काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसले चीन सरकारसँग भएको बीआरआई फ्रेमवर्कमा अनुदान नै प्राथमिकतामा परेको भन्दै खुसी व्यक्त गरेको छ । आज बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आफूहरुले भनेअनुसार नै अनुदान सम्झौताले प्राथमिकता पाएपछि खुसी व्यक्त गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला बीआरआईको फ्रेमवर्कमा अनुदान सम्झौतामा हस्ताक्षर गरिसकेका कारण कुनै दुविधा मान्नुपर्ने अवस्था नरहेको बताए ।
‘अनुदान सहयोग लिने हिजोको पनि हाम्रो निर्णय थियो र आज पनि हामी त्यही निर्णयमा कायम छौँ । नेपाल सरकारले चिनियाँ सरकारसँग जुन बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गर्यो त्यसले पनि अनुदानलाई निषेध होइन, अनुदानलाई नै महत्व दिएर शब्द दिएर प्रयोग भएको छ । त्यही अनुरुप हाम्रो सरकारका नेताहरु, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले पनि अनुदान सहयोग लिन्छौँ अरु सहयोग लिन सक्दैनौँ भनेर कुरा राखिसकेकोमा यसमा हामीले दुविधा नगरीकन यसमा हामीले अनुदान सहयोग नै कार्यान्वयन गर्ने हो । प्रधानमन्त्रीको पनि त्यही भनाइ छ हाम्रो पनि त्यही भनाइ रहेको छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि नेपाली कांग्रेसले बीआरआई अनुदानमा मात्रै स्वीकार गर्न सकिने अडान कायम गरेको थियो ।
त्यस्तै आजको बैठकले गण्डकी प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसबाट सुनिता थापालाई पठाउने निर्णय गरेको छ । यसअघि समानुपातिकबाट प्रदेश सभा सदस्य बनेकी विमला गौचनको निधन भएसँगै थापालाई क्रमसंख्या अनुसार पठाउने निर्णय गरेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १३ गते, २०८३ - १९:१०
काठमाडौं । भक्तपुरस्थित मनोहरा बस्तीमा निर्माण भएका अवैध घर-टहरा सरकारले आइतबार हटायो । त्यसक्रममा बस्तीभित्र रहेको मनोहर चर्च पनि भत्काइएपछि क्रिस्चि...
बैशाख १३ गते, २०८३ - ०७:१३
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र नदी किनार, जोखिमयुक्त सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका बस्ती हटाउने अभियानलाई तीव्रता दिएको छ । यस...
बैशाख १३ गते, २०८३ - ०७:११
भक्तपुर । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा आज बिहानैदेखि पुनः डोजर प्रयोग गरी घरटहरा भत्काउने काम सुरु गरिने भएको छ। हिजो साँझ स्था...
बैशाख १३ गते, २०८३ - ०७:०९
खोटाङ । भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएका १९ योजनाको काम सुरु गर्न निर्माण व्यवसायीले अटेर गरेका छन् । कोशी प्रदेश सरकार, भौतिक ...
बैशाख १३ गते, २०८३ - ०७:०७
बागलुङ । कहिल्यै खेती नगरेर झाडीले ढाकिएको पाखो जमिन—रेशगाउँको पहिचान यही थियो। बसाइँसराइ बढ्दै जाँदा खेत बाँझै बस्न थालेका थिए, गाउँ सुनसान हुँदै थिय...
बैशाख १३ गते, २०८३ - ०७:०६
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ र...
बैशाख १३ गते, २०८३ - ०७:०२
मकवानपुर । मकवानपुरको भिमफेदी कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै कारागार फर्किएका छैनन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते राति कारागारको...
बैशाख १३ गते, २०८३ - ०६:५७
भक्तपुर । मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउने क्रममा सुकुम्वासी बस्तीका बासिन्दाको आक्रमणबाट २२ सुरक्षाकर्मी...
बैशाख १३ गते, २०८३ - ०६:५५
काठमाडौं। वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि ...
बैशाख १३ गते, २०८३ - ०६:५४
काठमाडौं । प्रिमनसुनको संकेत अब स्पष्ट देखिन थालेको छ। पछिल्लो २४ घण्टामा फोप्ली मा ९७.६ मिलिमिटर वर्षा मापन भएसँगै पश्चिमदेखि पूर्वसम्म मौसम सक्रिय ब...


प्रतिकृया लेख्नुहोस्: