Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

नेपालललाई असफल राष्ट्र बनाउन राजनीतिक दलहरुले भूमिका खेलिरहेको छः प्राध्यापक डा.आचार्य

खबरडबली संवाददाता

काठमाडौं । संयुक्त राष्ट्र संघका लागि नेपाली पूर्व राजदूत तथा प्राध्यापक डा. जयराज आचार्यले नेपाललाई असफल मुलुक बनाउनमा कर्मचारीतन्त्रले नभई राजनीतिक दलहरुले भूमिका खेलिरहेको बताएका छन् । नवनियुक्त राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृतहरुको सम्मानमा सेडेप नेपाल (नेम) ले काठमाडौंमा आयाजना गरेको कार्यक्रममा बोल्दै प्राध्यापक .आचार्यले यस्तो बताएका हुन् । 

कर्मचारीतन्त्रमा राजनीतिक दलका विभिन्न संघ, संगठनहरुको प्रभावका कारण कर्मचारीको वृत्ति विकासमा समस्या हुने गरेको साथै चाहे जस्तो प्रतिफल दिन नसकेको हुँदा दलका संघ, संगठन खारेज हुनुपर्ने आचार्यको भनाई छ ।

डा। आचार्यले जनतालाई छिटो, छरितो र प्रभावकारीरुपमा सार्वजनिक सेवा प्रवाह गर्न कुनै दाग नलाग्ने गरी इमान्दारीपूर्वक कर्तव्यनिष्ठ भएर जनताको सेवामा लाग्न नवनियुक्त शाखा अधिकृतहरुलाई अनुरोध गरेका थिए ।

शाखा अधिकृतहरुको तलबमान निकै कम रहेका बताउँदै डा. आचार्यले कर्मचारीतन्त्रको आकार घटाएर भएपनि तलबमान कम्तीमा ६० हजार बनाउनु पर्ने सुझाव दिए ।

सेडेप नेपालले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन, लेखा, राजश्व तथा लेखापरीक्षण सेवा, न्याय सेवा र परराष्ट्र सेवाका नवनियुक्त शाखा अधिकृतहरुलाई सम्मान गरेको हो । सेडेप नेपाल विगत १८ बर्षदेखि सरकारी सेवाका प्र्रवेशको लागि सहजीकरण तथा मार्ग निर्देशन गर्दै आएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनोहरामा चर्च पनि भत्काइएको भन्दै क्रिस्चियन अभियन्ताको विरोध, अर्को ठाउँ दिन माग

काठमाडौं । भक्तपुरस्थित मनोहरा बस्तीमा निर्माण भएका अवैध घर-टहरा सरकारले आइतबार हटायो । त्यसक्रममा बस्तीभित्र रहेको मनोहर चर्च पनि भत्काइएपछि क्रिस्चि...

थापाथली, गैरीगाउँ र शान्तिनगरका १४४ परिवार सरकारको सम्पर्कमा

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र नदी किनार, जोखिमयुक्त सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका बस्ती हटाउने अभियानलाई तीव्रता दिएको छ । यस...

ढुंगामुढा भएको मनोहरा क्षेत्रमा आज बिहानैबाट डोजर चल्दै

भक्तपुर । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा आज बिहानैदेखि पुनः डोजर प्रयोग गरी घरटहरा भत्काउने काम सुरु गरिने भएको छ। हिजो साँझ स्था...

सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

खोटाङ । भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएका १९ योजनाको काम सुरु गर्न निर्माण व्यवसायीले अटेर गरेका छन् । कोशी प्रदेश सरकार, भौतिक ...

बाँझो जमिनबाट ‘चिया गाउँ’सम्म : एउटा जुक्तिले फेरिएको रेशगाउँ

बागलुङ । कहिल्यै खेती नगरेर झाडीले ढाकिएको पाखो जमिन—रेशगाउँको पहिचान यही थियो। बसाइँसराइ बढ्दै जाँदा खेत बाँझै बस्न थालेका थिए, गाउँ सुनसान हुँदै थिय...

कति छ आज विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ  ५० पैसा र बिक्रीदर १५१ र...

अझै फर्केनन् भिमफेदी कारागारबाट फरार १३३ कैदीबन्दी

मकवानपुर । मकवानपुरको भिमफेदी कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै कारागार फर्किएका छैनन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते राति कारागारको...

सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा झडप, २२ सुरक्षाकर्मी घाइते

भक्तपुर । मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउने क्रममा सुकुम्वासी बस्तीका बासिन्दाको आक्रमणबाट २२ सुरक्षाकर्मी...

बाह्र दिनमा चार सय २२ विपद्का घटना, २७ जिल्ला प्रभावित

 काठमाडौं। वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि ...

फोप्लीमा झरीको रेकर्ड, याे साताभर वर्षाकाे सम्भावना

काठमाडौं । प्रिमनसुनको संकेत अब स्पष्ट देखिन थालेको छ। पछिल्लो २४ घण्टामा फोप्ली मा ९७.६ मिलिमिटर वर्षा मापन भएसँगै पश्चिमदेखि पूर्वसम्म मौसम सक्रिय ब...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending