रौतहट। पछिल्लो समय जंगली हात्तीले रौतहट र बाराको कैयौं पालिकामा उत्पात मच्चाएको छ।
हात्तिको उत्पातले गाउँले रातभरी जाग्राम बस्न बाध्य भएका छन्। तर नियमनकारी निकाय मौन बसेका छन्।
आज बिहान रौतहटको उत्तरिभेग गुजरा नगरपालिका–३ जंगलसहिया पशुपती टोल स्थित जंगली हात्तीले ६ वटा घरमा क्षती गरेको छ। ठूलो दारा भएको जंगली हात्ती एक्लै आएर पशुपती टोल गाउँमा घुमी घुमी ६ वटा घरमा क्षति गरेको स्थानियले जनाएका छन ।
बिहान साढे दुई बजे आएको हात्तीले स्थानीय अर्जुन शाही ठकुरीको घरको बार, रामकुमार शाही ठकुरीको घरको बार भत्काएको छ भने श्याम बहादुर, पूर्ण बहादुर, भुटा महरा , हरेन्द्र पासवानको आँगनमा रहेको धानको भकारी फोडेर क्षती गरेको प्रहरी चौकी हरिनगर पोखरभिन्डाका प्रमुख असई हलचल मियाँले बताएका छन्।
बिहान साढे दुईबजे पशुपती टोल गाउँमा पुगेको हात्तीले साढे तीन घन्टासम्म घर घरमा क्षती पुर्याउँदै बिहान ६ बजे जंगलमा फर्केको स्थानिय समाजसेवी कृष्ण पोखरेलले बताएका छन्। हात्ती गाउँमा हुन्जेल गाउँलेहरु डराएर आआफ्नो घरमा लुकेर बसेका थिए।
हात्तीले पुर्याएको क्षति बिवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो केही दिन देखि जंगली हात्ती रौतहटको गुजरा, फतुवा बिजयपुर , चन्द्रपुर नगरपालिकाको बिभिन्न वडाका साथै बाराको कोल्हवी नगरपालिका अन्तर्गतका कैयौं गाउँहरुमा क्षती पुर्याउँदै आएका छन्। जंगली हात्तीको आतंकले गाउँलेहरु त्रसित भएर नियन्त्रणको माग गरेका छन्।
चन्द्रपुर २ र ३ नम्बर वडामा पनि जंगली हात्तीले तहस नहस गरेको छ । केराबारीमा पसेर हजारौं केराको बोटमा क्षति गरे पछि स्थानिय थप आतंकित भएका छन् ।
केही महिना अघि हात्तीको आक्रमणमा परी कोल्हवी एकजना मानिसको ज्यान गएको थियो। हात्ती नियन्त्रणको लागि स्थानीयले पटक पटक आग्रह गर्दा पनि नियमनकारी निकाय मौन रहेको स्थानीयहरूले गुनासो गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...
पौष ११ गते, २०८२ - १६:०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...
पौष ११ गते, २०८२ - १५:३०
काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...
पौष ११ गते, २०८२ - १४:४५
अर्घाखाँची। भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइ...




प्रतिकृया लेख्नुहोस्: