Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

सरकार ढल्छ भनेर अफवाह फैलाउनु गलत : महासचिव पोख्रेलल

खबरडबली संवाददाता

घोराही। नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले कसैलाई चित्त नबुझ्दैमा वर्तमान सरकार ढल्छ भनेर अफवाह फैलाउनु गलत भएको बताएको छन ।

नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग दाङले सोमबार घोराहीमा नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारी, केन्द्रीय पार्षद्, प्रदेश पार्षद् तथा सदस्यहरूलाई सम्मान एवं बधाई ज्ञापन कार्यकमललाई सम्बोधन गर्दै महासचिव पोख्रेलले निश्चित उद्देश्य पूरा गर्नका लागि बनेको गठबन्धन वर्तमान गठबन्धन नढल्ने बताएको हो ।  पोख्रेलले सरकारमा सहभागी दुई प्रमुख पार्टी काँग्रेस र एमालेलाई  असफल हुने छुट नरहेको बताए।

अस्थिरताको हौवाबाट तर्सिनुपर्ने अवस्था नरहेको भन्दै महासचिव पोख्रेलले सरकारमा रहेका दुई दल चुनौतीको सामना गर्ने गरी गतिलो गृहकार्य गरेर अघि बढिरहेको बताए। उनले भने, संकट समाधान गर्न संवेदनशील छन् । संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर अधिकतम सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउँछौँ ।

सरकारले लगानीको वातावरण निर्माण गर्ने गरी भूमिका बढाएको बताउँदै लगानी गर्न नडराउन समेत लगानीकर्तालाई आग्रह गरे।

महासचिव पोख्रेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारले धेरै क्षेत्रमा सुधार गर्न सफल भएको बताउदै भने, विगतको तुलनामा अहिले धेरै सुधार भएको छ । विगतमा भन्दा १७ प्रतिशतले राजश्व सङ्कलन बढेको हो । पुँजीगत खर्च बढेको छ । दुई महिना भित्र सबै भुक्तानीको दायित्व तिर्नुपर्ने बाटोमा सरकार जादै छ । मौद्रिक तरलतालाई व्यवस्थित गर्नुपर्ने छ ।झ

परिस्थिति परिपक्व नहुँदासम्म संविधान संशोधनको काम अघि नबढ्ने बताउनुभयो  विगतमा जुन अवस्था रह्यो । त्यस्तो अवस्था आउन नदिने गरी संविधान संशोधनको प्रक्रिया अघि बढाउछौं , महासचिव पोख्रेलले भन्नुभयो, तीन तहका सरकारको कामलाई प्रभावकारी बनाउने गरी संरचना सुधार, अधिकारमा स्पष्टता र कानुन सुधार गरेर जान सक्ने बारेमा समेत गृहकार्य गरिरहेका छौँ । यस्तै नयाँ भन्ने बित्तिकै विकल्प हुन नसक्ने भन्दै महासचिव पोख्रेलले राजनीति घाम छाँया नरहेको स्पष्ट पारे।

महासचिव  पोख्रेलले संस्थागत पत्रकारिता कमजोर हुँदा सामाजिक सञ्जाललाई पत्रकारिता मान्ने जमात बढ्न थालेको प्रति चिन्ता व्यक्त गरेको थियो  । संस्थागत पत्रकारिता कमजोर हुँदा अराजकता र स्वच्छन्दतावाद हाबी बढेको भन्दै महासचिव पोख्रेलले भन्नुभयो, तथ्यहिन, भ्रामक र नियोजित चिज बढी खोजिन थाल्यो । संस्थागत पत्रकारितालाई बलियो बनाउने गरी नयाँ बहस सुरु गर्नुपर्छ । सोसल मिडिया चलाएर पत्रकार भन्ने गलत अभ्यास हुनु हुँदैन, यो राम्रो होइन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

पर्वत। सङ्घीयता कार्यान्वयनमा आएको एक दशकपछि यहाँको फलेवास नगरपालिकाको भवन निर्माण भएको छ । जिल्लाको सातवटा स्थानीय तहमध्ये फलेवास नगरपालिका आफ्नै ...

१२ वर्षदेखि अलपत्र घुमाउने पुलको ठेक्का रद्द

तनहुँ । पोखरा–नारायणगढ सडकको वैकल्पिक मार्गका रूपमा रहेको बुद्धसिंह मार्गअन्तर्गत घुमाउनेस्थित त्रिशूली नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का सम्झौता...

समस्याग्रस्त सहकारीका बचत फिर्ता प्रक्रिया अघि बढ्दै

काठमाडौँ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका बचतकर्ताको मागदाबी अनुसार बचत फिर्ता प्रक्रिया अघि बढाउन आवश्यक विवरण संकलन कार्...

कोइराला पक्षको आकस्मिक छलफल

काठमाडौं । शेखर कोइरालाले आफू निकट नेताहरूलाई छलफलका लागि बोलाएका छन्। गगन थापा ले सोमबार विशेष महाधिवेशनमा सहभागी नभएका १९ जनालाई केन्द्रीय सदस्यमा म...

संघीय संसद्का ८ संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज ८ वटा संसदीय समितिका बैठक बस्दैछन्। विभिन्न समितिहरूमा मन्त्रालयका कामकारबाही, बजेट कार्यान्वयन, सडक सुरक्षा, शिक्षा...

रास्वपाले बुधबार बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख ३० गते बुधबार केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीका प्रवक्ता मनिष झा का अनुसार बैठक बिहान ९ बजे वन...

गुल्मीका पाँच छात्रासहित छ जनाले ल्याए ४ जीपीए

गुल्मी। शिक्षा विकास तथा समन्वय इकाई, गुल्मीका अनुसार जिल्लामा छ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । तीमध्ये पाँच जना छात्रा रहेका छन् । र...

एआईमा आधारित सिकाइ प्रणाली विस्तार गर्ने सरकारको घोषणा

काठमाडौँ । सरकारले शिक्षा क्षेत्रलाई सुधार र समृद्धिको आधारका रूपमा स्थापित गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम प्रस्तुत ...

पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गरिने

काठमाडौँ। सरकारले सबै तहका पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गर्ने भएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै रा...

राजनीतिक दलको गतिविधिमा संलग्न भए कर्मचारी अयोग्य ठहरिने

काठमाडौँ। सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त गरिने जनाएको छ । सोमबार सङ्घीय संसद्को स...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending