काठमाडौं । ललितपुरको मितेरी सहकारी ठगी प्रकरणबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग दोस्रो पटक सोधपुछ गरेको छ ।
सीआईबीको कार्यालय लाजिम्पाटमा बोलाएर मंगलबार गुरुङमाथि सोधपुछ गरिएको हो । सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले गुरुङमाथि सोधपुछ गरिएको पुष्टि गरे । ‘आज दोस्रो पटक उहाँलाई बोलाएर घटना विवरण कागज गराएका छौं । अनुसन्धानमा सहयोग गर्छु भन्नुभएको छ’ बोगटीले भने ।
साढे १२ बजे सीआईबीको कार्यालयमा पुगेका गुरुङमाथि दिउँसो ५ बजेसम्म सोधपुछ गरिएको थियो । यसअघि २८ कात्तिकमा सीआईबीले गुरुङलाई आफ्नो कार्यालयमा बोलाएर सोधपुछ गरेको थियो । मितेरी सहकारीको साढे १२ करोड हिनामिना गरेको भन्दै सहकारीका सचिव बोधबिक्रम थापाले महाप्रबन्धक ज्योति गुरुङसहित ५ जनाविरुद्ध सीआईबीका उजुरी दिएका थिए ।
त्यसपछि यो सहकारीको अनुसन्धान सीआईबीले सुरु गरेको थियो । यो सहकारी ठगी प्रकरणमा धनराजकी पूर्वपत्नी ज्योति गुरुङ र ज्योतीबहादुर भण्डारीविरुद्ध रेड नोटिस समेत जारी भएको छ । तर उनीहरू पक्राउ पर्न सकेका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २४ गते, २०८१ - १९:२९
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ गरेको छ । रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेक...
पौष २४ गते, २०८१ - १९:१८
काठमाडौं । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरुले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष...
पौष २४ गते, २०८१ - १९:००
झापा । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्ति गलत...
पौष २४ गते, २०८१ - १८:४४
काठमाडौं । कर्णाली प्रदेशको सुर्खेतमा चैत अन्तिम साता आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि काठमाडौँस्थित राष्ट्रिय खेलकुद परिष...
पौष २४ गते, २०८१ - १८:३९
वासिङ्टन । अमेरिकाका दिवङ्गत राष्ट्रपति जिम्मी कार्टरको पार्थिव शरीरलाई मङ्गलबार बृहत् सैन्य सम्मानसहित श्रद्धाञ्जलिका लागि अमेरिकी संसद भवनमा ल्याइएक...
पौष २४ गते, २०८१ - १८:३४
पर्सा । ‘जय ट्रफी मेन्स एलाइट कप’ अन्तर्गत तेस्रो खेलमा पहिलो दिन विभागीय टोली त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशविरुद्ध एक सय ५२ रनको अग्रता लिएको छ...
पौष २४ गते, २०८१ - १८:२८
भारत । सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख ८० हजार व्यक्तिको मृत्यु भएको छ । भारतका सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले ...
पौष २४ गते, २०८१ - १८:२४
ल्हासा । दक्षिण-पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बुधबार दिउँसोसम्म कूल छ सय...
पौष २४ गते, २०८१ - १८:००
सल्यान । सल्यानको बनगाडा कुपिण्डे नगरपालिका–११ सिस्नेपातल भन्ने गाउँमा दिदीबहिनी नै घरभित्र मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सल...
पौष २४ गते, २०८१ - १७:५१
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इजाजत पत्र नवीकरण नगरेका स्वास्थ्य संस्थालाई अनुमति लिनका लागि सूचना जारी गरेको छ । मन्त्रालयले निज...
प्रतिकृया लेख्नुहोस्: