Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

शिक्षकहरूले पनि योगदानमा आधारित पेन्सन पाउने

खबरडबली संवाददाता

काठमाडौं । अबदेखि शिक्षकहरूले समेत योगदानमा आधारित पेन्सन पाउने भएका छन् । योगदानमा आधारित पेन्सन ऐन, २०७५ मा अध्यादेशमार्फत संशोधन गर्दै शिक्षकहरू समेत समावेश भएका हुन् । २०७५ साल चैत ४ गतेयता स्थायी हुने निजामती कर्मचारी, सुरक्षा निकाय लगायतका कर्मचारीहरूले योगदानमा आधारित पेन्सन पाउँदै आएका थिए । त्यसमा शिक्षकहरूलाई समेत समावेश गर्ने भनिए पनि हुन सकेको थिएन ।

पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश ल्याएको थियो । ती अध्यादेशहरू राष्ट्रपति रामचन्द्र पौडेलले पुस २९ गते प्रमाणीकरण गरेका थिए । अध्यादेशमार्फत निवृत्तिभरण कोष ऐन, २०७५ को दफा ९ को खण्ड (क) पछि शिक्षक सेवा थप गरिएको हो । 

दफा ९ मा योगदानमूलक निवृत्तिभरण प्रणालीमा समावेश गरिने कर्मचारीहरूबारे उल्लेख छ । दफा ९ को (क) मा निजामती सेवा राखिएको छ । जसमा निजामती सेवा भन्नाले नेपाल स्वास्थ्य सेवा तथा व्यवस्थापिका–संसद् सेवा समेतलाई जनाएको छ । त्यस्तै नेपाली सैनिक सेवा, नेपाल प्रहरी सेवा, सशस्त्र प्रहरी बल, नेपालको सेवा र नेपाल विशेष सेवा समावेश छन् । त्यसमा शिक्षक सेवा पनि थप गरिएको हो । अब ऐन प्रारम्भ भएपछि नियुक्त भएका शिक्षकहरूले समेत योगदान गरेको आधारमा निवृत्तिभरण पाउने छन् ।

शिक्षकहरूले भने उक्त प्रावधानको विरोध गरेका छन् । सरकारले अध्यादेश मार्फत निवृत्तिभरण कोष ऐन २०७५ संशोधन गरी २०७५/१२/४ पछि स्थायी नियुक्ति हुने शिक्षकहरूलाई योगदानमा आधारित निवृत्तिभरण कोषमा आबद्ध गराउने गरेको निर्णय शिक्षक आन्दोलन र सरकारले गरेको सम्झौता विपरीत रहेको उनीहरूको आरोप छ ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका महासचिव कुलप्रसाद खतिवडाले २०८० को असोजमा शिक्षकहरूले गरेको आन्दोलन र सरकारले गरेको सम्झौता विपरीत रहेको बताए । यसले २०७५/१२/४ गतेपछि नियुक्ति हुने शिक्षकहरूलाई पेन्सनबाट वञ्चित गरेको उनको भनाइ छ । सरकार सङ्घीय शिक्षा ऐन जारी गरी शैक्षिक, पेसागत माग र मुद्दाहरूलाई सम्बोधन गर्नुको साटो अध्यादेशमार्फत अघि बढ्न खोजेको उनको आरोप छ ।

विषयगत समितिमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक संसद्को हिउँदे अधिवेशनबाट पारित गराउनुको सट्टा विषयान्तर गरेर शिक्षा र शिक्षक कर्मचारीप्रति प्रतिशोध साध्न लागेको उनले बताए । यो अध्यादेशका विरुद्धमा शिक्षकका पेसागत सङ्घ, सङ्गठन फेरि एकपटक आन्दोलनमा उत्रिनुपर्ने उनले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending