उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा ट्याक्टरसँग ठोक्किँदा स्कुटरचालकको मृत्यु भएको छ । सोमबार दिउँसो गाईघाटबाट मोतीगडातर्फ एकैदिशाबाट गइरहेको ट्याक्टरसँग स्कुटर ठोक्किँदा स्कुटरचालकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी राजन चापागाईंका अनुसार गाईघाट बजारको मेनचोकनजिक स.१त ७८ २१ नम्बरको ट्याक्टरसँग प्रदेश १–०५–००१ प ७६८४ नम्बरको स्कुटर ठोक्किएको थियो । जसमा मृत्यु हुनेमा स्कुटरचालक रौतामाई गाउँपालिका– ७ मुकुर्चीका ४० वर्षीय वासु खड्का रहेका छन् ।
डिएसपी चपागाईंले भने, ‘ट्याक्टर र स्कुटर एउटै लेनबाट मोतीगडातर्फ गइरहेका रहेछन्, दुवै सँगसँगै रहेछन् । पैदालयात्री देखेर स्कुटरले ब्रेक लगाउँदा अनियन्त्रित भएर पल्टिँदा स्कुटरचालक ट्याक्टरको पछाडिको टायरमुनि परेकाले मृत्यु भएको रहेछ ।’
दुर्घटनामा घाइते खड्कालाई तत्कालै जिल्ला अस्पताल उदयपुर पुर्याउँदा चिकित्सकहरूले मृतक घोषणा गरेको उनले जानकारी दिए । ट्याक्टर र ट्याक्टरचालक त्रियुगा नगरपालिका– ४ का ३२ वर्षे क्रान्ति चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको उनले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २३ गते, २०८१ - २०:५३
काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा सेवा उपलब्ध गराइरहेका निजी हेलिकप्टर कम्पनीलाई निकुञ्जको वन, वन्यजन्तु तथा जैविक विविधतामा कु...
पौष २३ गते, २०८१ - २०:४२
काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्गयीमा केन्द्रविन्दु भएर आज बिहान गएको ७ रिक्टरस्केलको भूकम्पका कारण नेपालमा अहिलेसम्म १३ जना घाइते (११ ...
पौष २३ गते, २०८१ - २०:३७
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिजाङ केन्द्रविन्दु बनाई गएको भूमम्पबाट भएको जनधन...
पौष २३ गते, २०८१ - २०:१३
मकवानपुर । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले राजनीतिक नेतृत्वले गरेका नीति निर्णयलाई प्रशासनिक नेतृत्वले रोक्ने गरेको आरोप लगाएका छन...
पौष २३ गते, २०८१ - १९:४५
जेनेभा । हाइटीमा बढ्दो गिरोह हिंसाले गत वर्ष पाँच हजार छ सयभन्दा बढीको ज्यान लिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार बताएको छ । अघिल्लो वर्षको तुलनमा यो ...
पौष २३ गते, २०८१ - १९:४१
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले झुटा विवरण देखाएर समाजमा भ्रम छर्ने प्रयास गरेको सहकारीपीडितहरूले आरोप लगाएका छन् । बचत फिर्ताको विषयमा ओली...
पौष २३ गते, २०८१ - १९:३५
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द...
पौष २३ गते, २०८१ - १९:३१
काठमाडाैं । नेकपा माओवादी केन्द्रको महाधिवेशन विसं २०८२ साल मंसिरमा हुने भएको छ । आइतबारदेखि मंगलबारसम्म जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनको मिति ...
पौष २३ गते, २०८१ - १९:२२
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिले १६ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । जसमा विभिन्न प्रकारका रहेका छन् । नेपाल कम्युनिस्ट...
पौष २३ गते, २०८१ - १९:०९
काठमाडौं । ललितपुरको मितेरी सहकारी ठगी प्रकरणबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग दोस्रो पटक ...
प्रतिकृया लेख्नुहोस्: