Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

विश्वविद्यालय सञ्चालनमा मैले हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री ओली

खबरडबली संवाददाता

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय सञ्चालन गर्न आफूले हस्तक्षेप नगरेको बताएको छन्।

बिहीबार त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनलाई सम्बोधन गर्दै उनले विश्वविद्यालय उपकुलपतिले नै सञ्चालन गर्ने भन्दै आफूले कुनै हस्तक्षेप नगरेको बताएको हो। उनले साना कुरामा नअल्झिकन विश्वविद्यालयलाई मजबुत बनाउनुपर्नेमा जोड दिए।

उनले भने, ‘शिक्षा क्षेत्र मुक्त मनले चल्न पाउनुपर्छ।तर मुक्त मनले चल्दा, नियम, कानुन र प्रक्रियाभित्र चल्नुपर्छ।त्रिभुवन विश्वविद्यालयको सर्वोच्च संस्था भनेको सिनेट नै हो।नीति, कार्यक्रम, बजेट यसैले पास गर्दछ।म सधैँ देखिरहेको छु, कुलपतिले हस्तक्षेप गर्‍यो, मेरोबिरुद्ध त यसैपनि कहीँ पहिरो गयो भने प्रधानमन्त्री नै यस्तो छ पहिरो किन जाँदैन।वर्षा बाढी गयो भने प्रधानमन्त्री नै यस्तो छ बाढी किन जाँदैन।कहीँ मान्छे हार्टअट्याक भयो भने प्रधानमन्त्री नै यस्तो छ, हार्टअट्याक किन हुँदैन।जे सुकै भएपनि प्रधानमन्त्रीलाई एउटा गाली नगरीकन त चित्त नबुझ्ने तत्व छन् नेपालमा।मेरो कुनै हस्तक्षेप होइन।हामी सबैले साना कुरामा नल्झिएर विश्वविद्यालयलाई मजबुत बनाउनु पर्छ।हिजो मात्रै पनि अखबारमा छापियो, प्रधानमन्त्रीको हस्तक्षेपले गर्दा मात्रै पनि बिलम्ब भयो।अहिले पनि उपकुलपतिजीले कसोकसो एउटा शब्द भने।किन बिलम्ब भयो, भन्दा खै मैले राम्रो बुझिन।निष्पक्ष र मेरिटोक्रेसीमा आधारित भएर गर्नुस् ।’

प्रधानमन्त्री ओलीले विश्वविद्यालय अफ्ठ्यारोमा नपरोस् भन्नेकुरामा कुलपतिले ध्यान दिने पनि बताउनुभयो।उहाँले पुस ७ गतेको विश्वविद्यालय सिनेटमा निमित्त डिनसहित उपस्थित हुन निर्देशन दिनुभयो।साथै विश्वविद्यालयले विश्वविद्यालयको नीति अधिवेशनबाट ११ बुँदे प्रस्ताव पास गरेको छ।सभामा पेश भएका १२ बुँदे प्रस्तावमध्ये ११ बुँदा पास भएका हुन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शीतल निवासमा तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...

आयोगले गर्याे तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा

काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...

देउवा र ओली सुटुक्क पुगे शीतल निवास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...

सिन्धुलीमा शरीरमा पेट्रोल छर्की आगो लगाई बुहारीको हत्या, सासू र नन्द पक्राउ

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...

छानबिन आयोगले पठायो पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र

काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...

सरकारी टोलीले गर्याे क्षतिग्रस्त नेकपा कार्यालयको अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...

शितल निवासमा प्रधानमन्त्री कार्की र तीन शीर्ष नेताबीच पहिलो पटक वार्ता हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...

हामी सुदन गुरुङजी र कुलमानजीसँग पनि कुरा गर्छौ: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...

सबैभन्दा पहिला चुनावमा भाग लिने स्पष्ट सन्देश एमालेबाट आयो: सञ्चारमन्त्री खरेल

काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...

हुस्सु र कुहिरोले नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन

नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन ।  नागरिक उड्डयन क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending