Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

इरानमा हिजाबसम्बन्धी कडा विधेयकमा सुधार गर्न सांसदहरुद्वारा आग्रह

खबरडबली संवाददाता

तेहरान । इरानका सांसदहरूले हिजाब लगाउन इन्कार गर्ने महिलालाई कडा सजाय दिने विधेयकमा संशोधन गर्न माग गरेका छन् । संसदमा पारित भइसकेको तर अन्तिम पुष्टिका लागि सरकारसमक्ष पेश नगरिएको यो विधेयकले इरानमा महिलाका लागि तोकिएको पहिरनको नियम (कानुन)को विरोधमा देशव्यापी विरोध प्रदर्शन सुरु भएको दुई वर्षभन्दा बढी भइसकेको छ । 

इरानी समाचार एजेन्सी आईएसएनएका अनुसार इरानका संसदीयमामिला हेर्ने उपाध्यक्ष शाहराम दबिरीले विधेयकलाई अनुमोदनका लागि नपठाउन आग्रह गरेका हुन् । “हामीले योनिक शुद्धता र हिजाबसम्बनधी कानुन कार्यान्वयनका लागि नपठाउन सरकारसँग अनुरोध गरेका छौँ,” दबिरीलाई उद्धृत गर्दै आईएसएनएले जनाएको छ । 

उनले भने, “इरानी सभामुख समक्ष पनि विधेयकमा संशोधनका लागि अनुरोध गरिएको छ ।” दबिरीले संशोधनको प्रकृति निर्दिष्ट गर्नुभएन र प्रक्रियाको लागि समयसीमा पनि तोक्नुभएको छैन । सन् २०२३ को सेप्टेम्बरमा संसदले ‘योनिक पवित्रता र हिजाबको संस्कृतिको प्रवर्धनमार्फत परिवारलाई समर्थन गर्ने कानून’ नामक विधेयकलाई अनुमोदन गरेको थियो । 

त्यसपछि यसले गार्जियन काउन्सिलको अनुमोदन प्राप्त गरेको छ, जुन कानूनको परीक्षण गर्ने अधिकार प्राप्त निकाय हो । यो विधेयकको औपचारिकताका लागि यही डिसेम्बरमा राष्ट्रपति मसूद पेजेस्कियानसमक्ष पठाइने कार्यक्रम थियो तर पेजेस्कियनले यसभित्रका कतिपय प्रावधानमा देखिएका धेरै ‘अस्पष्टता’ को हवाला दिँदै यसलाई कानूनी रुप दिन ‘आपत्ति’ व्यक्त गरेका छन् । 

स्थानीय सञ्चारमाध्यमका अनुसार ‘योनिक पवित्रता र हिजाबको संस्कृतिको प्रवर्धनमार्फत परिवारलाई समर्थन गर्ने कानून’ को धारा ७४ मा विधेयकले महिलाको सार्वजनिक पहिरनमा कडाइ गर्नुका साथै ‘ड्रेस कोड’ लागू नगर्ने व्यवसायीलाई कारबाही गर्ने उल्लेख छ । विधेयकले ‘नग्नता’ वा ‘अभद्रता’ लाई बढावा दिनेलाई १० वर्षसम्म जेल वा छ हजार डलरभन्दा बढी जरिवाना को व्यवस्था गरिएको छ । 

सन् १९७९ को इस्लामिक क्रान्तिपछि गणतन्त्रको सुरुवातदेखि नै इरानमा महिलाले आफ्नो घाँटीभन्दा माथिको भागलाई ढाक्नु पर्ने कानुनी व्यवस्था छ । सन् २०२२ को अन्त्यतिर इस्लामिक ‘ड्रेस कोड’ उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका २२ वर्षीय इरानी कुर्द महसा अमिनीको हिरासतमा मृत्यु भएपछि विरोध प्रदर्शनको लहर सुरु भएको थियो । महिनौँसम्म चलेको अशान्तिमा दर्जनौं सुरक्षाकर्मीसहित सयौँको मृत्यु भएको थियो । हजारौं प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending