Ntc summer Offer
Khabar Dabali २२ पुष २०८१ सोमबार | 6th January, 2025 Mon
Investment bank

बेपत्ता इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला

खबरडबली संवाददाता

सर्लाही ।  सर्लाहीको हरिवनमा ६ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ । हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी उखुबारीमा गाडेको अवस्थामा आज शव फेला परेको हो । 

उखुबारीमा गाडेको अवस्थामा फेला परेको शवको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। प्रसाईं गत पुस १५ गतेदेखि बेपत्ता भएका थिए । पुस १५ गते बिहान बरहथवा पैसा लिन जान्छु भनेर हिँडेका प्रसाईं साँझ अबेरसम्म पनि नफर्किएपछि परिवारले खोजी गरेका थिए। कतै फेला नपरेपछि पुस १६ गते बिहान इलाका प्रहरी कार्यालय हरिवनमा निवेदन दर्ता गरेका प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

‘परिवारले १६ गते बेपत्ता भनेर निवेदन दर्ता गरेपछि प्रहरीले उहाँको निरन्तर खोजी गरिरहेको थियो,’ प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘खोजतलासको क्रममा उहाँले लगाएको जुत्ता फेला परेपछि प्रदेश प्रहरी कार्यलयबाट कुकुर ल्याएर खोजी गरेका थियौँ। पुस १८ गते सोही वडाको नहर छेउमा मोटरसाइकल र च्यातिएको फोटोसमेत फेला परेको थियो। त्यसपछि १९ गते घटनास्थलको केही किलोमिटरको दूरीमा पर्स फेला परेपछि खोजी तीव्र पारिएको थियो। आज उखुबारीमा शव गाडेको अवस्थामा फेला परेको हो।’

उनका अनुसार प्रादेशिक अस्पतालका चिकित्सक र जिल्लाका सुरक्षा अधिकारी, सरकारी वकिलसमेतको उपस्थितिमा खाल्डो खनेर शव निकालेको हो। प्रारम्भिक मुचुल्का पछि शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याइएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ। अनुसन्धान कार्यमा बाधा पुग्ने भन्दै निजहरूको पहिचान भने गोप्य राखिएको प्रहरीले जनाएको छ। प्रसाईंको हत्यापछि गाउँ त्रासमा परेको छ। मृतक प्रसाईंले इँटा भट्टा सञ्चालन गर्दै आएका थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपचार नपाएरै गयाे खिनाको ज्यान, जोगिएन बाटोमै जन्मिएको शिशु पनि

बझाङ । बझाङमा एक सुत्केरी महिलाको उपचार नपाएरै मृत्यु भएको छ । जिल्लाको केदास्युँ गाउँपालिका –१ डुडिलकी ३१ वर्षीया खिना बोहराको बीच बाटोमै बच्चा जन्मा...

कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक

काठमाडौं । हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र विकास बोर्डको हलमा एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गर...

देशभरबाट ८ जना युवा किसान सम्मानित

काठमाडाैं । कृषि उत्पादन र उत्पादकत्वमा योगदान गर्ने विभिन्न ८ वटा विधाका किसानहरुलाई सम्मान गरिएको छ ।   नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले आफ...

सहकारीका समस्या साधान गर्न अध्यादेश ल्याएका हौँः मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीमा देखिएका वर्तमान समस्याहरु समाधानका लागि अध्यादेश ल्याएको बताएका छन् ...

नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति बनाउन प्रयासरत छुः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न मेहनत गरिरहेको बताएका छन् । सोमबार कान...

नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति बनाउन प्रयासरत छुः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न मेहनत गरिरहेको बताएका छन् । सोमबार कान...

माओवादीलाई शहरी क्षेत्रमा पहिलो बनाउन अध्यक्ष प्रचण्डको प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं उपत्यकासहित शहरी क्षेत्रको जनमत बढाउने कार्ययोजना पेस गरेका छन् । जारी...

ढिलो गर्भाधारणले बच्चामा जन्मजात रोगको जोखिम कति ?

काठमाडौं । अहिले विवाह गर्ने उमेर बढेको छ । ३०–३५ वर्षको उमेरमा मात्र विवाह गर्ने प्रवृत्ति छ । अर्कोतिर धेरै दम्पतीले विवाहलगत्तै सन्तानको योजना बनाउ...

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा कांग्रेस सांसद राईलाई उन्मुक्ति

सांसदको समेत वतन नखुलेको सरकारी वकिल कार्यालयको हाँस्यस्पद जवाफ

हराएका भारतीय पत्रकारको शव सेप्टी ट्याङ्कीमा भेटियो

काठमाडौं । हराएका भारतीय पत्रकार मुकेश चन्द्राकरको शव सेप्टी ट्याङ्कीमा फेला परेको छ ।  भ्रष्टाचारबारेमा पत्रकारिता गर्दै आएका मुकेश भारतीय राज्य छत्त...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy