काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसले चीन सरकारसँग भएको बीआरआई फ्रेमवर्कमा अनुदान नै प्राथमिकतामा परेको भन्दै खुसी व्यक्त गरेको छ । आज बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आफूहरुले भनेअनुसार नै अनुदान सम्झौताले प्राथमिकता पाएपछि खुसी व्यक्त गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला बीआरआईको फ्रेमवर्कमा अनुदान सम्झौतामा हस्ताक्षर गरिसकेका कारण कुनै दुविधा मान्नुपर्ने अवस्था नरहेको बताए ।
‘अनुदान सहयोग लिने हिजोको पनि हाम्रो निर्णय थियो र आज पनि हामी त्यही निर्णयमा कायम छौँ । नेपाल सरकारले चिनियाँ सरकारसँग जुन बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गर्यो त्यसले पनि अनुदानलाई निषेध होइन, अनुदानलाई नै महत्व दिएर शब्द दिएर प्रयोग भएको छ । त्यही अनुरुप हाम्रो सरकारका नेताहरु, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले पनि अनुदान सहयोग लिन्छौँ अरु सहयोग लिन सक्दैनौँ भनेर कुरा राखिसकेकोमा यसमा हामीले दुविधा नगरीकन यसमा हामीले अनुदान सहयोग नै कार्यान्वयन गर्ने हो । प्रधानमन्त्रीको पनि त्यही भनाइ छ हाम्रो पनि त्यही भनाइ रहेको छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि नेपाली कांग्रेसले बीआरआई अनुदानमा मात्रै स्वीकार गर्न सकिने अडान कायम गरेको थियो ।
त्यस्तै आजको बैठकले गण्डकी प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसबाट सुनिता थापालाई पठाउने निर्णय गरेको छ । यसअघि समानुपातिकबाट प्रदेश सभा सदस्य बनेकी विमला गौचनको निधन भएसँगै थापालाई क्रमसंख्या अनुसार पठाउने निर्णय गरेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ११ गते, २०८१ - २१:०३
लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङ सहकारी ठगीमा संलग्न भएका र आयोगले अभियोजन गरेका सबै जनालाई कारबाही हुन...
माघ ११ गते, २०८१ - २०:५१
अध्यक्ष र महासचिवका एक–एकजनाको उमेदवारी फिर्ता
माघ ११ गते, २०८१ - १९:५८
काठमाडौं । देशका विभिन्न स्थानमा चार जनाको शव फेला परेको छ। कास्कीको पोखरा महानगरपालिका-६ बसुन्धारा पार्क भित्र सोही महानगरपालिका-१५ ठुली मजुवा घर ...
माघ ११ गते, २०८१ - १९:५८
काठमाडौं । पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ। शुक्रबार साँझ ७ः०८ बजे पर्वतको क्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो। ३.८ म्याग्निच्युडको भूकम्प...
माघ ११ गते, २०८१ - १९:२९
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी मुलुक भारतको महाराष्ट्र जलगाउँस्थित रेल्वेस्थान नजिक ...
माघ ११ गते, २०८१ - १९:२४
पाँचखाल । प्रधानसेनापति अशोकराज सिग्देलले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको आज निरीक्षण गरेका छन् । सो क्रममा उनले तालिम केन्द्रल...
माघ ११ गते, २०८१ - १९:२१
काठमाडौ । लोकप्रिय गायक ‘राई इज किङ’ राजेश पायल राई र शलोनी राईको स्वरमा ‘कलेजकी सुन्दरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । खगेन राई ‘खगेन...
माघ ११ गते, २०८१ - १९:१३
दाङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गरेका छन् । तुलसीपुर नगरकमिटिले त...
माघ ११ गते, २०८१ - १९:०७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन भएको बताएका छन् । पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकी...
माघ ११ गते, २०८१ - १८:५९
कैलाली । कैलालीको कैलारी गाउँपालिका– ९, गदरियास्थित जनता माविको गेट खस्दा एक विद्यार्थीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । सोही विद्यालयमा कक्...
प्रतिकृया लेख्नुहोस्: