Ntc summer Offer
Khabar Dabali १८ पुष २०८१ बिहीबार | 2nd January, 2025 Thu
Investment bank

बाँकेमा दुईसय ३० जना फरार प्रतिवादी पक्राउ

खबरडबली संवाददाता

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले पाँच महिनाको अवधिमा २३० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि मंसिर महिनासम्म अदालतबाट दोषी ठहर भइ सजाय भुक्तान नगरी फरार रहेका २३० जनालाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी आयुस जोशीले जानकारी दिए । 

उनले उनीहरुबाट ६६ बर्ष २७ दिन कैद, १९ लाख १९ हजार ७४७ रपियाँ जरिवाना समेत असुलउपर गरिएको बताए । पक्राउ परेकामध्ये लामो समयदेखि फरार रहेका अभियुक्तहरू रहेको प्रहरीले जनाएको छ । सो अवधिमा विभिन्नखाले ५९५ वटा मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । ५६७ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको पनि प्रहरीको तथ्याङ्कमा उल्लेख छ । सर्दै आएका १७० मुद्दाहरु फछ्र्यौट गरिएको छ । 

डिएसपी जोशीका अनुसार सो अवधिमा ठाडो उजुरी १ हजार ८९८ वटा प्राप्त भएकोमा १ हजार ५६२ फछ्र्यौट भएका थिए । २६० वटा बाँकी निबेदन प्रक्रियामा छन् । महिला बालबालिकासँग सम्बन्धित मात्र ५९ वटा मुद्दा दर्ता भएका छन् । त्यसमा २६ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ । घरेलु हिंसासम्बन्धि २९४ वटा उजुरी प्राप्त भएकोमा २७६ वटा फछ्र्यौट भएको बाँकी अनुसन्धान कारवाही प्रक्रियामा रहेको प्रहरीको तथ्याङ्क छ । हराएका महिला, बालबालिका तथा ज्येष्ठ नागरीक सम्बन्धमा १८४ वटा निबेदन प्राप्त भएकोमा १११ जना फेला पारी अबिभावकको जिम्मा लगाइएको र बाँकी खोजतलासको क्रममा रहेका छन् । 

अलपत्र अवस्थामा रहेका ५८ जना महिला बालबालिका तथा ज्येष्ठ नागरिकलाई फेला पारी उद्धार गरिएको र ३७ जनालाई संरक्षणको लागि संस्थामा पठाइएको प्रहरीको तथ्यांकमा उल्लेख छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रूस निर्वासनमा रहेका सिरियाका पुर्व राष्ट्रपतिलाइ बिष हालेर मार्ने प्रयास, अनुसन्धान जारी

मस्को । सिरियाबाट ज्यान जोगाएर परिवारसहित रुस भागेका पूर्वराष्ट्रपति बसर अल असदलाई मार्ने प्रयास गरिएको खुलासा भएको छ । बेलायती पत्रिका ‘द सन’मा प्रका...

रविसहितलाइ प्रतिबादी बनाएर काठमाडाैं प्रहरीले बुझायो प्रतिवेदन

काठमाडौं । कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायतका बिरूद्दमा अदालतमा बसह चलिरहदाँ काठमाडौंमा पनि मुद्...

उदयपुरकाे कटारीबाट लागुऔषधसहित पाँचजना पक्राउ

उदयपुर । उदयपुरको पश्चिम क्षेत्रमा पर्ने कटारी नगरपालिकाको कटारी बजारबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कटारीको विशेष टो...

मधेशमा आगामी २३ पुसमा प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस

धनुषा । मधेश प्रदेशसभाको चौथो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ । बुधबार बसको प्रदेशको मन्त्रिपरिषद् बैठकले आगामी पुस २३ गतेका ल...

झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणमा कचनकबल वडा नं ७ की ३४ वर्षीया केलावती राजबंशीको आज मृत्यु भएको छ । स्थानीय दिपज्योति सामुदायिक वनमा गाउँका १५ जना महिल...

इजरायली हमलामा जबालियामा १५ जनाको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा निकायले बुधबार क्षेत्रको उत्तरी भागमा रहेको जबालियामा एक घरलाई लक्षित गरी गरिएको रातिको इजरायली हवाई आक्रमणमा कम्तीमा १५ ...

इलाममा धान उत्पादन घट्यो

इलाम । समयमा वर्षा नहुनु, प्राकृतिक विपद् आउनुलगायत कारणले यस वर्ष इलाममा धान उत्पादन घटेको छ । यस वर्ष १० हजार तीन सय ४२ हेक्टर क्षेत्रफलमा धानखेती ग...

नेपालले बीआरआई सम्झौता गर्दा भारतले चित्त दुखाउनु गलत: खनाल

काठमाडौं । नेकपा (एस) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालले बीआरआई सम्झाैता गर्दा भारतले चित्त दुखाउनु गलत भएकाे बताएका छन् । दे...

समृद्ध नेपाल सुखी नेपाली बनाउने प्रमुख आधार पर्यटन र पूर्वाधार हाे: मन्त्री दाहाल

तनहुँ । सरकार भौतिक पूर्वाधार र पर्यटन प्रवर्द्धन विकासमा प्रतिवद्ध रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताएका छन् । बन्दीपुरम...

मधेश र मधेशी जनताको आश र भरोसा जसपा नेपालसँग मात्र छ: अध्यक्ष यादव

बाँके । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेश र मधेशीको हक अधिकारका लागि ठुलो आन्दोलन र संघर्ष गरेकोले ज...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy