काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–१३ साँगा चोकबाट करिब ५ सय ५८ ग्राम सुन सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रोशी गाउँपालिका–९ बस्ने ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका–१ बस्ने २९ वर्षीय अमृत श्रेष्ठ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको सिट मुनी प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको उक्त धातु फेला पारी चालक बसन्त र कारमा सवार अमृतलाई पक्राउ गरेको हो ।
रूपन्देही, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट १ सय ५० ग्राम तौलको सुनको सिक्री सहित लुम्बिनी सांस्कृतिक नगरपालिका–६ बस्ने ३६ वर्षीय जनार्दन गुप्तालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
फ्लाई दुबईको उडानद्वारा दुबईबाट आएका उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले उक्त धातु सहित पक्राउ गरेको हो । साथै उक्त कार्यमा संलग्न रहेका शंकास्पद २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ११ गते, २०८१ - २१:०३
लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङ सहकारी ठगीमा संलग्न भएका र आयोगले अभियोजन गरेका सबै जनालाई कारबाही हुन...
माघ ११ गते, २०८१ - २०:५१
अध्यक्ष र महासचिवका एक–एकजनाको उमेदवारी फिर्ता
माघ ११ गते, २०८१ - १९:५८
काठमाडौं । देशका विभिन्न स्थानमा चार जनाको शव फेला परेको छ। कास्कीको पोखरा महानगरपालिका-६ बसुन्धारा पार्क भित्र सोही महानगरपालिका-१५ ठुली मजुवा घर ...
माघ ११ गते, २०८१ - १९:५८
काठमाडौं । पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ। शुक्रबार साँझ ७ः०८ बजे पर्वतको क्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो। ३.८ म्याग्निच्युडको भूकम्प...
माघ ११ गते, २०८१ - १९:२९
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी मुलुक भारतको महाराष्ट्र जलगाउँस्थित रेल्वेस्थान नजिक ...
माघ ११ गते, २०८१ - १९:२४
पाँचखाल । प्रधानसेनापति अशोकराज सिग्देलले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको आज निरीक्षण गरेका छन् । सो क्रममा उनले तालिम केन्द्रल...
माघ ११ गते, २०८१ - १९:२१
काठमाडौ । लोकप्रिय गायक ‘राई इज किङ’ राजेश पायल राई र शलोनी राईको स्वरमा ‘कलेजकी सुन्दरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । खगेन राई ‘खगेन...
माघ ११ गते, २०८१ - १९:१३
दाङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गरेका छन् । तुलसीपुर नगरकमिटिले त...
माघ ११ गते, २०८१ - १९:०७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन भएको बताएका छन् । पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकी...
माघ ११ गते, २०८१ - १८:५९
कैलाली । कैलालीको कैलारी गाउँपालिका– ९, गदरियास्थित जनता माविको गेट खस्दा एक विद्यार्थीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । सोही विद्यालयमा कक्...
प्रतिकृया लेख्नुहोस्: