Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

लुम्बिनी प्रेस क्लबको अध्यक्षमा रायमाझी, महासचिवमा न्यौपाने

खबरडबली संवाददाता

भैरहवा  ।  लुम्बिनी प्रेस क्लब, रुपन्देहीको अध्यक्षमा कमल रायमाझी सर्वसम्मत निर्वाचित भएका छन् । क्लबको भैरहवामा सम्पन्न आठौं साधारणसभा तथा पाँचौ अधिवेशनबाट रायमाझीको अध्यक्षतामा आगामी दुई वर्षे कार्यकालका लागि १३ सयदस्यीय कार्यसमिति चयन गरिएको हो । रायमाझी लुम्बिनी खबरको सम्पादक हुन् ।

क्लबको दुई उपाध्यक्ष मदतानबाट चयन गरिएको हो भने अन्य पदमा सर्वसम्मत समिति चयन गरिएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । उपाध्यक्षमा दीपेन्द्र बडुवाल (२४) र दीपक घिमिरे (२६) मत ल्याएर निर्वाचित भए । उनीहरुका प्रतिस्पर्धी शंकरप्रसाद पाण्डेले १४ र माधब न्यौपानेले ९ मत पाए । बडुवाल कान्तिपुर दैनिकको लुम्बिनी प्रदेश ब्यूरो प्रमुख हुन् भने घिमिरे खबरपात्रो डटकमका प्रधान सम्पादन हुन् ।

यस्तै, क्लबको महासचिवमा प्रकाश न्यौपाने सर्वसम्मत निर्वाचित भए । उनी पब्लिक कुरा डटकमको सम्पादक हुन् भने भैरहवाबाट न्यूज २४ टीभी र लुम्बिनी टिभीमा रिपोर्टिङ गर्छन् । यस्तै, क्लबको सचिवमा शशि पन्थी, कोषाध्याक्षमा विष्णुप्रसाद भट्टराई र सहकोषाध्यक्षमा रविन्द्रप्रताप गुप्ता चयन भएका छन् । पन्थी बुटवल टुडे, भट्टराई गौतमबुद्ध सन्देश र गुप्ता प्रराइम टाइम्स टीभीमा आबद्ध छन् ।

क्लबको कार्यसमिति सदस्यमा मोहम्मद हविव, प्रतीक पौडेल, भीम भण्डारी, एलिना आचार्य, रुविना थापा मगर र अस्मिता अधिकारी चयन भएका छन् । हविव लुम्बिनी दैनिक, पौडेल जनता टिभी, भण्डारी पब्लिक कुरा डटकम, आचार्य रेडियो नेपाल, मगर लुम्बिनीखबर र अधिकारी समता टिभीमा आबद्ध छन् । यस्तै क्लबको तालिम समिति संयोजकमा अरुणराज शर्मा ज्ञवाली र सदस्यमा झब्बर यादव चयन भएका छन् । ज्ञवाली स्टारखबर नेपाल डटककम र यादव लुम्बिनी खबरमा आबद्ध छन् । क्लबको लेखा समिति संयोजकमा शोभाकान्त रेग्मी चयन भएका छन् । उनी सिद्धार्थ एफएममा आबद्ध छन् ।

निर्वाचित भएपछि क्लबका अध्यक्ष रायमाझीले संस्थागत हीतलाई माथि उठाउने गरी काम गर्ने जनाए । उनले क्लबका सदस्यहरुको बृत्तिविकासमा योजनाबद्ध रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘हामीले एकढिक्का भएर रचनात्मक काम गर्ने छौं’, उनले भने, ‘यसका लागि सबैको साथसहयोग रहने विश्वास लिएको छु ।’

भैरहवा, धकधई, लुम्बिनी र मर्चवार क्षेत्रका पत्रकार आबद्ध प्रेस क्लबले यस क्षेत्रमा विगत लामो समयदेखि रचनात्मक र सिर्जनशील काम गर्दै आएको छ । यसअघि साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भैरहवा क्षेत्रमा प्रेस क्लबले खेलको भूमिका सह्रानीय रहेको जनाए । उनले आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन लगायत हरेक क्षेत्रमा क्लबमा आबद्ध पत्रकारहरुले सकारात्मक कलम चलाउँदा धेरै कुराहरु परिवर्तन र सुधारमा सहयोग पुगेको जनाए ।

यस्तै, संघका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्य, क्लबका संस्थापक अध्यक्ष माधब ढुंगाना, पूर्वअध्यक्ष नरेश केसी, सल्लाहकार कुलमणि ज्ञवाली, मनोरंजन शर्मा लगायतले बोल्दै संस्थागत विकास र भैरहवा क्षेत्रको आर्थिक समृद्धिका लागि क्लब र यसमा आबद्ध पत्रकारहरुले आफ्नो कलममार्फत् भूमिका निभाउनुपर्नेम जोड दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनोहरामा चर्च पनि भत्काइएको भन्दै क्रिस्चियन अभियन्ताको विरोध, अर्को ठाउँ दिन माग

काठमाडौं । भक्तपुरस्थित मनोहरा बस्तीमा निर्माण भएका अवैध घर-टहरा सरकारले आइतबार हटायो । त्यसक्रममा बस्तीभित्र रहेको मनोहर चर्च पनि भत्काइएपछि क्रिस्चि...

थापाथली, गैरीगाउँ र शान्तिनगरका १४४ परिवार सरकारको सम्पर्कमा

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र नदी किनार, जोखिमयुक्त सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका बस्ती हटाउने अभियानलाई तीव्रता दिएको छ । यस...

ढुंगामुढा भएको मनोहरा क्षेत्रमा आज बिहानैबाट डोजर चल्दै

भक्तपुर । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा आज बिहानैदेखि पुनः डोजर प्रयोग गरी घरटहरा भत्काउने काम सुरु गरिने भएको छ। हिजो साँझ स्था...

सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

खोटाङ । भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएका १९ योजनाको काम सुरु गर्न निर्माण व्यवसायीले अटेर गरेका छन् । कोशी प्रदेश सरकार, भौतिक ...

बाँझो जमिनबाट ‘चिया गाउँ’सम्म : एउटा जुक्तिले फेरिएको रेशगाउँ

बागलुङ । कहिल्यै खेती नगरेर झाडीले ढाकिएको पाखो जमिन—रेशगाउँको पहिचान यही थियो। बसाइँसराइ बढ्दै जाँदा खेत बाँझै बस्न थालेका थिए, गाउँ सुनसान हुँदै थिय...

कति छ आज विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ  ५० पैसा र बिक्रीदर १५१ र...

अझै फर्केनन् भिमफेदी कारागारबाट फरार १३३ कैदीबन्दी

मकवानपुर । मकवानपुरको भिमफेदी कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै कारागार फर्किएका छैनन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते राति कारागारको...

सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा झडप, २२ सुरक्षाकर्मी घाइते

भक्तपुर । मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउने क्रममा सुकुम्वासी बस्तीका बासिन्दाको आक्रमणबाट २२ सुरक्षाकर्मी...

बाह्र दिनमा चार सय २२ विपद्का घटना, २७ जिल्ला प्रभावित

 काठमाडौं। वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि ...

फोप्लीमा झरीको रेकर्ड, याे साताभर वर्षाकाे सम्भावना

काठमाडौं । प्रिमनसुनको संकेत अब स्पष्ट देखिन थालेको छ। पछिल्लो २४ घण्टामा फोप्ली मा ९७.६ मिलिमिटर वर्षा मापन भएसँगै पश्चिमदेखि पूर्वसम्म मौसम सक्रिय ब...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending