Khabar Dabali १० बैशाख २०८३ बिहीबार | 23rd April, 2026 Thu

सुदूरपश्चिमसामु निरीह जनकपुर, अपराजित यात्रा टुङ्गियो

खबरडबली संवाददाता

काठमाडौं । सुदूरपश्चिमका स्पीनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) मा पहिलो हार व्यहोरेको छ । बुधबार भएको खेलमा शीर्ष स्थानको जनकपुर दोस्रो स्थानको सुदूरपश्चिमसँग ७२ रनले पराजित भयो ।

यससँगै जनकपुरको अपराजित यात्रामा पूर्णविराम लागेको छ । जितसँगै सुदूरपश्चिम शीर्षस्थानमा उक्लिएको छ । पराजित जनकपुर दोस्रो स्थानमा झरेको छ । 

जितका लागि एक सय २४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरका सबै विकेट गुमाएर ५१ रनमा समेटिएको हो । जनकपुरले बनाएको यो जारी एनपिएलकै सबैभन्दा कम रन हो ।

जनकपुरलाई झुकाउन सुदूरपश्चिकको बलिङलाइन चुस्त बन्यो । जनकपुरका लागि जोसुवा ट्रम्पले १३ रन जोड्नुबाहेक कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

जनकपुरलाई सस्तो स्कोरमा समेट्न सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे र हर्मित सिंहले दुई दुई विकेट लिनुभयो । यस्तै नरेन साउद र स्कट कग्लेजिनले एक एक विकेट झारे। 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरका नौ विकेटको क्षतिमा एक सय २३ रन  बनाएको थियो । 

सुदूरपश्चिमका लागि ओपनरद्वय विनोद भण्डारीले ३३ र सईफ जैवले २१ रन बनाए। यस्तै इसान पाण्डेले १७ र ब्रान्डन म्याकमुलनले ११ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

बलिङमा जनकपुरका किशोर महतोले चार विकेट लिए । उनले विकेट लिने क्रममा चार ओभर पूरा बलिङ गर्दै ३५ रन खर्चिए । यस्तै सेर मल्ल र अरनिको यादवले दुई दुई विकेट लिए। हर्ष थाकरले एक विकेट झारे ।

जारी लिगका जनकपुर र सुदूरपश्चिम बलिया टोली हुन् । पाँच खेलको समाप्तिसँगै सुदुरपश्चिमले आठ अङ्क बनाएको छ । यस्तै पहिलो खेल हारेको जनकपुरको पनि आठ अङ्क छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेरि सार्वजनिक यातायातको भाडा ९.८ प्रतिशत बढ्दै

काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...

राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिए सुधन गुरुङ

काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार  प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...

महिला टी–२० च्यालेन्ज: नेपालले रुवान्डालाई दुई विकेटले हरायो

काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...

व्यवसायीद्वय दीपक भट्ट र अग्रवालमाथि अनुसन्धान गर्न ७ दिन म्याद थप

काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...

कर्णबहादुर मल्ल पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, सात अर्बको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...

कानुनी परिपालना गर्न औद्योगिक प्रतिष्ठानलाई विभागको निर्देशन

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...

गृहमन्त्रीको राजीनामाबारे प्रचण्डको प्रतिक्रिया: उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...

१४ केजी बढी चरेस सहित चार जना पक्राउ

कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...

चैत १३ मा गृहमन्त्री नियुक्त भएका गुरुङले दुईदिन अघिमात्रै किनेका थिए भेडेटारमा जग्गा

विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending