सल्यान । सल्यानमा जंगली जनावरले क्षति पुर्याएका ७९ जना किसानलाई राहत वितरण गरिएको छ । डिभिजन वन कार्यालय सल्यानले जंगली जनावरले बालीनाली क्षति पुर्याएको तथा चौपाया मार्दा पीडित भएका ७९ जना किसानलाई क्षतिपूर्तिस्वरूप राहत वितरण गरेको हो ।
जिल्लाको शारदा नगरपालिका, कालीमाटी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका र कपुरकोट गाउँपालिकाका किसानलाई राहत वितरण गरिएको डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेकबहादुर रावलले बताए । उनका अनुसार चार पालिकाका ७८ किसानलाई पाँच हजारका दरले तीन लाख ९० हजार र बाघले १० बाख्रा मारेका कालीमाटी गाउँपालिका– ७ का एक किसानलाई एक लाख गरी ७९ जनालाई चार लाख ९० हजार राहत वितरण गरिएको हो ।
सरकारले गत वर्षदेखि जंगली जनावरले बालीनालीमा पुर्याएका र चौपाया मारेको किसानलाई राहत दिने कार्यक्रमअनुसार नै वितरण गरिएको उनले बताए । जिल्लाका १११ किसानले जंगली जनावरले बालीनाली क्षति पुर्याएको र चौपाया मारेको भन्दै राहतका लागि निवेदन दिएका थिए ।
निवेदन दिएकामध्ये ३२ जनाको विवरण केन्द्रमा पठाएको र केही दिनभित्र नै उनीहरूलाई पनि राहत वितरण गरिने कार्यालय प्रमुख रावलले बताए । पछिल्लो समयमा जिल्लामा बढ्दै गएको जंगली जनावर, बँदेल, बाँदर, रतुवा, घोरल, दुम्सी र निकुञ्ज क्षेत्रमा बढेको बाघका कारण जिल्लावासी प्रभावित हुँदै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २७ गते, २०८१ - २०:४७
काठमाडौं । इजरायली हवाई आक्रमणले गाजा सिटीको शुजैय्या क्षेत्रमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ र ५० भन्दा बढी घाइते भएका छन् । यसैगरी, मलब...
चैत्र २७ गते, २०८१ - २०:४०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराजसिंह चौहानले आज शिष्टाचार भेट गरेका छन् । ...
चैत्र २७ गते, २०८१ - २०:२८
काठमाडाैं । सांसद सोबिता गौतम १५०औँ अन्तरसंसदीय संघ (आइपियू) महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित भएकी छिन् । आइपियू महासभाको २१...
चैत्र २७ गते, २०८१ - २०:२३
झापा । खेतबारीमा हुर्किएका पाँच फिट अग्ला मकैका बोटमा सुत्ला च्यापेका भरिला तीन वटासम्म घोगा फलेको देखेर झापा गाउँपालिका वडा नम्बर २ का नरेन्द्रकुमार ...
चैत्र २७ गते, २०८१ - २०:१७
काठमाडौं। अध्ययनका नाममा नेपालबाट विदेश जाने रकम हरेक महिना वृद्धि हुँदै गएको छ । बुधवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ...
चैत्र २७ गते, २०८१ - २०:१०
बाग्लुङ । बाग्लुङको ताराखोला गाउँपालिका–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन् । बुधबार बिहान करिब ११ बजे भण्डारी आफ्नै घरनजिकको गोठबाह...
चैत्र २७ गते, २०८१ - १९:५५
धनकुटा । कोशी प्रदेश सरकारले २०८२ साललाई लक्षित गरेर कोशी पर्यटन वर्ष सुरु गरेको छ । कोशी प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल तीनजुरे मिल्के क्षेत्रबाट पर...
चैत्र २७ गते, २०८१ - १९:३०
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत र...
चैत्र २७ गते, २०८१ - १९:२६
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेश गर्ने चिनियाँ सामानमा १०४ प्रतिशत कर लगाएपछि बिहीबारदेखि लागू हुने गरी चीनले पनि अमेरिकी...
चैत्र २७ गते, २०८१ - १९:१६
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना...
प्रतिकृया लेख्नुहोस्: