Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण

खबरडबली संवाददाता

काठमाडौँ । आज पृथ्वी जयन्ती तथा ३०३ औँ राष्ट्रिय एकता दिवस । नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको योगदानलाई  नेपालीहरूले आज गच्छेअनुसारका विविध स्वरूप र शैलीमा स्मरण गरिरहेका छन् ।
 
कसरी सम्झने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई ? आजका दिन सांस्कृतिक लगायतका विविध कार्यक्रमको आयोजना गर्नुका साथै उनको शालिकमा पुष्पगुच्छा अर्पण एवं स्मृति दिवसका कार्यक्रमहरूको आयोजना गरी श्रद्धाञ्जली अर्पण गर्ने गरिन्छ ।

तर नेपालका वरिष्ठ कवि तथा सर्जकहरूले भने फरक तर सिर्जनात्मक शैलीमा उनको स्मरण गरे । नेपाल एकीकरणको इतिहासमा पृथ्वीनाराणसँगै जोडिएको ऐतिहासिक डाँडा चन्द्रागिरि पुगेर त्यहाँस्थित पृथ्वीनारायणको शालिकसामु रचना बाचन गरी कविहरूले उनीप्रति श्रद्धाभाव प्रकट गरेका हुन् ।

पृथ्वीनारायण शाह आफ्नो मावली घर नुवाकोट यही डाँडाको बाटो हुँदै जाने क्रममा हालको भालेश्वर मन्दिर वरपरबाट उपत्यकाको सुन्दरता देखेपछि कीर्तिपुरसहितको काठमाडौँ खाल्डोलाई गोरखा राज्यअन्तर्गत  एकीकरण गर्ने कामना गरेका इतिहासकारहरू बताउँछन् । त्यसैले यो ऐतिहासिक चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्सले पृथ्वीनारायण शाहको शालिक निर्माण गरेको छ र बर्सेनि पुस २७ मा उहाँको स्मरणमा विविध कार्यक्रमको आयोजना हुने गर्दछ ।  
  
जसले देख्यो सुनौलो सपना चार किल्ला तोडेर
उसैले उन्यो इन्द्रेणी माला सयौँ फूल जोडेर
जसले रच्यो, नेपालको नक्सा, सयौँ देश जोडेर
धर्तीको स्वर्ग छैन कहीँ अन्त नेपाल छोडेर ।  

वरिष्ठ कवि एवं गीतकार एसपी कोइरालाले पृथ्वीनारायण शाहलाई यी शब्दहरूले सम्झिए । चार किल्ला तोडेर सुनौले सपना देख्ने र सयौँ फूल जोडेर इन्द्रेणी माला उन्ने व्यक्तिका रूपमा पृथ्वीनारायण शाहलाई स्मरण गर्दै कविले नेपाल धर्तीकै स्वर्ग रहेको र यस्तो अन्यत्रै कतै नभएको भाव पोखे । सयौँ देशलाई जोडेर एउटै देश नेपालको नक्सा बनाउने सपना पृथ्वीनारायण शाहले देखेर नै नेपाल देशको जन्म भएको उनको सिर्जनाको भाव छ ।

अर्का वरिष्ठ कवि विश्वविमोहन श्रेष्ठ आफ्नो सिर्जनामा पृथ्वीनारायण शाहलाई यसरी सम्झनुहुन्छ‐ 

जोडेर धेरै मनहरू
फोडेर धेरै किल्लाहरू
यो देश बनाउने
अपराधी मै हुँ
गुमनाम तिमीलाई
नाम दिएर
स्वाभिमान तुल्याउने
अपराधी पनि मै हुँ
जजस्ले आँखा लगाए
यो माटोमाथि
गर्दन रेटेर तिनीहरूको
खुँडा पखाल्ने पनि मै हुँ
हो, यो देश बनाएर
अपराध गरेको भन्छौ भने
त्यो अपराधी पनि मै हुँ
हो, यो देश बनाउने
अपराधी मै हुँ ।

केही समययता देशमा पृथ्वीनारायण शाहको योगदान र इतिहास विस्मृतितिर गएको भान भइरहेकै छ । त्यसैप्रति भरपुर ब्यङग्य गरेका छन् उनका यी शब्दहरूले । समाजले कहिलेकाहीँ ओकल्ने गरेका उनीप्रतिका अनादरलाई कवि श्रेष्ठका यी शब्दहरूको श्रेष्ठता र भाव पर्याप्त छ । धेरै मनहरू जोडेर र धेरै किल्लाहरू फोडेर यो देश बनाउने व्यक्तिका रूपमा कविले पृथ्वीनारायण शाहलाई चिनाउन चाहन्छन् ।

अर्का वरिष्ठ कवि डा नवराज लम्सालको यो सिर्जना पृथ्वीनारायण शाहले ठूला दुःखले आर्जेको भूमिको सुरक्षामा समर्पित छ । उनका यी शब्दहरूले चाहे जस्तोसुकै अवस्था र परिस्थिति आए पनि देशको साँधसीमामा कसैलाइ पनि ढिम्कन नदिन नेताहरूलाई कडा निर्देश गर्दछन् ।     

रोक्ला रोकोस जमिन जल जे रोकियोस रोक्न देऊ 
छेक्ला छेकोस वर र पर जे छेकियोस छेक्न देऊ 
बोल्ला बोलोस वचन बिटुलो बोल्छ जे बोल्न देऊ 
नेताजी हो, तर मुलुकको साँधसीमा नदेऊ ।
 
पछिल्लो समय नेपालको साँध सिमाना मिचिएका समाचारहरू यदाकदा  आउने गरेकाप्रति यी शब्दहरूले जनता जगाउन खोजेका छन् । कवि डा लम्साल देशको नेतृत्वमा रहने नेताहरूलाई यसरी ब्युँझाउन खोज्छन्‐ 

आमा बेची कुन मखमली शान किन्छौ र सस्तो
नेताजी हो अब त बुझ हो झुक्किने खेल यस्तो ।  

अर्का वरिष्ठ कवि किशोर पहाडी देशलाई एउटा ठूलो आकाशसँग तुलना गर्छन् । उनको भावना छ‐ देश आकाश हो, त्यो पनि सानो नभएर ठूलो आकाश । त्यसैले यस्तो ठूलो आकाशरूपी देशका सर्जकप्रति उहाँको सिर्जनाले नमन गरेको छ । उनको सिर्जना भन्छ‐  

देश ठूलो आकाश हो 
जहाँ केही ताराहरू अन्धकारमा सुत्ने गर्छन् 
जहाँ केही चराहरू गुँडमा लुक्ने गर्छन् 
केही चराहरू निस्फिक्री उड्ने गर्छन् 
हो, देश यस्तै ठूलो आकाश हो । 

‘खै एकताको बल’ शीर्षकको वरिष्ठ कवयित्री प्रभा भट्टराई आचार्यको कविताले नेपालमा एकताको बल घट्दै गएको सङ्केत गर्दछ । नेपालमा यतिखेर धेरै जाति र धर्म भएर पनि नेपाली हुन बिर्सिएका नेपालीको अवस्थालाई  उनले लयबद्ध कवितामा प्रस्तुत गरे । उनको सिर्जना भन्छ‐

त्यो माझी, म सतार, यो गुरूङ, यो नेवार, यो बाहुन 
थारू त्यो, खस यो, दरै दलित यो, शेर्पा कि भोटे कुन रु
मै हूँ मात्र सबै अलग अलगै चल्दै छ है खल्बल
नेपाली हुन बिर्सिए स्वजनले खै एकताको बल ?

नेपालमा हिजोआज खस्कँदै गएको एकताको बल प्रसस्त मात्रामा झल्किाएको छ यो कवित्व भावले । पृथ्वीनारायण शाहले चार जात छत्तीस वर्णको साझा फूलबारी भनेर दिएको सन्देश नेपाल र नेपालीको राष्ट्रिय एकताको बलका लागि थियो । तर आज जात र वर्ण धेरै भए पनि एकताको बल भने झन् कमजोर हुँदै गएको पाठ यो कविताले सिकाएको छ ।
   
‘समय, सपना र स्वर’ शीर्षकको कवितामा कवयित्री एलिसा ढुंगानाले पृथ्वीनारायण शाहलाई समयले खोजेको राजाका रूपमा स्मरण गर्न चाहनुहुन्छ । उहाँका शब्दहरू भन्छन्‐  

निर्वाचित निरंकुशताले आजित म
पल्टाइरहेछु विशाल नेपालको इतिहास 
र देख्छु, 
प्रेम, एकता र सत्यमा अडिग
समयले खोजेको राजा
पृथ्वीनाराण शाह । 

त्यसैगरी वरिष्ठ कवि मणि लोहनीले मानचित्रमा उभिएर शीर्षकको सिर्जनामा मानिसले बनाएका नक्साभित्रका धर्साहरूले कहिल्यै मानिसलाई आफ्नो हुन नदिएका र सिमानाका नाममा सदैव छुट्टाइरहेका भाव  पोखे । अर्का वरिष्ठ कवि एवं चलचित्र निर्देशक राजेन्द्र शलभले स्वतन्त्रता शीर्षकको सिर्जनामा स्वतन्त्रताको घेरालाई मानिसले नै सधैँ खुम्चाउने दुस्प्रयास गरिरहेको अभिव्यक्ति राखे।

उनीहरूले आफ्ना सिर्जनाहरूमार्फत् नेपालको इतिहास र वर्तमानको व्याख्या गर्दै मुलुक निर्माणको महत्व र राष्ट्रिय एकतामा पृथ्वीनारायण शाहको योगदान र बलिदानको स्मरण गरे । 

उनीहरूका सिर्जनामा नेपालीहरूलाई नेपाली बनाएर विश्वभर चिनाउने युगपुरूष पृथ्वीनारायण शाहको हामी सबैले उच्च सम्मान गर्नुपर्ने भाव रहेको थियो ।

त्यस अवसरमा चन्द्रागिरि हिल्सका मानव संशाधन प्रमुख झलकराज शर्माले पृथ्वीनारायण शाहसँग प्रत्यक्ष जोडिएको चन्द्रागिरिमा उनको शालिक निर्माण गरेर इतिहासलाई जिवन्त राख्ने प्रयास गरिएको बताए ।

कार्यक्रमको अन्त्यमा कवि एसपी कोइरालाले सर्जकहरूका सिर्जनामा पृथ्वीनारायण स्वयम् उपस्थित भएर नेपालीहरूलाई प्रश्न सोधेजस्तो लागेको अनुभव सुनाएका थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुमवासीमाथी डोजर चलाउने कामलाई सरकारले ‘सुशासन’को संज्ञा दियो: महन्थ ठाकुर

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले सरकारको सुशासनको परिभाषा र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छन् । सङ्घीय संस...

त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपति जिम्मेवारी सुशीलबहादुर बज्राचार्यलाई

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा।डा। सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ। अध्...

हिरासतमा मृत्यु भएका श्रीकृष्ण विक प्रकरण: प्रहरी इन्सपेक्टर र जवानलाई विभागीय कारबाही सिफारिस

काठमाडौं । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा शंकास्पद अवस्थामा मृत्यु भएका श्रीकृष्ण विक घटनाको छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्य...

बन्दीपुर अस्पताललाई करिब ४० लाख मूल्यको उपकरण सहयोग

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न सङ्घसंस्था तथा व्यवसायीले करिब रु ४० लाख बराबरका आधुनिक स्वास्थ्य उपकरण सहयोग ग...

विद्युत् नियमन आयोग पदाधिकारी खुलाबाट छनोट हुँदै

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट छनोट प्रक्रिया अघि बढाएको छ...

देशको आर्थिक समृद्धिका लागि कृषिलाई आधुनिक बनाउन सांसद अर्यालको सुझाव

गौरवका आयोजना सम्पन्न गर्न काठमाडौँ । नेकपा (एमाले)का संसदीय दलका उपनेता पद्मा अर्यालले आर्थिक रूपान्तरणका लागि राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न हु...

विश्व बैँक नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न इच्छुक

काठमाडौँ। विश्व बैँकले नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न चासो देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग बिहीबार मन्त्रालयमा ने...

सुकुमवासीलाई लालपुर्जा नदिँदासम्म मासिक १५ हजार घरभाडा दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुमवासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नभएसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपल...

एमाले सचिवालय बैठक शनिबार बस्ने, ठाउँ भने अनिश्चित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले शनिबार सचिवालय बैठक बोलाएको छ। अध्यक्ष केपी शर्मा ओली को सचिवालयले बैठक बोलाइएको जानकारी दिएको हो। ...

खेल संघलाई असार १५ भित्र नवीकरण नगरे खारेजी गर्ने राखेपको चेतावनी

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेल संघहरूलाई असार १५ गतेभित्र नवीकरण गर्न सूचना जारी गरेको छ। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा नि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending