Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

भारतीय प्रधानमन्त्रीद्वारा चीन सीमा क्षेत्रतर्फको रणनीतिक सुरुङ उद्घाटन

खबरडबली संवाददाता

भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार एक रणनीतिक हिमाली सडक सुरुङको उद्घाटन गरेका छन् । उक्त सडकले प्रतिद्वन्द्वी चीन र पाकिस्तानसँगको विवादित उच्च–भूमि सीमा क्षेत्रहरूतर्फ सबै मौसममा पहुँच पुर्‍याउने छ ।

छ दशमलव चार किलोमिटर (चार माइल) लामो र वर्षको चारदेखि छ महिनासम्म हिउँले बन्द हुने खतरनाक पर्वत भञ्ज्याङमुनि फैलिएको जेड–मोड वा सोनमार्ग सुरुङ सीमा क्षेत्रहरूमा व्यापक पूर्वाधार अभियानको एक हिस्सा हो ।
यसले भारत–प्रशासित काश्मीरलाई लद्दाखसँग जोड्न मद्दत गर्छ र सैन्य आपूर्तिको द्रुत परिचालन सम्भव बनाउन श्रीनगर–लेह राजमार्गलाई वर्षभरि खुला राख्न सघाउँछ ।

“यहाँ सुरुङको उद्घाटनसँगै कनेक्टिभिटी उल्लेखनीय रूपमा सुधार हुनेछ”, एक दशक लागेको ३१ करोड ३० लाख डलरको यस परियोजनाको रिबन काटेर चिसोबाट जोगिन ज्याकेट लगाएका प्रधानमन्त्री मोदीले भने । विश्वका दुई सबैभन्दा बढी जनसङ्ख्या भएका राष्ट्रहरू भारत र चीन दक्षिण एसियामा रणनीतिक प्रभावका लागि प्रतिस्पर्धा गर्ने तीव्र प्रतिद्वन्द्वी हुन् र उनीहरूको तीन हजार पाँच सय किलोमिटर साझा सीमा तनावको स्थायी स्रोत बनेको छ । 

सन् २०२० मा दुवै देशका सेनाहरू बीच झडप हुँदा कम्तीमा २० भारतीय र चार चिनियाँ सैनिक मारिए र दुवै पक्षका सेनाहरू आज विवादित उच्च–भूमि सीमा क्षेत्रहरूमा आमनेसामने छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङ र मोदीबीच पाँच वर्षमा पहिलो औपचारिक बैठक हुनुभन्दा केही समयअघि बेइजिङ र नयाँदिल्ली अक्टोबरमा विवादित क्षेत्रहरूमा गस्ती गर्न सहमत भएका थिए । 

सोही मार्गमा रहेको अर्को १३ किलोमिटर लामो जोजिला सुरुङ आधाभन्दा बढी सम्पन्न भएको छ र सन् २०२६ मा खुल्ने सूचना मन्त्रालयले जनाएको छ । जेड–मोड सुरुङमा अक्टोबरमा बन्दुकधारीहरूले सात कामदारको हत्या गरेका थिए । यो विवादित काश्मीरमा दशकौँदेखि चलिरहेको विद्रोहको हिस्सा थियो । 

मुस्लिम बहुल काश्मीर सन् १९४७ मा ब्रिटिश शासनबाट स्वतन्त्रता प्राप्त गरेपछि भारत र पाकिस्तानबीच विभाजित भएको छ र दुवै देशले यस हिमाली क्षेत्रमाथि पूर्ण दाबी गर्छन् । विद्रोही समूहहरूले काश्मीरको स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दछन् । 

भारतले विश्वकै सबैभन्दा अग्लो चेनाब रेल पुल निर्माणसहित मैदानी भू–भागलाई पहिलो पटक काश्मीरसँग जोड्ने तीन अर्ब ९० करोड डलरको रेलमार्ग पनि निर्माण गरेको छ । दुई सय ७२ किलोमिटर लामो रेलमार्ग सेनाको उत्तरी कमान्डको मुख्यालय रहेको ग्यारिसन सहर उधमपुरबाट सुरु भई क्षेत्रको राजधानी श्रीनगरसम्म पुग्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending