Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित

खबरडबली संवाददाता

रौतहट। पछिल्लो समय जंगली हात्तीले रौतहट र बाराको कैयौं पालिकामा उत्पात मच्चाएको छ।

हात्तिको उत्पातले गाउँले रातभरी जाग्राम बस्न बाध्य भएका छन्। तर नियमनकारी निकाय मौन बसेका छन्। 

आज बिहान रौतहटको उत्तरिभेग गुजरा नगरपालिका–३ जंगलसहिया पशुपती टोल स्थित जंगली हात्तीले ६ वटा घरमा क्षती गरेको छ। ठूलो दारा भएको जंगली हात्ती एक्लै आएर पशुपती टोल गाउँमा घुमी घुमी ६ वटा घरमा क्षति गरेको स्थानियले जनाएका छन ।

बिहान साढे दुई बजे आएको हात्तीले स्थानीय अर्जुन शाही ठकुरीको घरको बार, रामकुमार शाही ठकुरीको घरको बार भत्काएको छ भने श्याम बहादुर, पूर्ण बहादुर, भुटा महरा , हरेन्द्र पासवानको आँगनमा रहेको  धानको भकारी फोडेर क्षती गरेको प्रहरी चौकी हरिनगर पोखरभिन्डाका प्रमुख असई हलचल मियाँले बताएका छन्।

बिहान साढे दुईबजे पशुपती टोल गाउँमा पुगेको हात्तीले साढे तीन घन्टासम्म घर घरमा क्षती पुर्याउँदै बिहान ६ बजे जंगलमा फर्केको स्थानिय समाजसेवी कृष्ण पोखरेलले बताएका छन्। हात्ती गाउँमा हुन्जेल गाउँलेहरु डराएर आआफ्नो घरमा लुकेर बसेका थिए। 

हात्तीले पुर्याएको क्षति बिवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो केही दिन देखि जंगली हात्ती रौतहटको गुजरा, फतुवा बिजयपुर , चन्द्रपुर नगरपालिकाको बिभिन्न वडाका साथै बाराको कोल्हवी नगरपालिका अन्तर्गतका कैयौं गाउँहरुमा क्षती पुर्याउँदै आएका छन्। जंगली हात्तीको आतंकले गाउँलेहरु त्रसित भएर नियन्त्रणको माग गरेका छन्।

चन्द्रपुर २ र ३ नम्बर वडामा पनि जंगली हात्तीले तहस नहस गरेको छ । केराबारीमा पसेर हजारौं केराको बोटमा क्षति गरे पछि स्थानिय थप आतंकित भएका छन् ।  

केही महिना अघि हात्तीको आक्रमणमा परी कोल्हवी एकजना मानिसको ज्यान गएको थियो। हात्ती नियन्त्रणको लागि स्थानीयले पटक पटक आग्रह गर्दा पनि नियमनकारी निकाय मौन रहेको स्थानीयहरूले गुनासो गरेका छन्।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुमवासीमाथी डोजर चलाउने कामलाई सरकारले ‘सुशासन’को संज्ञा दियो: महन्थ ठाकुर

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले सरकारको सुशासनको परिभाषा र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छन् । सङ्घीय संस...

त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपति जिम्मेवारी सुशीलबहादुर बज्राचार्यलाई

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा।डा। सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ। अध्...

हिरासतमा मृत्यु भएका श्रीकृष्ण विक प्रकरण: प्रहरी इन्सपेक्टर र जवानलाई विभागीय कारबाही सिफारिस

काठमाडौं । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा शंकास्पद अवस्थामा मृत्यु भएका श्रीकृष्ण विक घटनाको छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्य...

बन्दीपुर अस्पताललाई करिब ४० लाख मूल्यको उपकरण सहयोग

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न सङ्घसंस्था तथा व्यवसायीले करिब रु ४० लाख बराबरका आधुनिक स्वास्थ्य उपकरण सहयोग ग...

विद्युत् नियमन आयोग पदाधिकारी खुलाबाट छनोट हुँदै

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट छनोट प्रक्रिया अघि बढाएको छ...

देशको आर्थिक समृद्धिका लागि कृषिलाई आधुनिक बनाउन सांसद अर्यालको सुझाव

गौरवका आयोजना सम्पन्न गर्न काठमाडौँ । नेकपा (एमाले)का संसदीय दलका उपनेता पद्मा अर्यालले आर्थिक रूपान्तरणका लागि राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न हु...

विश्व बैँक नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न इच्छुक

काठमाडौँ। विश्व बैँकले नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न चासो देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग बिहीबार मन्त्रालयमा ने...

सुकुमवासीलाई लालपुर्जा नदिँदासम्म मासिक १५ हजार घरभाडा दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुमवासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नभएसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपल...

एमाले सचिवालय बैठक शनिबार बस्ने, ठाउँ भने अनिश्चित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले शनिबार सचिवालय बैठक बोलाएको छ। अध्यक्ष केपी शर्मा ओली को सचिवालयले बैठक बोलाइएको जानकारी दिएको हो। ...

खेल संघलाई असार १५ भित्र नवीकरण नगरे खारेजी गर्ने राखेपको चेतावनी

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेल संघहरूलाई असार १५ गतेभित्र नवीकरण गर्न सूचना जारी गरेको छ। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा नि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending