काठमाडौं। खगोलविद्हरूले ब्रह्माण्डको अर्को कुनामा पानीको विशाल भण्डार फेला पारेका छन् ।
जुन पृथ्वीबाट १२ अर्ब प्रकाश वर्ष टाढा अवस्थित छ। यो विशाल दूरीले आज हामीले देखेको प्रकाश ब्रह्माण्डको जन्मपछि यात्रामा निस्किएको हो भन्ने संकेत गर्छ।
अन्तरिक्षको अर्को कुनामा पाइने यस जलभण्डारको आकार यति ठूलो छ कि यसमा पृथ्वीका सबै महासागरको कुल पानीभन्दा १४० ट्रिलियन गुणा बढी पानी रहेको अनुमान गरिएको छ। अन्तरिक्ष पानीको यो भण्डार एक सुपरमासिभ ब्ल्याक होलको नजिक अवस्थित छ।
यस ब्ल्याक होलको वरिपरि एउटा क्वासार छ, जसको नाम एपिएमः ०८२७९–५२५५ हो । यो ब्ल्याक होलले एक हजार ट्रिलियन सूर्य बराबरको ऊर्जा उत्पादन गर्छ। खगोलविद्हरूका अनुसार क्वासार ब्रह्माण्डमा अहिलेसम्म फेला परेको सबैभन्दा टाढाको र सबैभन्दा ठूलो पानीको भण्डार हो।
क्यालिफोर्नियाको पासाडेनामा रहेको नासाको जेट प्रोपल्सन ल्याबोरेटरीका वैज्ञानिक म्याट ब्राडफोर्डले खोज टोलीको नेतृत्व गर्दै भने, ‘यस क्वासर वरपरको वातावरण एकदमै अनौठो छ किनभने यसले यति ठूलो मात्रामा पानी उत्पादन गरिरहेको छ।’
यो ब्रह्माण्डमा पानी फैलिएको संकेत हो,’ ब्राडफोर्डले भने।
ब्राडफोर्डको टोली र खगोलविद्हरूको छुट्टै टोलीले एपीएम ०८२७९ं५२५५ र यसको केन्द्रीय ब्ल्याक होलको अनुसन्धान गरेका थिए । जसरी ब्ल्याक होलले वरपरका वस्तुहरूलाई आफूतर्फ आकर्षित गर्छ, त्यसैगरी यसले ग्यास र धुलोलाई पनि तताउने गरेको बताइएको छ । यसले एक क्षेत्र सिर्जना गर्दछ, जहाँ धेरै प्रकारका तत्वहरू पाइन्छ।
वैज्ञानिकहरूले ५० वर्षअघिको टेलिस्कोपमार्फत अन्तरिक्षको दुर्गम भागहरूमा अत्यन्तै उज्यालो स्रोतहरू अवलोकन गर्दा क्वासारहरू पत्ता लगाएका हुन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १७:४२
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र हुकुमी शैलीको नेतृत्व र निरंकुश प्रवृत्ति देखिन थालेको टिप्पणी गरेका छन्। बुधबार न...
श्रावण ६ गते, २०८३ - १७:३२
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपैय...
श्रावण ६ गते, २०८३ - १७:२३
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले कांग्रेसले ‘प्रजातान्त्रिक समाजवाद’को सिद्धान्त त्यागेर ‘सामाजिक लोकतन्त्र’लाई अंगीकार गर...
श्रावण ६ गते, २०८३ - १७:१७
काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अग्रव...
श्रावण ६ गते, २०८३ - १६:५७
दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ मा सर्पको टोकाइबाट आमा–छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी न...
श्रावण ६ गते, २०८३ - १६:५०
काठमाडौं। सरकारले विशेष अदालत र श्रम अदालतमा नयाँ अध्यक्ष नियुक्त गर्नुका साथै शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्ण...
श्रावण ६ गते, २०८३ - १६:४५
काठमाडौँ। सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्क...
श्रावण ६ गते, २०८३ - १६:४२
काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको...
श्रावण ६ गते, २०८३ - १६:०९
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टी सभापति गगन थापामाथि पार्टी सञ्चालन शैलीलाई लिएर आलोचना गरेका छन्। बीपी कोइरालाको ४४औँ स्मृ...
श्रावण ६ गते, २०८३ - १६:०६
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेको छन्। प्रधानमन्त्री...



प्रतिकृया लेख्नुहोस्: