Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

ऊर्जा क्षेत्रको विकासबाटै मुलुकमा आर्थिक समृद्धि : ऊर्जामन्त्री खड्का

खबरडबली संवाददाता

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासले मात्रै मुलुकमा आर्थिक समृद्धि ल्याउनसक्ने दाबी गरेको छन ।

ऊर्जामन्त्री खड्काले नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना रहेको भन्दै नेपालमा ऊर्जा क्षेत्रको विकासले आर्थिक समृद्धि ल्याउनसक्ने दाबी गरेको हो । उनले न्युज एजेन्सी नेपालसँग कुरा गर्नुहुँदै मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकास गरेर मुलुकमा आर्थिक समृद्धि ल्याउन सम्भव रहेको उल्लेख गरे ।

मन्त्री खड्काले आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने र आन्तरिक खपतका लागि जोड दिँदै बाँकी रहेको विद्युत् निर्यात गर्ने लक्ष्य राखेको जानकारी दिए। उक्त लक्ष्य पूरा गर्न नीतिगत र संरचनामा सुधार गर्नुपर्ने उनको भनाइ छ ।

‘‘नेपालमा ऊर्जा क्षेत्रको विकासले आर्थिक समृद्धि ल्याउन सकिन्छ । यो सम्भव छ । जलविद्युत् क्षेत्र अहिलेका लागि सबैभन्दा ठुलो क्षेत्र रहेको छ । त्यसै अन्तर्गत रहेर सरकारले एउटा लक्ष्य हुनुपर्छ भन्ने दृष्टिकोणका साथ २८ हजार पाँच सय मेगावाट उत्पादन गर्ने र आन्तरिक खपतका लागि जोड दिने र बाँकी रहेको विद्युत् निर्यात गर्ने लक्ष्य राखेको छ ।,’’ मन्त्री खड्काले भने, ‘‘त्यो लक्ष्य पूरा गर्नका लागि नीतिगत र संरचनागत के परिवर्तन गर्नुपर्छ भन्दा वनका समस्या, जग्गा प्राप्ति जस्ता समस्याहरूलाई समेत समेटेर छिटो छरितो गर्ने,हिउँदको समयमा विद्युत् अभाव हुने विषयलाई सम्बोधन गर्ने विषयमा रिजर्भर परियोजनामा जाने नीतिगत निर्णय गरेर अगाडि बढेको अवस्था छ ।’’

उनले संरचना र नीतिगत परिवर्तनका लागि सरकार तयार रहेको बताए । उनले जलविद्युत् क्षेत्रमा देखिएका वनका समस्या, जग्गा प्राप्ति जस्ता समस्याहरूलाई समेत समेटेर छिटो छरितो गर्ने, हिउँदको समयमा विद्युत् अभाव हुने विषयलाई सम्बोधन गर्ने विषयमा रिजर्भर परियोजनामा जाने नीतिगत निर्णय गरेर अगाडि बढेको जानकारी दिए ।

मन्त्री खड्काले भारतसँग विद्युत् बिक्री गर्ने सम्झौता गरेसँगै यो वर्ष साढे नौ सय मेगावाटसम्म बिक्री गर्न सफल भएको बताए। उनले भारतमा विद्युत् व्यापार वृद्धि हुँदा भारतसँगको व्यापार घाटा कम भएको बताए। उनले विगतमा विद्युत् निर्यातमा १३ अर्ब जति रकम भारतलाई तिर्ने गरेको भए पनि यो वर्ष १० अर्बभन्दा बढी नाफामा रहेको जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

पर्वत। सङ्घीयता कार्यान्वयनमा आएको एक दशकपछि यहाँको फलेवास नगरपालिकाको भवन निर्माण भएको छ । जिल्लाको सातवटा स्थानीय तहमध्ये फलेवास नगरपालिका आफ्नै ...

१२ वर्षदेखि अलपत्र घुमाउने पुलको ठेक्का रद्द

तनहुँ । पोखरा–नारायणगढ सडकको वैकल्पिक मार्गका रूपमा रहेको बुद्धसिंह मार्गअन्तर्गत घुमाउनेस्थित त्रिशूली नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का सम्झौता...

समस्याग्रस्त सहकारीका बचत फिर्ता प्रक्रिया अघि बढ्दै

काठमाडौँ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका बचतकर्ताको मागदाबी अनुसार बचत फिर्ता प्रक्रिया अघि बढाउन आवश्यक विवरण संकलन कार्...

कोइराला पक्षको आकस्मिक छलफल

काठमाडौं । शेखर कोइरालाले आफू निकट नेताहरूलाई छलफलका लागि बोलाएका छन्। गगन थापा ले सोमबार विशेष महाधिवेशनमा सहभागी नभएका १९ जनालाई केन्द्रीय सदस्यमा म...

संघीय संसद्का ८ संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज ८ वटा संसदीय समितिका बैठक बस्दैछन्। विभिन्न समितिहरूमा मन्त्रालयका कामकारबाही, बजेट कार्यान्वयन, सडक सुरक्षा, शिक्षा...

रास्वपाले बुधबार बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख ३० गते बुधबार केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीका प्रवक्ता मनिष झा का अनुसार बैठक बिहान ९ बजे वन...

गुल्मीका पाँच छात्रासहित छ जनाले ल्याए ४ जीपीए

गुल्मी। शिक्षा विकास तथा समन्वय इकाई, गुल्मीका अनुसार जिल्लामा छ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । तीमध्ये पाँच जना छात्रा रहेका छन् । र...

एआईमा आधारित सिकाइ प्रणाली विस्तार गर्ने सरकारको घोषणा

काठमाडौँ । सरकारले शिक्षा क्षेत्रलाई सुधार र समृद्धिको आधारका रूपमा स्थापित गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम प्रस्तुत ...

पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गरिने

काठमाडौँ। सरकारले सबै तहका पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गर्ने भएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै रा...

राजनीतिक दलको गतिविधिमा संलग्न भए कर्मचारी अयोग्य ठहरिने

काठमाडौँ। सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त गरिने जनाएको छ । सोमबार सङ्घीय संसद्को स...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending