इस्लामाबाद । पाकिस्तानको पञ्जाबको फतेह जङ्ग क्षेत्र नजिकै सोमबार भएको बस दुर्घटनामा ११ जनाको मृत्यु भएको र २२ जना घाइते भएका छन् । जियो न्युजले मोटरवे पुलिसलाई उदृत गर्दै बहावलपुरबाट इस्लामाबादतर्फ जाँदै गरेको बस एम-१४ मोटरवेमा पल्टिएको बताएको छ ।
उद्धार अधिकारीहरुका अनुसार पीडितहरु बहावलपुर, वेहारी, शराकपुर र इस्लामाबादका थिए । तीन महिलासहित छ जनालाई बेनजीर भुट्टो अस्पतालमा सारिएको र एक घाइतेलाई इस्लामाबाद र जिल्ला मुख्यालय अस्पतालमा सारिएको उद्धार अधिकारीहरुले बताएका छन् । जियो न्युजका अनुसार मोटरवे प्रहरीले दुर्घटना चालकको लापरवाहीका कारण भएको बताएको छ ।
मोटरवे प्रहरी महानिरीक्षक रिफत मुख्तारले बस दुर्घटनाको तत्काल छानबिन गर्न आदेश दिएका छन् । गत महिना विवाहका पाहुनाहरु सहितको ‘अत्यधिक गतिमा’ गुडिरहेको बस पुलबाट सिन्धु नदीमा खस्दा गिलगिट-बाल्टिस्तानमा कम्तीमा १४ जनाको मृत्यु भएको थियो । त्यसअघि सेप्टेम्बरमा बलुचिस्तानको शेरानीको दानासर क्षेत्रमा बस खाडलमा खस्दा छ जनाको मृत्यु र अन्य २० जना घाइते भएका थिए ।
शनिबारको एउटा घातक दुर्घटनामा ज्याकोबाबादको थुल क्षेत्रमा यात्रुवाहक बस खाडलमा खस्दा पाँच जनाको मृत्यु भएको र अन्य १५ जना घाइते भएको एआरवाई न्युजले जनाएको छ । अक्टोबर २७ मा एउटा यात्रुवाहक बस खाडलमा खस्दा चार जनाको मृत्यु र २३ भन्दा बढी घाइते भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: