन गरेका छ...

इजलासमा रविका कानुन व्यवसायीले भने– राज्यले षड्यन्त्र गर्‍यो श्रीमान् !

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथि राज्यले षड्यन्त्रपूर्वक मुद्दा चलाएको जिकिर गर्दै उनका कानुन व्यवसायीले रुपन्देही जिल्ला अदालतमा बहस गरेका ...

अखिल क्रान्तिकारीको नयाँ नेतृत्व छान्न मतदान सुरू, अध्यक्षका लागि ४ जना मैदानमा

काठमाडौं । नेकपा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनअन्तर्गत आज चुनाव हुँदैछ। मतदान बिहान ८ बजेदेखि स...

राष्ट्रिय गौरबको खाँदबारी-किमाथाङ्का सडक ‘ब्रेक थ्रु’ हुँदै

सङ्खुवासभा । राष्ट्रिय गौरबको जोगवनी किमाथाङ्का सडक यही माघ १४ गते सोमबार ‘ब्रेक थ्रु’ गरिने भएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हि...

कार्बन व्यापारको डेढ अर्ब रकम भित्र्याउन कानुनी सकस

काठमाडौँ । नेपालले विश्व बैङ्कसँग भएको सम्झौताअनुसार कार्बन बिक्रीबाट रु एक अर्ब ६० करोड प्राप्त गरेपनि कानुनी अल्झनका कारण उक्त रकम भित्र्याउन ढिलाइ ...

कृषिमा जमेका मदन भन्छन्- अनुदान भन्दापनि प्रोत्साहन ठूलो रहेछ

इलाम । सूर्योदय नगरपालिकाले २०७६ साउन ४ गते अगुवा अग्र्यानिक तरकारी कृषकका रुपमा सम्मान गरेपछि सूर्योदय–१२ का मदनकुमार राईलाई व्यावसायीक कृषिकर्म गर्न...

दलित मुसहर परिवारमा शीतलहरको कहर

बरहथवा । विपन्न दलित मुसहर परिवार चिसो र शीतलहरको जोखिममा परेका छन् । अत्यधिक चिसोले मुसहर परिवार केही दिनयता समस्यामा परेका हुन ।  बसवरिया गाउँपालिका...

नवलपुरका किसान तोरी खेतीमा आकर्षित

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरी खेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्यामा बृद्ध...

अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर र क्यानेडियन डलरको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले केही हेरफेर गर्दै विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज भने घटे...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy