Ntc summer Offer
Khabar Dabali २४ पुष २०८१ बुधबार | 8th January, 2025 Wed
Investment bank

दाङमा कुष्ठरोगी बिरामीकाे संख्या बढ्दै

खबरडबली संवाददाता

दाङ । दाङ जिल्लामा कुष्ठरोग प्रभावितहरुको सङ्ख्या बढ्न थालेको छ । नेपाल सरकारले सन् २०१० मै नेपाललाई कुष्ठरोग उन्मूलनका रुपमा घोषणा गरेको हो । 

घोषणा गरेको करिब १४ वर्षपछि नेपालका १६ जिल्लामा सङ्ख्या बढ्दोक्रममा रहेको छ । मधेश र लुम्बिनी प्रदेशका जिल्लाहरुका प्रभावितहरुको सङ्ख्या बढ्दो क्रममा छ । स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यका अनुसार यसै वर्ष ७ जना नयाँ कुष्ठ रोगका बिरामी भेटिएका छन् भने उपचारमा २३ जना बिरामी रहेको बताए । दश पालिकामध्ये घोराहीमा ८ जना,तुलसीपुरमा ४, लमहीमा ३, गढवामा दुई, राप्ती गाउँपालिकामा तीन, शान्तिनगरमा एक जना, राजपुर गाँउपालिकामा एक जना उपचाररत रहेका छन् । 

जिल्लाका दश वटा स्थानीय तह मध्य ६ वटा पालिकामा कुष्ठ रोगका नयाँ बिरामी फेला परेका छैनन् । घोराही, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिकामा कुष्ठ रोगका नयाँ बिरामी फेला परेका छन् । बाँकी बंगलाचुली गाउँपालिका, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका, दंगिशरण गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिकामा कुष्ठ रोगका नयाँ बिरामी फेला परेका छैनन् । 

तीन वर्षको तथ्याङ्कको आधारमा संक्रमितको सङ्ख्या बढ्दो देखिएको हो । आर्थिक वर्ष २०७८/०७९ मा २१ जना, आर्थिक वर्ष २०७९/०८० मा ३६ जना, आर्थिक वर्ष २०८०/०८१ मा २६ जना बिरामी थिए । चालु आर्थिक वर्ष २०८१/०८२ को मङ्सिर महिनासम्म २३ जना बिरामी उपचारमा रहेको जानकारी गराइएको छ । 

विश्व स्वास्थ्य सङ्गठनले दश हजारमा एक प्रतिशत भन्दा मुनि रहेको अवस्थामा कुनै पनि रोगको उन्मूलन घोषणा योग्य मान्दै आएको छ । नेपालमा सन् २०१० मा कृष्ठरोग प्रभावितको सङ्ख्या ०.७३ प्रतिशत थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही हुने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इजाजत पत्र नवीकरण नगरेका स्वास्थ्य संस्थालाई अनुमति लिनका लागि सूचना जारी गरेको छ ।  मन्त्रालयले निज...

सरकारी ठगीकाे आराेप लागेकी लेखा समिति सभापति पोखरेलपत्नी अञ्जलालाई १० लाख धरौटीमा छाड्न आदेश

माेरङ । मोरङको धनपालथान गाउँपालिका– ४ कर्सिया बजारस्थित उमागौरी कृषि सहकारी संस्थाको ठगी कसुरकी प्रतिवादी अञ्जला कोइराला धरौटी तारेखमा रिहा भएकी छिन् ...

विद्युत् क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उत्पादित ऊर्जाको बजार सुनिश्चित भएकाले विद्युत् क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर...

गुल्मीकाे रिडीमा कृषि मेला प्रदर्शनी हुने

गुल्मी । गुल्मीको रिडीमा जिल्लास्तरीय कृषि मेला प्रदर्शनी हुने भएको छ । कृषकलाई उत्पादनमा प्रोत्साहन गर्ने, स्थानीय उत्पादनको बजारीकरण गर्ने, रैथाने ब...

क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न समितिको निर्देशन

काठमाडौं । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकले मूलपानी क्रिकेट रङ्गशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माणका लागि स...

बाँकेकाे नेपालगञ्जमा मोमो महोत्सव हुने

बाँके । नेपालगञ्जस्थित सिद्धार्थ कटेजमा दोस्रो मोमो महोत्सव आयोजना हुने भएको छ । नयाँ वर्ष २०२५ को सुरुआतसँगै दोस्रो मोमो महोत्सव गर्न लागिएको हो ।  ...

लक्ष्मीनारायण पाटी सङ्ग्रहालय सञ्चालनमा

पाल्पा । पाल्पाकाे रामपुर नगरपालिका–४, खोप्टारमा रहेको धर्मशालामा लक्ष्मीनारायण पाटी सङ्ग्रहालय सञ्चालनमा आएको छ । लक्ष्मीनारायण गुठीद्वारा सञ्चालित ऐ...

युक्रेनद्वारा रूसी वायु सेनाले प्रयोग गर्ने तेल डिपोमा आक्रमण

किएभ । युक्रेनले रूस–युक्रेन साझा सीमाबाट सयौं किलोमिटर टाढा रूसी वायु सेनालाई सेवा प्रदान गर्ने रूसी तेल डिपोमा आफ्नो सेनाले आक्रमण गरेको बुधबार जनाए...

तीन महिनामा लमजुङबाट ११४ अवैध हतियार बरामद

लमजुङ । लमजुङ प्रहरीले तीन महिनाको अवधिमा जिल्लाबाट एक सयभन्दा बढी अवैध हतियार बरामद गरेको छ । लमजुङका डिएसपी निशान्त श्रीवास्तवका अनुसार विभिन्न ठ...

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान गर्न पाइने

काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा सेवा उपलब्ध गराइरहेका निजी हेलिकप्टर कम्पनीलाई निकुञ्जको वन, वन्यजन्तु तथा जैविक विविधतामा कु...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy