म्याग्दी। करोडौं रुपियाँ खर्चिएर निर्माण गरिएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहिन भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका १ दोवामा निर्माण भएको पालिकास्तीय अस्पताल भवन मेडिकल उपकरण, स्वास्थ्य जनशक्ति र अन्य पूर्वाधारको व्यवस्थापन नहुँदा दुई वर्षदेखि प्रयोगविहिन बनेको हो ।
'भवन मात्र ठडिएको छ । अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने अन्य पूर्वाधारको अभाव छ । मेडिकल उपकरण खरिद गर्ने बजेट छैन' गाउँपालिका अध्यक्ष भारतकुमार पुनले भने, ूभवन मात्र बनाएर अस्पताल सञ्चालन गर्न सकिँदैन । अस्पतालका लागि आवश्यक पर्ने पूर्वाधार र जनशक्ति माग गर्न तीन पटक सम्म संघीय सरकारसँग पुग्यौं हाम्रो कुराको सुनुवाई भएन । हजुरको मात्र होइन देशभर यस्तै समस्या छ भनेर जवाफ पायौं । अस्पताल संचालनमा ल्याउन नसक्दा अहिले भवन अलपत्र जस्तै बनेको छ '
संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उद्देश्य अनुसार २०७९ फागुनमा अस्पताल भवन निर्माण सम्पन्न भएको थियो । भवन बनेको लामो समय हुँदा पनि अस्पताल सञ्चालनमा नआउँदा पालिकावासीहरु आधारभूत तहको स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएको पालिका अध्यक्ष पुनले बताए।
पाँच करोड १२ लाख ६० हजार ६ सय ५२ रुपियाँ लागतमा अपाङ्गमैत्री पाँच शैया क्षमताको भूकम्प प्रतिरोधी भवन निर्माण भएको थियो । निर्माण भएको भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधी भण्डार कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवास सहित ३५ वटा कोठा रहेका छन् । भवनको माथिल्लो तल्लाका तीनवटा कोठामा स्वास्थ्यकर्मीका लागि आवास निर्माण गरिएको छ ।
भवन निर्माणका लागि २०७८ वैशाख १७ गते रविना–अमित जेभीले सम्झौता गाउँपालिकासँग सम्झौता गरी भवन निर्माण गरेको थियो । भवन निर्माण सम्पन्न भएपनि निर्माण व्यवसायीलाई केही रकम भुक्तानी गर्न बाँकी रहेको पालिकाले जनाएको छ ।
आवश्यक सामग्री र जनशक्ति व्यवस्थापन गरी अस्पताल सञ्चालनका लागि गाउँपालिकाले संघीय सरकारसँग माग गरेको पालिका अध्यक्ष पुनले बताए। दोवाका बासिन्दाले अस्पताल निर्माण गर्न १२ रोपनी सात आना दुई दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराएका थिए । सो जग्गाको स्थानीय बजार मूल्य एक करोड रुपियाँ भन्दा बढी छ ।
अस्पताल भवन निर्माण लागि नौप्रसाद पुर्जाले एक रोपनी तीन पैसा, यादवबहादुर गर्बुजाले एक रोपनी आठ आना, गमबहादुर गर्बुजाले एक रोपनी १० आना, अमरबहादुर गर्बुजाले पाँच रोपनी चार आना, घमती पुर्जाले १३ आना, कर्णबहादुर पुर्जाले दुई रोपनी दुई आना र टीकाबहादुर पुर्जाले साढे दुई आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए । अस्पताल भवन निर्माणका लागि निशुल्क जग्गा दिएका जग्गादाताहरु अस्पताल भवन अलपत्र पर्दा दुःखी भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २९ गते, २०८३ - १०:०२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख ३० गते बुधबार केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीका प्रवक्ता मनिष झा का अनुसार बैठक बिहान ९ बजे वन...
बैशाख २९ गते, २०८३ - ०९:३१
गुल्मी। शिक्षा विकास तथा समन्वय इकाई, गुल्मीका अनुसार जिल्लामा छ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । तीमध्ये पाँच जना छात्रा रहेका छन् । र...
बैशाख २८ गते, २०८३ - १७:५९
काठमाडौँ । सरकारले शिक्षा क्षेत्रलाई सुधार र समृद्धिको आधारका रूपमा स्थापित गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम प्रस्तुत ...
बैशाख २८ गते, २०८३ - १७:४२
काठमाडौँ। सरकारले सबै तहका पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गर्ने भएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै रा...
बैशाख २८ गते, २०८३ - १७:३६
काठमाडौँ। सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त गरिने जनाएको छ । सोमबार सङ्घीय संसद्को स...
बैशाख २८ गते, २०८३ - १७:२६
काठमाडौँ। सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्ष (२०८३–८४)को नीति तथा ...
बैशाख २८ गते, २०८३ - १७:१६
काठमाडौँ । सरकारले नेपाललाई परम्परागत श्रम–आधारित अर्थतन्त्रबाट डिजिटल, सेवा र प्रविधिमुखी अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने घोषणा गरेको छ । आगामी आर्...
बैशाख २८ गते, २०८३ - १७:०२
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । सङ्घीय संसद...
बैशाख २८ गते, २०८३ - १६:५६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको न...
बैशाख २८ गते, २०८३ - १६:४६
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको बचत फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने घोषणा गरेको छ। र...


प्रतिकृया लेख्नुहोस्: