Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

देवघाट महामहोत्सवबाट फर्किइन् देवी प्रतिभा

खबरडबली संवाददाता

काठमाडौं । देवघाट महामहोत्सवमा १० दिनसम्म कथावाचन गरेकी सुप्रसिद्ध कथावाचिका देवी प्रतिभालाई विदाई गरिएको छ । देवघाट महामहोत्सवमा एक कार्यक्रमबीच उनलाई विदाई गरिएको हो । 

कार्यक्रममा देवीले १० दिनको कथा वाचन पूरा गरी भक्तजनसँग विदा लिएकी हुन्। महोत्सवभरि उनले भागवत महापुराणको भावपूर्ण व्याख्या गर्दै लाखौं भक्तजनको मन जितेकी थिइन्। 

विदाई समारोहमा देवीले विश्वकै कान्छी कथावाचिका अनुराधा पाण्डेयलाई विशेष रूपमा कथा मञ्चमा स्वागत गरिएको छ। ६ वर्षको उमेरदेखि कथा वाचनमार्फत आफ्नो विशिष्ट पहिचान बनाउन सफल पाण्डेयले हिन्दू धर्मको प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै अनेकौं स्थानमा कथा वाचन गरिसकेकी छन्। 

सानै उमेरदेखि धार्मिक ग्रन्थहरूको गहिरो ज्ञान राख्ने अनुराधा पाण्डेयले संस्कृत, हिन्दी र नेपाली भाषामा कथा प्रस्तुत गर्न सक्ने अद्वितीय क्षमता प्रदर्शन गर्दै श्रोतालाई मन्त्रमुग्ध पार्न सफल भएकी छन्।

उनका कथा वाचनले धार्मिक आस्था र आध्यात्मिक चेतनालाई थप प्रगाढ बनाउँदै लाखौं भक्तजनलाई भक्तिको रसमा चुर्लुम्म डुबाएको छ। शुश्री अनुराधा पाण्डेयको कथा वाचन देवघाट महामहोत्सवका प्रमुख आकर्षणमध्ये एक हो। माघ १० गते दिउँसो ३ बजेबाट सुरु भएको उनका प्रवचन सात दिनसम्म चल्नेछन्। 

आयोजकका अनुसार कथा वाचनका लागि तयार पारिएको विशेष पण्डालमा हजारौं भक्तजनको उपस्थिति रहने अपेक्षा गरिएको छ। ६ वर्षकै उमेरमा धार्मिक कथा वाचन सुरु गरेकी अनुराधा पाण्डेयको यात्रा अद्वितीय छ। 

विभिन्न धार्मिक महोत्सव र कार्यक्रमहरूमा कथा वाचन गर्दै उनले धर्म, संस्कृति र परम्पराको संवर्द्धनमा विशेष योगदान पुर्‍याएकी छन्। उनकी विशिष्टता भनेको सानै उमेरमा तीन भाषामा धाराप्रवाह कथा वाचन गर्ने क्षमता हो। 

उनले श्रोताहरूलाई केवल कथा सुन्ने मात्र होइन, धार्मिक र आध्यात्मिक चेतनाको गहिराइमा प्रवेश गराउने अद्वितीय शैली प्रस्तुत गर्छिन्। आयोजकहरूले यो कथा वाचनले समाजमा धार्मिक ज्ञानको विस्तार गर्ने र भक्ति मार्गप्रति सबैको आस्था बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बोल्ने समय नपाएको भन्दै श्रम संस्कृति पार्टीद्वारा संसद्को वेल घेराउ

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभामा बोल्ने समय नपाएको भन्दै संसद्को वेल घेराउ गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले आफ्नो दललाई...

बोल्न नपाएको भन्दै श्रम संस्कृति पार्टीको आपत्ति

काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्न नपाएको भन्दै सभामुखको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। उनीहरूले आफ्नो दललाई बो...

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म संसद् चल्न सक्दैन: एमाले

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभामा देखिएको अवरोधको मुख्य कारण प्रधानमन्त्रीको अभिव्यक्ति भएको बताएका छन्...

राष्ट्रियताका सवालमा नेपालीहरू अहिलेसम्म कहिल्यै विभाजित भएका थिएनन्: नेकपा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले नेपालको सीमा, राष्ट्रियता र सार्वभौमिकताजस्ता संवेदनशील विषयमा संसद विभाजित भएर छलफल गर्नुपर...

केयरगिभरको अंग्रेजी भाषा परीक्षा भोलिदेखि सञ्चालन हुने

काठमाडौं । विवादका कारण स्थगित गरिएको केयरगिभरको अंग्रेजी भाषा परीक्षा भोलि (बिहीबार)देखि पुन: सञ्चालन हुने भएको छ। परीक्षा सञ्चालन गर्ने संस्था सीआईए...

सांसद आङ्देम्बेको अभिव्यक्तिप्रति रास्वपाको आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएको छ...

प्रधानमन्त्री संसदमा आउनुस् वा नआउनुस्, अब हामीलाई सरोकार भएन: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर अब आफूहरूको विशेष चासो नरहेको जनाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मरा...

रवीलाई कांग्रेसको प्रश्न: दिल्लीमा हुँदा सीमाको ‘स’ र कालापानीको ‘क’ उच्चारण नगरी किन फर्किनुभयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भ...

प्रधानमन्त्रीको विवादित अभिव्यक्ति दशगजा अतिक्रमणसँग सम्बन्धित भएको परराष्ट्रमन्त्रीको स्पष्टीकरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे संसदमा स्पष्टीकरण दिएका छन्। उनले प्रधानमन्त्रीको भनाइ न...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस: कहिले छापामार शैलीमा आएर फेरि केही बोल्नुहोला

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको हालैको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending