Ntc summer Offer
Khabar Dabali ५ माघ २०८१ शनिबार | 18th January, 2025 Sat
Investment bank

बाजुरा र दार्चुलामा वर्षासँगै हिमपात, जनजीवन प्रभावित

खबरडबली संवाददाता

काठमाडौं । आइतबारदेखि मौसममा आएको परिवर्तनसँगै देशका विभिन्न क्षेत्रमा हिमपात भएको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा  वर्षा सँगै हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । 

दार्चुलाको अपिहिमाल गाउँपालिका र व्याँस गाँउपालिकाका विभिन्न स्थानसहित जिल्लाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले अपिहिमाल क्षेत्रको जनजीवन प्रभावित भएको अपिहिमाल गाउँपालिकाका स्थानीय बालमती बोहराले जानकारी दिए । हिमपातपछि हिमाली र उच्च पहाडी क्षेत्रका बस्तीमा चिसो ह्वात्तै बढेको छ । सदरमुकाम खलंगासहित विभिन्न स्थानमा हल्का वर्षा समेत भइरहेकोले जिल्लाभरी चिसो बढेको छ ।

यसैगरी बाजुरामा गए रातिदेखि मौसम बदली भएर वर्षा सुरु भएसँगै लेकाली भेगमा हिमपात भएको छ । हिमपात सुरु भएसँगै जिल्लामा चिसो बढेको छ । हिमाली गाउँपालिकाको बिच्छ्या, रुगिन, बाँधु, स्वामीकार्तिको जुकोट, जगन्नाथ गाउँपालिकाको गोत्री क्षेत्रमा हिमपात सुरु भएको वडा नंं ६ का स्थानीय जयप्रसाद पाण्डेले बताए ।

यसैगरी गौमुलको दहकोट, मानाकोट, बूढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदहको काँडा, जयबागेश्वरी, बडीमालिका रजाली, मार्तडी, ढम्कनेलगायत क्षेत्रका अग्ला भागमा हिमपातले डाँडा सेताम्मे भएका छन् ।

यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका, पोरखे लेक, कालाजग्रा, दह डाँडा, बडालेख, खप्तड राष्ट्रिय निकुञ्जमा पनि हिमपातले छोपेको छ । सदरमुकाम मार्तडी आसपासमा पनि हिमपात भएको बडीमालिका३ का स्थानीय कमल रावलले बताए ।

वर्षासँगै हिमपात भएपछि कृषक खुसी भएका छन् । गहुँ बालीमा पानी नपर्दा सुक्न थालेका बेला वर्षा आएपछि किसानलाई राहत पुगेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कावासोतीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी । कावासोतीमा बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ। दिल्लीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बसले ठक्कर दिँदा कावासोतीको सभापति चोकम...

सिमकोट विमानस्थलमा हिउँ पन्छाएर हवाई सेवा सञ्चालन

हुम्ला । हिउँ पन्छाएर यहाँको सिमकोट विमानस्थलमा आजदेखि हवाई सेवा सञ्चालनमा ल्याइएको छ ।  विमानस्थलको धावनमार्गमा जमेका हिउँ पन्छाएर हवाई सेवा सञ्चा...

बीपी राजमार्गमा यात्रुलाई सास्ती, कहिले होला पुनर्निर्माण ?

काभ्रेपलाञ्चोक  ।  गत असोज दोस्रो साता आएको बाढीपहिराले क्षति पुर्‍याएको बीपी राजमार्गको कटुञ्जेबेशी, मंगलटार, नेपालथोक क्षेत्रमा  यात्रा गर्ने यात्रु...

विराटनगर पुगेका प्रचण्डका शनिबार के–के छन कार्यक्रम ?

विराटनगर । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान विराटनगरमा हुस्सु छिचोल्दै ‘मनिङ्वाक’ गरेका छन् ।   श...

दुई सय बढी बालबालिका विद्यालय जान छाडे

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ को मझौरा गाउँका दुई सय बढी बालबालिका विगत दुई महिनादेखि विद्यालय गएका छैनन् । मझौरा गाउँ प्रवेश गरे...

ललितपुरका यी स्थानमा आज काटिदैछ बिजुली

काठमाडौं । मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणल...

बालेनसँग मिल्ने प्रयास सफल होला त भीम रावलको ?

काठमाडौं ।  ‘मातृभूमि जागरण अभियान नेपाल’ चलाउन खोजिरहेका भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई पनि यसमा जोड्ने प्रयास गर्न...

मधेश सरकारले बलिदानी दिवस मनाउँदै

काठमाडौं । मधेश प्रदेश सरकारले आज ७औं बलिदानी दिवस मनाउने भएको छ। अधिकार प्राप्तिको आन्दोलनमा सहादत प्राप्त शहीद परिवार र अंगभंग भएका तथा घाइतेलाई आर्...

यू–१९ महिला विश्वकपमा नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाडौं । आइसीसी महिल यू–१९ टी–२० विश्वकप क्रिकेटमा नेपालले आज डेब्यु गर्दै छ ।मलेसियामा भएको छनोट खेलमा युएईलाई फाइनलमा पराजित गर्दै नेपाल आजदेखि सु...

भुटानमा बजेट घाेषणाः चालु आर्थिक बर्षको बजेट १०९ अर्बकाे, २० अर्बकाे कमी

काठमाडाैं । सरकारले आर्थिक वर्ष २०२५–२६ को बजेटका लागि १०९ अर्ब भुटानी एन्‌गुल्ट्रुम (रुपैयाँ) प्रस्ताव गरेको छ ।  यो अघिल्लो वर्षको तुलनामा १२ प्र...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy